काठमाडौं। उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाइवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्री–वितरण गर्न रोक लगाएको छ।
कम्पनीद्वारा उत्पादित करेन्ट चाउचाउले विश्वविख्यात वाइवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी वाइवाईजस्तै देखिने र्यापर प्रयोग गरेर उपभोक्तालाई भ्रममा पार्ने काम गरेको थियो।
उच्च अदालत पाटनको संयुक्त इजलासले पुस ११ मा यशोदा फुड्सलाई यस्तो कार्य नगर्न अन्तरकालीन आदेश जारी गरेको हो।
यशोदा फुड्सले वाइवाईको ट्रेडमार्क नक्कल गरी उपभोक्तालाई भ्रमित पार्ने काम गरेपछि सिजी फुड्स उक्त कार्य तत्काल रोक्न माग गर्दै अदालत गएको थियो।
अदालतको आदेशले वाइवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ। यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् बिक्री वितरण गरिए अदालतको मानहानि गरेको ठहरिनेछ।
चार दशक लगाएर वाइवाईले नेपाल र अन्तर्राष्ट्रिय जगत्मा समेत आर्जन गरेको ख्यातिलाई दुरुपयोग गर्न र उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो।
यशोदा फुड्सले वाईवाईको नक्कल गरी त्यसलाई आफ्नो ट्रेडमार्कका रुपमा दर्ता गर्नसमेत कोसिस गरेको थियो। अदालतले यशोदा फुड्सको उक्त आवेदन नं. ०९८२२२ को दर्ता प्रक्रियालाई समेत रोक्न उद्योग विभागलाई आदेश दिएको छ।
अदालतको आदेशले वाइवाईको नक्कल गरी बजारमा पठाइएका करेन्ट चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ। यदि बजारमा पठाइएका उक्त चाउचाउ यथावत् बिक्री वितरण गरिए अदालतको मानहानि गरेको ठहरिनेछ।
चौधरी ग्रुपद्वारा उत्पादित वाइवाई नेपालका साथै विश्वभर विगत चार दशकदेखि उपभोक्ताको पहिलो रोजाइमा रहँदै आएको छ। गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याति कमाएको वाइवाईको लोकप्रियताको दुरुपयोग गर्ने नियतका साथ करेन्टले वाईवाईको ट्रेडमार्क नक्कल गरेको थियो।