काठमाडौं। एथर इलेक्ट्रिक स्कुटर चर्जिङ स्टेसन निर्माणमा आक्रामक गरेको छ। एथर इनर्जीका लागि नेपालको आधिकारिक वितरक वैद्य इनर्जीले चार्जिङ स्टेसन स्थापना गर्न विभिन्न व्यापारिक संस्थासँग सहकार्य थालेको हो।
यस क्रममा विभिन्न सुपर मार्केटसँग सहकार्य अन्तिम चरणमा पुगेको वैद्य इनर्जीका ब्रान्ड स्ट्राटिजिस्ट समिन श्रेष्ठले जानकारी दिए। ‘विभिन्न सुपर मार्केटसँगको सहकार्य अन्तिम चरणमा पुगेको छ। अब हस्ताक्षर हुन मात्र बाँकी हो। त्यस्तै, अन्य व्यापारिक प्रतिष्ठानसँग पनि सहकार्य गर्ने तयारी हुँदै छ,’ उनले क्यापिटल नेपालसँग भने।
सुरुआती चरणमा बौद्ध, महाराजगञ्ज, कलंकी र राधेराधेलगायतका विभिन्न सुपरमार्केटमा फास्ट चार्जिङ स्टेसन बनाइनेछ। त्यस्तै, अन्य विभिन्न सुपर मार्केटमा पनि आवश्यकताअनुसार चार्जिङ स्टेसन बनाइने उनले जानकारी दिए। कम्पनीले सीतापाइलाको कफीब्रेकमा पनि चार्जिङ स्टेसन बनाउन लागेको छ।
फास्ट चर्जिङ स्टेसनमा चार्ज गर्दा शून्यदेखि ८० प्रतिशत चार्ज गर्न ४० मिनेट लाग्ने कम्पनीले बताएको छ। कम्पनीको योजनाअनुसार २०२५ सम्म स्कुटर चार्ज गरेको कुनै शुल्क लाग्ने छैन। हाल नेपालमा एथर ४५० एक्सका दुई भेरियन्ट उपलब्ध छन्।
कम्पनीले आफ्ना सबै सोरुम र सर्भिस सेन्टरमा चार्जिङ स्टेसन राख्नेछ। काठमाडौंपछि पोखरामा पनि एथर बिक्री वितरण गरिने उनले जानकारी दिए। कम्पनीले राजमार्गमा पनि चार्जिङ स्टेसन निर्माणका लागि अध्ययन गरिरहेको छ।
‘हामीले राजमार्गका होटलमा राख्दा राम्रो हुन्छ कि भन्ने सोच बनाएका छौं। कुनै पेट्रोल पम्पले राख्न चाहे पनि दिन्छौं,’ श्रेष्ठले भने।
यी फास्ट चर्जिङ स्टेसनमा चार्ज गर्दा शून्यदेखि ८० प्रतिशत चार्ज गर्न ४० मिनेट लाग्ने कम्पनीले बताएको छ।
कम्पनीको योजनाअनुसार २०२५ सम्म स्कुटर चार्ज गरेको कुनै शुल्क लाग्ने छैन। हाल नेपालमा एथर ४५० एक्सका दुई भेरियन्ट उपलब्ध छन्।
२.९ किलोवाट आवरको ब्याट्री जडान गरिएको भेरिएन्टले फुल चार्जमा १ सय ११ किलोमिटर रेन्ज दिन्छ भने यसको फुल स्पिड ९० किलोमिटर प्रतिघन्टा छ। यो ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा दौडिन सक्छ। त्यस्तै, ३.७ किलोवाट आवर ब्याट्री क्षमता भएको भेरियन्टले फुल चार्जमा १ सय ५० किलोमिटर रेन्ज दिन्छ।
९० किलोमिटर प्रतिघन्टा टप स्पिड भएको यो स्कुटर ३.३ सेकेन्डमा शून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। अत्याधुनिक डिजिटल सिस्टममा बनाइएका यी स्कुटरमा ७ इन्चको टचस्क्रिन डिस्प्ले छ।
यसको मद्दतमा चालकले सजिलैसँग फोन कल गर्न, गीत सुन्न, गुगल म्याप प्रयोगलगायत काम गर्न सक्छ। त्यस्तै, यसमा हिल होल्ड एसिस्ट, रिभर्स गियरलगायत फिचर छन्। त्यस्तै, कम्पनीले निकट भविष्यमै अन्य मोडल प्नि बजारमा ल्याउँदै छ।