काठमाडौँ । चालू आवको चार महिनामा सहुलिय कर्जा अन्तरगत बिभिन्न बैंक तथा बित्तिय सस्थाले ४७ अर्ब ३१ रुपैयाँ प्रबाह गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार कार्तिक मसान्तसम्म विभिन्न ७ शिर्षकमा बैंकहरुले उक्त रकम कर्जा प्रबाह गरेका हुन् । ४७ अर्व ३१ करोड ४१ लाख ८६ हजार रुपैयाँ प्रवाह भएको छ ।
स्विकृती भएको बाहेक ४१ अर्व ५ करोड रुपैयाँ भने बजारमा लगानी भइसकेकाे राष्ट्र बैंकले जनाएको छ । यस्तो सहुलियत कर्जा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले उपलब्ध गराउँदै आएका छन् । राष्ट्र बैंकको तथ्यांक अनुसार कार्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ अर्व ६० करोड ४ लाख ५६ हजार लगानी सहुलियत कर्जा मार्फत गरिसकेका छन् ।
त्यस्तै विकास बैंकहरुले २ अर्व ५४ करोड ४९ लाख ३७ हजार र वित्त कम्पनीहरुले १६ करोड २८ लाख ३९ हजार रुपैँया सहुलियत दरको कर्जा उपलब्ध गराएका छन् । सरकारले व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा , महिला उद्यमी कर्जा, दलित समूदाय व्यवसायिक विकास कर्जा,उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा र भुकम्प पिडितहरुको निजी आवास निर्माण गरी ७ शिर्षकमा सहुलियत कर्जा प्रवाह गरिरहेको छ ।
राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा ४५ अर्व ९३ करोड ५१ लाख २९ हजार, शिक्षित युवा स्वरोजगार कर्जा २ करोड १५ लाख ५० हजार, विदेशबाट फर्केका युवा परियोजना कर्जा ६ करोड ७० लाख ७१ हजार, महिला उद्यमी कर्जा १ अर्व १५ करोड ६६ लाख ८५ हजार, दलित समूदाय व्यवसायिक विकास कर्जा ६ करोड ९८ लाख ७० हजार,उच्च र प्राविधिक व्यवसायिक शिक्षा कर्जा २ करोड १७ लाख ९४ हजार र भुकम्प पिडितहरुको निजी आवास निर्माण कर्जा ४ करोड ९ लाख ८७ हजारु रुपैयाँ प्रवाह भएको छ ।
गत असोजमा सरकारले सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ जारी गरेपछि यो कार्यक्रम लागु भएको हो । तर बैंक तथा वित्तीय संस्थाहरुले यस्तो कर्जा दिन आनाकानी गरेपछि कार्यविधीलाई पुनः शंशोधन गरी थप दुई शिर्षकमा यी कर्जा दिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले यसतो सहुलियत दरका कर्जा दिन आनाकानी गरेपछि राष्ट्र बैंकले सीमा नै तोकेको छ ।
सो अनुसार वाणिज्य बैंकले ५०० जनालाई, विकास बैंकले २०० जनालाई र वित्त कम्पनीले १ सय जनालाई अनिवार्य सहुलियत कर्जा उपलब्ध गराउनु पर्छ ।