काठमाडौं। बाह्य जिल्लाबाट मुस्ताङ क्षेत्रमा जग्गा खरिद गर्नेहरुको संख्या बढेसँगै मुक्तिनाथमा मूल्य ह्वात्तै अकासिएको छ। केही वर्ष अघिसम्म बाह्य क्षेत्रका मानिसलाई जग्गाजमिन बिक्री वितरण नै नगर्ने मुस्ताङमा पछिल्लो समय कारोबार बढ्न थालेको हो।
धार्मिक पर्यटकको भीड बढ्न थालेसँगै जग्गाको मूल्य आनामै ३० लाख रुपैयाँसम्म पुगेको छ। नेपालको परिचित धार्मिक पर्यटकीय स्थल मुस्ताङको मुक्तिनाथ क्षेत्रमा जग्गाको मूल्य अत्यधिक महँगिएको छ।
मक्तिनाथ मन्दिर अवस्थित रानीपौवा बजार क्षेत्रमा प्रतिआना जग्गाको मूल्य ३० लाख रुपैयाँसम्म पुगेको स्थानीय तोप्चेन गुरुङले जानकारी दिए। बजार क्षेत्रमा होटल तथा रिसोर्ट निर्माण हुने क्रमले तीव्रता पाएसँगै जग्गाको माग ह्वात्तै बढेको उनले बताए।
जग्गा खरिद गर्नेहरुको संख्या अधिक रहे पनि बिक्री गर्नेहरु कम भएकै कारण मूल्य बढेको हुन सक्ने उनको अनुमान छ। खासगरी मुक्तिनाथसम्म पुग्ने सडक विस्तार भएको र धेरै ठाउँमा कालोपत्रेसमेत गरिएकाले बजार क्षेत्रमा जग्गाको भाउ अकासिएको स्थानीयको भनाइ छ। यहाँ सडक पहुँच पुगेसँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण हुने क्रम तीव्र भएको छ।
सरकारी मूल्यांकनमा पनि मुक्तिनाथ क्षेत्रको जग्गाको मूल्य प्रतिरोपनी ७३ लाख रुपैयाँ निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा मुक्तिनाथ क्षेत्रमा प्रतिरोपनी ७३ लाख रुपैयाँ निर्धारण गरेको छ।
रानीपौवा बजारका भित्री कच्ची बाटोले छोएका घडेरी जग्गालाई प्रतिरोपनी २३ लाख ५० हजार तोकिएको छ। पाँच वर्षअघि सोही क्षेत्रको जग्गाको प्रतिरोपनी ७० लाख रुपैयाँ निर्धारण गरिएको थियो। सरकारी मूल्यांकनमै पाँच वर्षको अन्तरालमा प्रतिरोपनी ३ लाख रुपैयाँ बढेको छ।
मुक्तिनाथसम्म पुग्ने सडक विस्तार भएको र धेरै ठाउँमा कालोपत्रेसमेत गरिएकाले बजार क्षेत्रमा जग्गाको भाउ अकासिएको स्थानीयको भनाइ छ। यहाँ सडक पहुँच पुगेसँगै सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण हुने क्रम तीव्र भएको छ।
जिल्ला सदरमुकाम जोमसोम बजारमा पनि जग्गाको मूल्य प्रतिरोपनी ७३ लाख रुपैयाँ निर्धारण गरिएको छ। अहिले सो क्षेत्रमा पनि जग्गाको मूल्य अत्यधिक वृद्धि भएको छ। बाहिरी जिल्लाबाट गएर होटल तथा रिसोर्टसँगै स्याउ फार्म सञ्चालन गर्नेहरु बढेसँगै जग्गाको मूल्य बढेको बताइन्छ।
जग्गा किन्नेको संख्या धेरै रहे पनि बिक्री गर्ने व्यक्ति नै नभएको स्थानीय बताउँछन्। मुक्तिनाथ क्षेत्रका अधिकाशं स्थानीय अमेरिका, अस्ट्रेलियालगायत मुलुकमा रहे पनि उनीहरुले आफ्नो जग्गाजमिन बिक्री गर्न मानेका छैनन्। पुराना घर हेर्न रोल्पा, डोल्पालगायत क्षेत्रबाट हेरालुको रुपमा मानिस राखेका छन्। उनीहरुले घरको रेखदेखसँगै घोडा, याक र च्यांग्राको हेरचाह गर्दै आएका छन्।
जिल्ला सदरमुकाम जोमसोम बजारमा पनि जग्गाको मूल्य प्रतिरोपनी ७३ लाख रुपैयाँ निर्धारण गरिएको छ। अहिले सो क्षेत्रमा पनि जग्गाको मूल्य अत्यधिक वृद्धि भएको छ। बाहिरी जिल्लाबाट गएर होटल तथा रिसोर्टसँगै स्याउ फार्म सञ्चालन गर्नेहरु बढेसँगै जग्गाको मूल्य बढेको बताइन्छ।
यस्तै, सो क्षेत्रमा पछिल्लो समय स्याउ खेतीसमेत फस्टाएको छ। स्याउ फार्मका लागि समेत बाहिरी जिल्लाबाट कामदार ल्याएर राखिएको छ। मन्दिर आसपासका धेरै जग्गा सरकारी रहेको र भित्री सडकमा रहेका जग्गा बिक्री गर्नै नमान्ने भएपछि मूल्य अत्यधिक बढेको स्थानीय फुर्वा गुरुङले बताए। अहिले बजार क्षेत्रमा सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण हुने क्रम बढेको छ।
लो मुस्ताङ हिमालयन रिसोर्टपछि होटल खुल्ने क्रम बढ्दै
करिब १०० रोपनी क्षेत्रफलमा स्याउ फार्मसहित एक वर्षअघि सञ्चालनमा आएको लो मुस्ताङ हिमालयन रिसोर्टपछि यस क्षेत्रमा धेरै होटल खुल्ने क्रम बढेको छ। मुक्तिनाथमा दर्शनका लागि भारतीय पर्यटक धेरै आउने गरेका छन्। मुक्तिनाथमै बास बस्न चाहनेको संख्या धेरै हुन थालेपछि सुविधासम्पन्न होटल निर्माण क्रम बढेको हो।
चेम्बरका पूर्वअध्यक्ष राजेशकाजीले किने जोमसोममा जग्गा
केही महिनाअघि मात्र चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठसहितको समूहले जोमसोममा १० करोडमा १२ आना जग्गा खरिद गरेको छ। होटल निर्माण गर्ने उद्देश्यका साथ अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठसहितको समूहले जोमसोम विमानस्थल नजिकै जग्गा खरिद गरेको हो।
चेम्बरका पूर्वअध्यक्ष श्रेष्ठले जग्गा खरिद गरेको जानकारी दिँदै केही वर्षभित्रै होटल निर्माण गर्ने बताए। क्याबिनेट श्रेष्ठको समूहले केही वर्ष अघिबाट ललितपुर र भक्तपुरको सिमानमा रहेको लाकुरीभन्ज्याङमा टेरेस होटल सञ्चालन गरिरहेको छ।