सन् १९८० को दशक नेपालको आर्थिक क्षेत्रको ‘रिफर्म’ अर्थात आर्थिक सुधार प्रयासमा निकै महत्त्वपूर्ण दशक रह्यो। यही दशकमा उद्योग, व्यवसाय एवं बैंकिङजस्ता क्षेत्रमा निजी क्षेत्रको आकर्षण बढी भएको देखिन्छ।
त्यो समयदेखि हालसम्म निजी क्षेत्रले हाम्रो अर्थतन्त्रमा निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। हाम्रो कूल गार्हस्थ उत्पादन (जिडिपी) मा पनि यसले महत्त्वपूर्ण योगदान पु¥याएकै छ। साथै, यस क्षेत्रको योगदान आज पनि हामीले निरन्तर खोजिरहेका छौं।
सन् ९० को दशकमा पनि नेपालले यस क्षेत्रमा ठूलो फड्को मारेको देखिन्छ। हाम्रा छिमेकी मुलुकले पनि यो समयपछि भने नेपालको अर्थतन्त्रको सुधारमा वा लगानीमा योगदान गरेको देखिन्छ। यसरी हेर्दा १९९० को दशक नेपालको आर्थिक सुधारको एक महत्वपूर्ण दशकका रूपमा रहेको हामी पाउँछौं।
यी सबै कुरा हेर्दै गर्दा हाम्रो वित्तीय क्षेत्रमा धेरै सुधार भएको देखिन्छ। यद्यपि, सुधारका अन्य थुप्रै पाटो बाँकी छन्। वित्तीय क्षेत्रमा धेरै किसिमका नीति छन्। यी नीतिलाई कार्यान्वयन गर्ने बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र सबैको दायित्व हो।
यसपछिको सन् २००० को दशकमा भने हामीले हाम्रो वित्तीय क्षेत्र सुधारमा निकै लगानी गरेको, निकै काम गरेको र महत्वपूर्ण प्रयास गरेको देखिन्छ। वित्तीय क्षेत्र सुधारका लागि विभिन्न पक्षसँग सहयोग लिएर काम गरेका थियौं। यही दशकमा हामीले हाम्रो अर्थतन्त्रको क्षेत्रमा रहेको निकै ठूलो कमजोरीलाई पनि हटाएका छौं।
यो २००० को दशकमा आइएमएफबाट संरचनागत सुधारका सुविधा पनि लियौं। त्यसैगरी अन्य विभिन्न किसिमका सुविधा हामीले लियौं भने सरकारले पनि आफैंले लगानी गरेर वित्तीय क्षेत्र सुधार गर्ने काम भयो। खासगरी, हाम्रा नाजुक अवस्थामा पुगेका बैंक, ६० प्रतिशत एनपिए पुगेका दुई बैंकको अवस्थालाई हामीले पूरा रूपमा सुधार गर्न सफल भयौं।
यसमा राज्यको, नेपाल राष्ट्र बैंकको पहलमा वित्तीय क्षेत्रलाई एउटा सुरक्षित क्षेत्रका रूपमा स्थापित गर्न सफल भएका हौं। यसैगरी २०१० को दशक पनि हाम्रो वित्तीय क्षेत्रमा निकै महत्त्वपूर्ण दशकका रूपमा छ।
यी सबै कुरा हेर्दै गर्दा हाम्रो वित्तीय क्षेत्रमा धेरै सुधार भएको देखिन्छ। यद्यपि, सुधारका अन्य थुप्रै पाटो बाँकी छन्। वित्तीय क्षेत्रमा धेरै किसिमका नीति छन्। यी नीतिलाई कार्यान्वयन गर्ने बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र सबैको दायित्व हो।
नीतिहरू एकापसमा सामञ्जस्यपूर्ण हुनुपर्छ। कुनै एउटामात्रै नीतिले काम गरेर वा एउटा नीतिमात्रै कार्यान्वयन भएर पनि हुँदैन। त्यसले काम गर्दैन। यी सबै नीति कार्यान्वयन हुनु आवश्यक छ।
लगानी बढाउने र भित्र्याउने लगानी नीति, उद्योगधन्दाको विकास र विस्तार गर्ने औद्योगिक नीति र पूर्वाधार विकासका लागि सोही किसिमका उपयुक्त नीति आवश्यक पर्दछन्। हाम्रोजस्तो मुलुकका लागि पूर्वाधार विकासदेखि अन्य सम्पूर्ण आर्थिक क्रियाकलाप बढाउने नीति उपयुक्त हुन आवश्यक छ।
हाम्रो मुलुकमा यस्ता क्षेत्रको विकास गर्न नीतिगतदेखि अन्य विभिन्न किसिमका समस्या आउन सक्छन्। त्यसलाई कसरी हामीले राम्रो बनाउन सक्छौं भन्ने विषय महत्वपूर्ण हो। हामीले हाम्रो विकासका लागि बिसौं अर्ब डलर खर्च गर्नुपर्ने बाध्यता छ। यसका लागि हाम्रो आफ्नोमात्रै स्रोत र साधनले पुग्दैन। हामीले विदेशी सहयोग पनि परिचालन गर्नुपर्दछ।
अर्थतन्त्रको सबै क्षेत्रलाई हामीले निकास दिनुपर्ने हुन्छ। यसका लागि नीतिगत, प्रक्रियागत तथा अन्य सम्पूर्ण किसिमको सुधार आवश्यक हुन्छ। नीतिको कुरा गर्दै यी सबै नीतिलाई अघि बढाउने, कार्यान्वयन गर्ने र सञ्चालन गर्ने सुशासनको नीति भने अत्यन्तै बलियो हुनुपर्छ।
जस्तोसुकै स्थिति सिर्जना भए पनि हामी कहिल्यै कुशासित हुन सक्दैनौं। हामीले सुशानको क्षेत्रमा राम्रोसँग र बलियोसँग काम गर्न सकेनौं भने जस्तोसुकै नीति पनि असफल हुन्छ। यसथर्, हाम्रा लागि वित्तीय सुधारको विषय आफैंमा महत्वपूर्ण छ। नेपाल राष्ट्र बैंकले आफ्नोतर्फबाट गर्नुपर्ने यस्ता सम्पूर्ण किसिमको सुधार र पहलहरु आफैंभित्र र बाहिर पनि हुनेछ।
अर्थतन्त्रको सबै क्षेत्रलाई हामीले निकास दिनुपर्ने हुन्छ। यसका लागि नीतिगत, प्रक्रियागत तथा अन्य सम्पूर्ण किसिमको सुधार आवश्यक हुन्छ।
साथै, वैदेशिक लगानी व्यवस्थापनको विषय पनि निकै महत्वपूर्ण विषय हो। हामीले यसभित्रका पनि थुप्रै नीतिमा निरन्तर काम गर्दै आएका छौं र गर्छौं। हामीले १०/११ अर्ब डलर बाहिरी लगानी गरिरहेका छौं। त्यसको व्यवस्थापन पनि महत्वपूर्ण विषय हो।
नीतिका सन्दर्भमा वा अन्य सन्दर्भमा सबैका विभिन्न किसिमका धारणा हुन सक्छन्। तर, राष्ट्र बैंकका नीतिहरू धेरै हदसम्म अन्यभन्दा फरक हुन्छन्। यदि कुनै नीतिले राम्रोसँग काम गरिरहेको छ भने त्यसलाई सामान्यतया पुरानै भए पनि परिवतर्न गरिँदैन।
राष्ट्र बैंकका नीतिहरू परिवर्तन भएसँगै त्यसको असर विभिन्न क्षेत्रमा सोझै पर्ने भएकाले पनि यसलाई केही गहन मानिन्छ। यसर्थ, राज्यले लिएको विकासका उद्देश्यलाई साथ दिने र स्थायित्व कायम गर्ने काममा राष्ट्र बैंकले सहयोग गर्छ। -अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर हुन्।