काठमाडौं। चालू आर्थिक वर्षको पाँच महिना अर्थात् मंसिर महिनासम्म १४ वटा निर्जीवन बिमा कम्पनीले १५ अर्ब ५७ करोड १० लाख १५ हजार रुपैयाँ बिमाशुल्क संकलन गरेकोे नेपाल बिमा प्राधिकरणले तथ्यांक सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार अघिल्लो आवको सोही अवधिमा ती कम्पनीले १५ अर्ब ५७ करोड बिमाशुल्क संकलन गरेका थिए।प्राधिकरणले सार्वजनिक गरेको चालू आव मंसिरसम्मको विवरणअनुसार सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९९ करोड ९७ लाख बिमाशुल्क संकलन गरेको छ।
दोस्रोमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६५ करोड बिमाशुल्क संकलन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ अर्ब ३९ करोड ५३ लाख आइजिआई प्रुडेन्सिलय इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ बिमाशुल्क संकलन गर्नेमा तेस्रो स्थानमा रहेको प्राधिकरणको तथ्यांकमा जनाइएको छ।
प्राधिकरणले सार्वजनिक गरेको चालू आव मंसिरसम्मको विवरणअनुसार सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ९९ करोड ९७ लाख बिमाशुल्क संकलन गरेको छ।
प्राधिकरणका अनुसार पाँच महिने अवधिमा नेको इन्स्योरेन्सले १ अर्ब ३३ करोड, एनएलजी इन्स्योरेन्सले १ अर्ब १ करोड, सानिमा जिआइसीले ९६ करोड, प्रभु इन्स्योरेन्सले ८४ करोड, द ओरियन्टल इन्स्योरेन्सले ७२ करोड, राष्ट्रिय बिमा कम्पनीले ५२ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले ६१ करोड र नेसनल इन्स्योरेन्स कम्पनीले ५१ करोड र शिखर इन्स्योरेन्सले १ अर्ब ५ करोड बिमाशुल्क संकलन गरेका छन्।
शिथिल अर्थतन्त्र, आर्थिक गतिविधि चलायमान नहुनु र उपभोक्ताको क्रयशक्तिमा ह्रासका कारण बिमा व्यवसायमा गिरावट आएको हुन सक्ने बिमा प्राधिकरणको अनुमान छ।
सबै निर्जीवन बिमा कम्पनीको मंसिरको व्यवसायमा १.६१ प्रतिशतले गिरावट आएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। शिथिल अर्थतन्त्र, आर्थिक गतिविधि चलायमान नहुनु र उपभोक्ताको क्रयशक्तिमा ह्रासका कारण बिमा व्यवसायमा गिरावट आएको हुन सक्ने बिमा प्राधिकरणको अनुमान छ।
बिमा व्यवसायमा गिरावट आए पनि निर्जीवन बिमा कम्पनीबाट जारी बिमालेखको संख्या भने गत वर्षभन्दा २५ हजार १८३ ले बढी रहेको देखिन्छ। गत वर्ष मंसिरसम्म निर्जीवन बिमा कम्पनीले ११ लाख ४७ हजार बिमालेख जारी गरेकामा यो वर्षको सोही अवधिमा ११ लाख ७२ हजार बिमालेख जारी गरेको प्राधिकरणको तथ्यांकमा देखिएको छ।
प्रभु् इन्स्योरेन्स व्यवसाय बढाउनेमा पहिलो स्थानमा रहेको छ कम्पनीले गत वर्ष मंसिरको तुलनामा यस वर्ष ३९ प्रतिशतले बिमा शुल्क बढाएको छ।