अटो व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) मा करण चौधरीले शुक्रबारदेखि विधिवत् अध्यक्षको कार्यभार सम्हालेका छन्। लामो समयको रस्साकस्सीपछि अध्यक्षका आकांक्षी गोल्छा अर्गनाइजेसनका आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीबीच चौधरीलाई अध्यक्ष बनाउने सहमति जुटेसँगै नाडा स्थापनाको इतिहासमा सबैभन्दा कम उमेरमा संस्था हाँक्ने नेतृत्वमा पु्गेका हुन्। अहिले चौधरी अध्यक्ष हुने र २ वर्षपछि हुने साधारणसभाबाट गोल्छालाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति भएको हो।
अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सिजी होल्डिङ्ग्सका कार्यकारी निर्देशक हुन्। सिजी होल्डिङ्ग्सअन्तर्गत सुजुकी चारपांग्रे सवारी चौधरी स्वयंले नेतृत्व गरेको कम्पनी हो। उनी गल्फ लुब्रिकेन्टका वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयलका कार्यकारी निर्देशक पनि हुन्। आफ्नो कार्यकालमा गर्ने काम, योजना, अटो क्षेत्रका समस्यालगायत विषयमा क्यापिटल नेपालका सुधीर भण्डारीले नाडाका नवनिर्वाचित अध्यक्ष करण चौधरीसँग गरेको कुराकानीको सम्पादित अंश–
सबैले आशा मारिसकेको अवस्थामा नाडा अध्यक्षमा तपाईं कसरी सर्वसम्मत हुनुभयो?
नाडामा सहमति हुनुका पछाडि त्याग, तपस्या र संस्थालाई विवादरहित तरिकाले लैजाऔं भन्ने इच्छा र सहमतिको वातावरण भएपछि मात्रै म निर्विरोध अध्यक्षमा चयन हुन सकेको हुँ।
तपाईंको नेतृत्वलाई त्याग, तपस्या भन्ने कि आलोपालो भनेर बुझ्ने?
होइन। यसलाई त्यसरी नबुझौं। दुई/तीन जना आकांक्षी भएपछि जसले संगठनका लागि मिहिनेत गर्छ, त्यसलाई अर्को पटक संस्थाको जिम्मेवारीमा ल्याउनुपर्ने दायित्व हुन्छ। अहिले त्यो दायित्वलाई सुनिश्चित गरेको मात्र भन्छु। अध्यक्षबाहेक अरु कुनै पद बाँडिएको छैन। अन्य पदका लागि कुनै सहमति नभई टुंगिएको हो। अटो मोबाइलका सबै क्षेत्रबाट समेट्नुपर्छ भन्ने सहमति भएको हो। व्यक्ति, पदलगायत अन्य केही कुरामा सहमति गरेका छैनौं।
तर, कार्यसमिति सदस्य त छानिसक्नुभयो, होइन?
यी मान्छेलाई यो–यो पद दिनुपर्छ भनेर छानेका होइनौं। आ–आफ्नो टिमबाट आ–आफैंले सदस्य छानेका हौं।
यसलाई त्यसरी नबुझौं। दुई/तीन जना आकांक्षी भएपछि जसले संगठनका लागि मिहिनेत गर्छ, त्यसलाई अर्को पटक संस्थाको जिम्मेवारीमा ल्याउनुपर्ने दायित्व हुन्छ। अहिले त्यो दायित्वलाई सुनिश्चित गरेको मात्र भन्छु। अध्यक्षबाहेक अरु कुनै पद बाँडिएको छैन। अन्य पदका लागि कुनै सहमति नभई टुंगिएको हो। अटो मोबाइलका सबै क्षेत्रबाट समेट्नुपर्छ भन्ने सहमति भएको हो। व्यक्ति, पदलगायत अन्य केही कुरामा सहमति गरेका छैनौं।
यसपल्ट तपाईंलाई अध्यक्ष बनाउन नाडाले विधानै संशोधन गर्नुपर्ने अवस्था कसरी आयो?
म अध्यक्ष बन्नका लागि भन्दा पनि सधैंका लागि अध्यक्षमाथि ‘प्रेसर’गर्नुहुन्न भनेरै विधान सच्याइएको भन्ठान्छु। अध्यक्षको चुनाव हुने भएपछि यसै पनि मान्छे अर्को निर्वाचनका लागि तयारी गर्न थाल्छन्।
त्यो भएपछि अध्यक्षले काम गर्ने अवधिको दायरा साँघुरो हुन्छ। अध्यक्षले आफ्नो पद वहालीदेखि लिएर अर्को चुनावसम्म धेरैजसो आफ्नै प्रचार गर्नतर्फ लाग्छ। त्यो गर्नुभन्दा स्वस्थ रुपमा नाडाकै लागि काम गर्नुपर्छ भनेर विधान संशोधन गर्नुपर्ने भएको हो।
यति गरिएपछि अर्को कार्यकालमा स्वतः अध्यक्ष वरिष्ठ उपाध्यक्षसँग सिक्ने समय पनि हुन्छ। कमी–कमजोरी सुधार्न पनि पाउँछ र आफ्नो कार्यकाललाई सफल बनाउन सक्छ। जब अध्यक्षजस्तो पद नै चुनावमा जाने भएपछि त्यसबेला लोभ, लालच सबै कुरा आउँछ। अध्यक्षको चुनाव नभए भागबन्डाको कुरा आउँदैन, पदको कुरा आउँदैन। वरिष्ठ पनि चुनावमा आउने पद मात्र हो। आज मात्र होइन, धेरै पछिका लागि सोचिएर संशोधन गरिएको हो।
विधान संशोधनबाट पनि दुई कार्यकालपछि त वरिष्ठ उपाध्यक्षबीचमै प्रतिस्पर्धा हुँदैन?
हो। तर, अध्यक्ष त निष्पक्ष हुन सक्यो। आजका दिनमा चुनाव भएको भए ध्रुव थापा कुनै एउटा पक्षमा लाग्नैपथ्र्यो। अर्को पक्षले साथ नदिन सक्थ्यो। अबदेखि अध्यक्ष कुनै पनि पक्षमा नलागी स्वतन्त्र ढंगले बिदा हुन पाउँछ।
कुनै समय सहयोग गरेका र निर्वाचन हुने अवस्थामा पनि तपाईंको पक्षमा उभिएकाहरू त्यो टिममा देखिएनन् नि?
अगाडिको टिममा देख्नुभएन होला। तर, जब नाडाको टिमले पूर्णता पाउनेछ, त्यसबेला यसपटक मात्र होइन, अघिल्लो पटक पनि सहयोग गर्ने साथीहरूलाई समेट्छु।
केही महिनाअघि तपाईं आकाश गोल्छालाई नाडा अध्यक्ष बनाउने अभियानसहित सँगै देश दौडाहामा हुनुहुन्थ्यो। पछि अचानक अध्यक्ष बन्ने इच्छा कसरी पलायो?
भ्रम फैलिन धेरै समय लाग्दैन। त्यही भएर मैले यसपटक मिडियाभन्दा एक कदर पर रहेर सहमति गर्न खोजेको हो। तपार्इंले सुन्नु/बुझ्नुभएको विषयमा यथार्थ थोरै फरक छ। हो। म आकाशजीसँग वीरगञ्ज, चितवन, हेटौंडा, बुटवल घुमेकै हो। त्यो बेलाको मूल उद्देश्य भनेको म नाडामा नभएको अवस्थामा दुई वर्ष के–के भयो, विद्यमान समस्यालगायतबारे बुझ्न हिँडेको थिएँ। आकाशजीलाई अध्यक्षमै उठ्नुपर्छ भनेर मैले नै समर्थन गरेको थिएँ।
तर, सहमति गर्ने भए करण चौधरीलाई समर्थन गर्न सकिन्छ भन्ने कुरा अर्को टिमबाट आएपछि यो अवस्था सिर्जना भएको हो। त्यसपछि हामी सहमतिका लागि जुटेका हौं। बीचमा केही समस्या आए पनि सौहाद्रपूर्ण वातावरणमा सहमति भयो।
तर, सहमति गर्ने भए करण चौधरीलाई समर्थन गर्न सकिन्छ भन्ने कुरा अर्को टिमबाट आएपछि यो अवस्था सिर्जना भएको हो। त्यसपछि हामी सहमतिका लागि जुटेका हौं। बीचमा केही समस्या आए पनि सौहाद्रपूर्ण वातावरणमा सहमति भयो।
एउटा पक्षले सहमतिमै जाने भए करण चौधरीलाई अध्यक्ष मान्न तयार छौं भन्नुको अर्थ? तपाईं योग्य भएरै हो?
उहाँहरूले करणलाई नै किन अध्यक्षका लागि योग्य ठान्नुभयो, त्यो मलाई थाहा भएन। तर, त्यो टिममा मलाई अघिल्लो पटक सहयोग गरेका सदस्य थिए। एउटा कुरा गर्वसाथ भन्न सक्छु, त्यो बेला टिमको गाँठो बलियो र राम्रोसँग बुनेको रहेछु भन्ने लाग्यो। त्यसले टिम फुट्न दिएन।
अटोमोबाइल क्षेत्रमा तपाईंलाईहरूले देख्नुभएका मुख्य समस्या के–के हुन्?
यो विषयमा मैले बोलिहाल्नु निजी धारणा हुन सक्छ। अतः सबैसँग बसेर छलफल गर्न समय पाएको छैन। मेरो योजना छ, सबैसँग छलफल गरेर अटो व्यवसायीका समस्या र समाधानका उपायबारे निचोड निकाल्छौं र पहल पनि गर्छौं।
अध्यक्ष बन्छु भनेर घोषणा गर्ने समय यो–यो विषयमा काम गर्छु भन्ने पूर्वयोजना बनाउनु भएन?
नाडामा नेतृत्व लिइसकेपछि मेरो एउटा मात्रै योजना छ। अहिले अटोमोबाइल व्यवसायीमा निराशा छ। त्यसमा अलिकति भए पनि आशा जगाउने गरी काम थाल्छु।
उहाँहरूले करणलाई नै किन अध्यक्षका लागि योग्य ठान्नुभयो, त्यो मलाई थाहा भएन। तर, त्यो टिममा मलाई अघिल्लो पटक सहयोग गरेका सदस्य थिए। एउटा कुरा गर्वसाथ भन्न सक्छु, त्यो बेला टिमको गाँठो बलियो र राम्रोसँग बुनेको रहेछु भन्ने लाग्यो। त्यसले टिम फुट्न दिएन।
व्यवसायीमा निराश के–के कुरामा छ?
सबै व्यवसायीलाई आ–आफ्नो समस्या छ। कसैलाई बैंक ऋणको, कसैलाई व्यवसाय बचाउन, कसैलाई परिवार पाल्न, कसैलाई नाफा बढाउनु छ। यी सबै पक्ष हेरेर जुन प्राथमिकतामा पर्छ, त्यसलाई समेटेर अघि बढ्नुपर्छ। बढ्ने तयारीमा छु।
पछिल्लो समय विद्युतीय सवारी साधनको लोकप्रियता बढिरहेको छ। सरकारले पनि यसलाई प्रोत्साहन गरिरहेको छ। यो विषयमा तपाईंको धारणा?
यसबारे मेरो एकदमै सफाचट् धारणा के भने विद्युतीय गाडी नेपालको आवश्यकता हो। नेपालमा अतिरिक्त विद्युत् उत्पादन हुनेवाला छ। विद्युतीय सवारी साधनका लागि हामीले पेट्रोलपम्पको रुपमा चार्जिङ स्टेसन स्थापना गर्न सक्यौं भने त्यस दिनबाटै विद्युतीय सवारी साधारण नागरिकमाझ आउनेछन्। आज जो मान्छे भाडामा बस्छन्, तिनले गाडी चार्ज गर्ने कहाँ? चार्जिङ स्टेसन खै? त्यो जहिलेसम्म हुँदैन, विद्युतीय गाडीका ग्राहकलाई गाह्रो हुने हो। हामीले जति समय पेट्रोलपम्पमा इन्धन भर्न खर्चिन्छौं, त्यति समय गाडी चार्ज गर्न सकिने अवस्था सिर्जना भएपछि निकै उपयुक्त हुन्छ।
भौतिक पूर्वाधार बनाइसकेपछि बल्ल विद्युतीय गाडीलाई प्रोत्साहन गर्नुपर्छ भन्न खोज्नुभएको हो?
हामी (सुजुकी)ले त्यही गर्दै छौं। त्यसका लागि विद्युत् चार्जिङ स्टेसन निर्माणलाई प्राथमिकतामा राखेका छौं।
तपाईंमाथि विद्युतीय सवारी साधनको विरोधी भएको आरोप छ, के भन्नुहुन्छ?
नेपालीमा के बानी छ भने कसैले केही भन्यो भने त्यसलाई खण्डन गरेर अरु १० वटा कुरा थपिइन्छ। यसमा मैले स्पष्टीकरण दिनुपर्ने एउटै मात्र कुरा छ। सुजुकीले केही समयमै इभी ल्याउँछ। आज इभीको विरोध गरें भने भोलि मलाई बेफाइदा हुने हो। अहिले इभीमा कर बढाउन माग गरें भने भोलि मेरै सुजुकीमा कर बढ्छ। मेरो जोड यत्ति मात्रै हो, जबसम्म भौतिक पूर्वाधार तयार हुँदैन, तबसम्म इभी बेच्नु भनेको ग्राहकलाई गाह्रो पार्नु हो।
यी आरोपलाई अनौठो मान्दै मान्दिनँ। नेपालीमा के बानी छ भने कसैले केही भन्यो भने त्यसलाई खण्डन गरेर अरु १० वटा कुरा थपिइन्छ। यसमा मैले स्पष्टीकरण दिनुपर्ने एउटै मात्र कुरा छ। सुजुकीले केही समयमै इभी ल्याउँछ।
आज इभीको विरोध गरें भने भोलि मलाई बेफाइदा हुने हो। अहिले इभीमा कर बढाउन माग गरें भने भोलि मेरै सुजुकीमा कर बढ्छ। मेरो जोड यत्ति मात्रै हो, जबसम्म भौतिक पूर्वाधार तयार हुँदैन, तबसम्म इभी बेच्नु भनेको ग्राहकलाई गाह्रो पार्नु हो।
पछिल्लो समय विभिन्न कम्पनीले नेपाली बजारमा इभी ल्याएसँगै अहिले फास्ट चार्जिङ स्टेसन बनाउँदै छन्। पहिले भौतिक संरचना पर्खिने अनि मात्र गाडी ल्याउने भन्ने हो भने ढिलो हुँदैन?
यसबारे सबैका आ–आफ्ना सोचाइ हुन्छन्। ती सोचाइले आफ्नो ‘बिजनेस’लाई ड्राइभ गर्ने हो। सुजुकीको एउटा संस्कार के भने सोरुम सञ्चालनमा ल्याउनुअघि सर्भिस सेन्टर खोल्ने भन्ने छ।
यसको अर्थ पहिलो कस्टमरले सर्भिस खोज्यो भने पनि पाउनुपर्छ भन्ने मान्यता हो। मेरो सिकाइ र बुझाइ पनि यही हो। त्यसकारण पहिले भौतिक संरचना बनाउनुपर्छ, त्यसपछि बेच्नुपर्छ। त्यसैले सुजुकीले यो वर्ष भौतिक संरचना बनाउँछ र विद्युतीय गाडी ल्याउँछ।