काठमाडौं। सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक गाडी स्काइवेल इटी–५ नेपाल भित्रने भएको छ। नेपालका लागि स्काइवेलको आधिकारिक वितरक जी मोटर्स प्रालिले २ साताभित्रै ४० वटा गाडी नेपाल आइपुग्ने जनाएको हो।
कम्पनीले नाडा अटो सोदेखि नै यो गाडीको बुकिङ खुलाएको थियो। हालसम्म २७ वटा गाडी बुकिङ भएको कम्पनीको दाबी छ।
स्काइवेल इटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ।
त्यस्तै, यो एसयुभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर उपलब्ध छ।
गाडीका विशेषता
सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज
स्काइवेल इटी ५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक
एसयुभीमा १ सय ५० किलोवाट क्षमताको विद्युतीय मोटर
इन्टेलिजेन्ट स्टाइलिङमा आधारित इभी प्ल्याट फर्म
मूल्य १ करोड ९ लाख
स्काइवेल इटी–५ विशेषगरी इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर इभी प्ल्याट फर्ममा बनेको हो।
यी विशेषताले यो विद्युतीय एसयुभीलाई प्रिमियम क्याटागोरी प्रदान गरेको कम्पनीको भनाइ छ। यसको टप स्पिड १ सय ६० प्रतिघन्टा बढी छ।
प्यानारोमिक सनरुफ रहेको गाडीको नेपाली बजार मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। स्काइवेलको सोरुम भक्तपुरको राधेराधेमा तयार भइसकेको छ भने नक्साल, इटहरी र विराटनगरमा निर्माणाधीन छ।