काठमाडौं। नेपालका लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न गरेको छ।
टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो। बेस्ट इन क्लास इन्डुरेन्स, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्यजस्ता विशेषताले लन्च भएको ४ महिनामै टिभिएस आइक्युबले उल्लेखनीय उपलब्धि हासिल गरेको कम्पनीको दाबी छ।
ग्रिन रिभोलुसन राइडमा अन्य पेट्रोल स्कुटर राइडको तुलनामा ३,५०० किलो कम कार्बनडाइअक्साइड उत्पादन भएको कम्पनीले जनाएको छ, जुन लगभग १७५ वटा रुख रोपेबराबर हो। अन्य पेट्रोल स्कुटर राइडको तुलनामा लगभग २५० लिटर कम इन्धन खपत इन्धन लागतमा ४.६ लाख रुपैयाँ बचत भएको कम्पनीको भनाइ छ।
विश्वव्यापी रूपमा टिभिएस आइक्युब साढे २२ लाख घरमा पुग्न सफल भएको कम्पनीले बताएको छ। कम्पनीले १००,००० किमिको कोसेढुंगा पार गरेको खुसीयालीमा टिभिएस मोटर कम्पनीले जगदम्बा मोटर्सको सहकार्यमा टिभिएस आइक्युबका ग्राहकसँग ग्रिन रेभोलुसन राइड सञ्चालन गर्दै मनाएको छ।
नक्सालको टिभिएस सोरुमबाट सुरु भई भक्तपुरमा समाप्त भएको टिभिएस आइक्युब ग्रिन रिभोलुसन राइडमा ३० राइडर सहभागी थिए। राइडको मुख्य उद्देश्य वातावरणीय प्रदूषणविरुद्ध लड्ने, रुख बचाउने र ध्वनि प्रदूषण रोक्न पहल गर्नु रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।
टिभिएस आइक्युबले सिंगल चार्जमा १०० किलोमिटको रेन्ज प्रदान गर्दछ। शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टिभिएस आइक्युबले ७ किलोमिटर प्रतिघन्टाको टप स्पिड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० किलोमिटर प्रतिघन्टासम्म एक्सेलरेसन दिन्छ।
पावर इको मोडले राइडलाई रेन्ज अथवा पर्फर्मेन्स रोज्ने विकल्प प्रदान गर्दछ। ७ इन्चको टि.एफ.टि क्लस्टरले म्युजिक कन्ट्रोल, थिम पसनलाइजेसन, भोइस एसिट जस्ता सुविधा दिने कम्पनीले बताएको छ।