काठमाडौं। एनसेलले सेयर खरिद–बिक्री सन्दर्भमा स्पष्ट जवाफ नदिएको फेला परेको छ। प्राधिकरणले पटक–पटक जवाफ र सम्झौताको दस्तावेज माग गर्दा पनि अझै स्पष्ट जवाफ नआएको नेपाल दूरसञ्चार प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालले बताए।
बिहीबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गरेको एनसेल सेयर खरिद–बिक्री विषयमा छलफल गर्न बसेको बैठकमा प्राधिकरण अध्यक्ष खनालले यस्तो बताएका हुन्।
‘एनसेल खरिद–बिक्री सन्दर्भमा प्राधिकरणले पटक–पटक जवाफ मागेको थियो। पहिला एनसेलले सम्झौताका कागजात जम्मा गरिरहेको र पछि बुझाउने बताएको थियो’, अध्यक्ष खनालले भने, तर, पछिसम्म नबुझाएपछि कारबाही चेतावनीसहित जवाफ माग गरेका थियौं। जवाफ आए पनि स्पष्ट सम्झौताको दस्तावेज आएन।’
एनसेल खरिद–बिक्री सन्दर्भमा प्राधिकरणले पटक–पटक जवाफ मागेको थियो। पछिसम्म नबुझाएपछि कारबाही चेतावनीसहित जवाफ माग गरेकामा बुझाए पनि स्पष्ट सम्झौताको दस्तावेज आएन।’
सेयर खरिदकर्ता र बिक्रीकर्ताबीचको सम्झौताको दस्तावेज अझै स्पष्ट नआएकाले एनसेललाई पुनः स्पष्ट दस्तावेज पेस गर्न भनेको उनले बताए। हस्ताक्षर तथा तथा छाप स्पष्ट नआएकाले पुनः मागिए पनि प्राप्त नभएको उनले जानकारी दिए।
मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत स्वामित्व बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई खरिद–बिक्री गरेपछि प्राधिकरणले एनसेलसँग जवाफ माग गरेको थियो। प्राधिकरणले एनसेलसँग खरिद–बिक्रीका सम्पूर्ण सम्झौतापत्र माग गरेको थियो।
एनसेलले सम्झौताको दस्तावेज करिब एक साताअघि बुझाए पनि त्यसमा स्पष्टता नभएको पाइएको हो।