काठमाडौं। इन्टरफेस एजुकेसन सेन्टर प्रालिले अमेरिकामा नेपाली सीए र अकाउन्टेन्टलाई उच्च शिक्षाको अवसर दिने भएको छ।
इन्टरफेसले आफ्नो ३०औं वार्षिकोत्सवमा माइल्स एजुकेसन भारतसँग नेपाली सीए र एकाउन्टेन्टलाई अमेरिकामा उच्च शिक्षा दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको हो। सम्झौताअन्तर्गत नेपालका विद्यार्थीलाई मास्टर अकाउन्टिङमा डिग्री दिइने इन्टरफेसले जनाएको छ।
माइल्स एजुकेसनका प्रतिनिधिका अनुसार यसको प्रमुख आकर्षण भनेको अमेरिकामा रहेका विभिन्न प्रतिष्ठित विश्वविद्यालयमा डिग्री प्राप्त गर्नुका साथै नेपाली विद्यार्थीलाई बिनाधितो ऋण उपलब्ध गराउने र अमेरिकाको मास्टर्स डिग्रीपछि तीन वर्षको रोजगार व्यवस्था हो।
यो कार्यक्रमको मुख्य आकर्षण भारतको प्रख्यात आईआईएम इन्दौर वा जागसोमबाट ३ महिने अनलाइन पढाइ गरेर क्रेडिट ट्रान्सफर गर्ने सुविधा समावेश छ। नेपाल शैक्षिक परामर्श सङ्घका अध्यक्ष शेषराज भट्टराईले कार्यक्रम सफलताको कामना गरे।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ अध्यक्ष आनन्दराज शर्माले नेपाली चार्टर्ड एकाउन्टेन्टको दक्षता अझ नयाँ क्रमबाट बढ्नुपर्ने आवश्यकता आंैल्याए। नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी युनियनका अध्यक्ष महेन्द्र खड्काले विद्यार्थीका समस्या, रोजगारी अवसर र समस्याबारे प्रकाश पारे।
नेपाली विद्यार्थीका लागि इन्टरफेस र माइल्सको सहकार्य कोषेढुंगा सावित हुने इन्टरफेस एजुकेसन सेन्टरका अध्यक्ष डा. कविता शाहले बताइन्।
इन्टरफेसका संस्थापक तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष सुजनकुमार काफ्लेले पनि विश्वव्यापी सीए एकाउन्टेन्टको दक्षता र उपयोगिताबारे प्रकाश पारेका थिए।