काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले धान उत्पादन बढेको तथ्यांक सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षमा ४.३३ प्रतिशतले वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ।
चालू आवमा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन उत्पादन भएको थियो। गत वर्षभन्दा यो वर्ष दुई लाख ३७ हजार ७६२ मेट्रिक टन धान बढी उत्पादन भएको छ।
धान बालीको औसत उत्पादकत्व गत आवको तुलनामा ४.९७ प्रतिशतले वृद्धि भई ३.९८ मेट्रिक टन प्रतिहेक्टर पुगेको छ, जुन गत चार वर्षको औसत उत्पादकत्वभन्दा ६.९२ प्रतिशतले बढी रहेको कृषि मन्त्रालयले दाबी गरेको छ।
धान उत्पादनमा वृद्धि भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो। आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालू आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो।
गत वर्षभन्दा आठ हजार आठ सय हेक्टर क्षेत्रमा कम रोपाइँ भएको थियो तैपनि धान उत्पादनमा वृद्धि भएको कृषि मन्त्रालयले बताएको छ।
धान उत्पादनमा वृद्धि भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा धान रोपाइँ भएको थियो। आव २०७९/८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो भने चालू आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो।
मन्त्रालयका अनुसार कुल धान बाली भित्र्याइएको क्षेत्रफल गत आवको तुलनामा ०.६१ अर्थात् आठ हजार आठ सय हेक्टरले कमी भई १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफल कायम भएको हो। यो क्षेत्रफल गत चार आवको औसत क्षेत्रफलको तुलनामा १.७३ प्रतिशतले कम रहेको कृषि मन्त्रालयले जनाएको छ ।
धान उत्पादन सबभन्दा कोसीमा र सबभन्दा कम कर्णाली प्रदेशमा भएको छ। कोसी प्रदेशमा ४.४३ मेट्रिक टन, मधेस प्रदेशमा ३.४९ मेट्रिक टन उत्पादन भएको छ।
कृषि मन्त्रालयका अनुसार गत वर्ष तीन लाख ७५ हजार हेक्टरमा धान रोपाइँ भएको थियो, जसमा १३ लाख ८८ हजार मेट्रिक टन धान उत्पादन भएको थियो।