काठमाडौं। सिजी मोटर्सले आक्रामक रुपमा चार्जिङ स्टेसन विस्तार गरिरहेको छ।
सिजी मोटर्स हाल नेपालमा उपलब्ध इभीमा आफ्नो सेगमेन्टकै सबैभन्दा बढी ३८० किमिको रेन्ज दिने नेटा भी गाडी, सबैभन्दा बढी रुचाइएको ११ सिटर इभी भ्यान सिजी केवाइसी तथा सबैभन्दा बढी बिक्ने तथा लामो अनि छोटो रुटका लागि प्रयोग हुने १४ सिटे कमर्सियल भ्यान किङलङको नेपालका लागि आधिकारिक बिक्रेता हो।
कम्पनीले देशभरि अहिलेसम्मकै धेरै स्थानमा चार्जिङ नेटवर्क विस्तार गर्ने योजनाअनुरुप काम गरिरहेको छ। विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग र ग्राहक सुविधालाई लक्षित गरेर सिजीले नेपालका प्रमुख राजमार्ग, मुख्य सहरमा थप चार्जिङ नेटवर्क विस्तार योजना ल्याएको हो।
हाल कम्पनीले पुराना गाडीसँग साट्ने योजना चलाइरहेको छ। करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३ सय ८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
हालसम्म ५० बढी स्थानमा चार्जर स्टेसन स्थापना गरिसकेको सिजीले थप ७० बढी ठाउँमा स्टेसन स्थापना गरिने जनाएको छ। कम्पनीका अनुसार उपरोक्त नेटवर्कमा जिबिटी र सिसियस २ गरी दुवै थरीका चार्जिङ प्वाइन्ट रहेका छन्। यसरी सिजी मोटर्सका चार्जिङ स्टेसनमा दुवै प्रकारका चार्जिङ सिस्टम भएका इभीलाई सेवा दिन सकिने कम्पनीले बताएको छ।
नेटा भी किन्दा न्यूनतम डाउन पेमेन्ट ७ लाख ८० हजार रहेको छ भने हाल कम्पनीले पुराना गाडीसँग साट्ने योजना चलाइरहेको छ। करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३ सय ८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ।
विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटिएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भीको ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार किलोमिटर वा ८ वर्षे वारेन्टी प्रदान गरेको छ। प्रयोगकर्ताले ६.६ किलोवाट क्षमताको होम चार्जर सुविधासमेत पाउनेछन्।
कम्पनीले हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको छ। ८० प्रतिशतसम्म कर्जा सुविधा रहेको र सबै बैंकबाट सुलभ कर्जा सुविधा लिन सकिने कम्पनीको भनाइ छ।
नेपालको सर्वाधिक बिक्री हुने सिजी केवाइसी तथा किङलङ इभी भ्यान अहिले पूर्व–पश्चिम राजमार्गका विभिन्न रुटमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ। किङलङ माइक्रो बस १४ र १९ सिटर गरी दुई मोडेल नेपाली बजारमा उपलब्ध छन्।
सिएटिलद्वारा निर्मित ब्याट्री प्रयोग भएको गाडीमा एकपटक फुल चार्ज गर्दा ३ सय किलोमिटर चल्ने कम्पनीले उल्लेख गरेको छ।
१८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको गाडी नेपालको बाटो र माटो सुहाउँदो छ।
कम्पनीले हरेक ५ वटा गाडीमा एउटा फास्ट चार्जर दिँदै आएको छ। ८० प्रतिशतसम्म कर्जा सुविधा रहेको र सबै बैंकबाट सुलभ कर्जा सुविधा लिन सकिने कम्पनीको भनाइ छ।