काठमाडौं। निर्माण कम्पनी हाई हिमालय हाइड्रो कन्स्ट्रक्सनको व्यापार दोब्बर बढेको छ। यो वर्ष कम्पनीले २ अर्ब २ करोड रुपैयाँ व्यापार गरेको छ। यसअघि १ अर्ब ३ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको थियो।
सन् २०२१ मा घटेर ४४ करोड ५८ लाख, २०२० मा ६४ करोड ५३ लाख र २०१८ मा १ अर्ब ४ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी भएको कम्पनीबाट सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ।
हाई हिमालयको ३ अर्ब २१ करोड २५ लाख रुपैयाँ ऋण रहेको छ। कम्पनीको जोखिम वहन क्षमता बढेकाले ए फोर रेटिङ पाएको छ। गत वर्ष कम्पनीको आम्दानीमा वृद्धि र सुधारिएको कार्यपुँजी चक्रले राम्रो क्रेडिट रेटिङ पाएको छ।
ऋणदातासँग हालको अवधिमा कम्पनीको वित्तीय लचिलोपन र ऋण सेवा ट्रयाक रेकर्डमा सुधार भएको छ। कम्पनीसँग ६ अर्ब ९० करोड रुपैयाँको ठेक्का कार्यान्वयन हुन बाँकी छ। कुल ठेक्कामा सबैभन्दा बढी हिस्सा ९० प्रतिशत जलविद्युत् आयोजनाका छन् भने बाँकी सिँचाइ, सडकलगायत अन्य ठूला पूर्वाधार रहेका छन्।
पूर्वाधार निर्माणमा केन्द्रित कम्पनीको ४५ हिस्सा निजी क्षेत्रमा छ। बाँकी सरकारीको छ। कम्पनीले ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको रोल्वालिङ डाइभर्सन निर्माण जिम्मा पाएको छ। यस्तै, ४९ मेगावाटको खिम्ती आयोजना पनि हाई हिमालयले बनाइरहेको छ।
कम्पनीसँग ६ अर्ब ९० करोड रुपैयाँको ठेक्का कार्यान्वयन हुन बाँकी छ। कुल ठेक्कामा सबैभन्दा बढी हिस्सा ९० प्रतिशत जलविद्युत् आयोजनाका छन् भने बाँकी सिँचाइ, सडकलगायत अन्य ठूला पूर्वाधार रहेका छन्।
सन् २००९ मा स्थापना भएको हाई हिमालय ‘क’ वर्गको निर्माण कम्पनी हो। कम्पनीले जलविद्युत् आयोजना, सुरुङ, सडक, पुल र ठूला भवनलगायत पूर्वाधार निर्माण गर्दै आएको छ। कम्पनी जलविद्युत् आयोजनामा परिचित नाम हो। कम्पनीले विभिन्न निर्माण व्यवसायीको साझेदारीमा ठूला पूर्वाधार निर्माण गरिरहेको छ। .
कम्पनीमा किरण मल्लको सबैभन्दा बढी स्वामित्व छ। कम्पनीका अध्यक्ष मल्लको ६० प्रतिशत र कदम केसीको ११ तथा बाँकी २९ प्रतिशत अन्यको लगानी रहेको हाई हिमालयले जनाएको छ।