काठमाडौं। रोयल इन्फिल्डले मेटिअर ३५० सिसीका तीन वटा नयाँ मोटरसाइकल बजारमा भित्र्याएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले नक्सालस्थित सोरुममा मोटरसाइकल सार्वजनिक गरेको हो।
त्रिवेणी ग्रुपका निर्देशक सुवासचन्द्र संघई र रोयल इन्फिल्डका प्रतिनिधि नेपाल बजार प्रमुख अभिषेक शुक्लाले मेटिअर फायरबल, मेटिअर स्टेलर र मेटिअर सुपरनोभा सार्वजनिक गरेका हुन्।
मेटिअर मोटरसाइकल जे प्लेटफर्ममा निर्माण गरिएको हो। यी मोटरसाइकलमा ३ सय ४९ सिसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–आयल कुल्ड, इलेक्ट्रोनिक फ्युल इजेक्सन रहेको छ। इन्जिनले अधिकतम ६ हजार १ सय आरपिएममा २०.२ ब्रेकहर्ष पावर र ४ हजार आरपिएममा २७ एनएमको टर्क जेनेरेट गर्छ।
यी मोटरसाइकलमा डुअल डिस्कब्रेक राखिएको छ भने सबै मोटरसाइकलमा १५ लिटरको फ्युल ट्यांक क्षमता छ। यसले प्रतिलिटर लिटर औसत ४० किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।
इजी क्रुजिइग डिजाइनमा रहेका यी मोटरसाइकलमा १ हजार ४ सय मिलिमिटर विह्लबेस, ७६५ मिलिमिटर सिटको उचाइ, ट्विन डाउनटुव स्पाइन फ्रेम, चौडा ट्युबलेस टायरलगायत फिचर छन्।
मेटिअर फयरबल ३५० पहेंलो, रातो, नीलो र म्याट हरियो रंगमा उपलब्ध छन्। त्यस्तै, मेटिअर स्टेलर ३५० कालो, निलो र रातो रंगमा उपलब्ध छन्। त्यसैगरी मेटिअर सुपरनोभा ३५० खैरो, नीलो र रातो रंगमा उपलब्ध छ।
कम्पनीले मेटिअर फयरबल ३५० को मूल्य ५ लाख ५० हजार, मेटिअर स्टेलर ३५० को मूल्य ५ लाख ५५ हजार र मेटिअर सुपरनोभा ३५० को मूल्य ५ लाख ६५ हजार निर्धारण गरेको छ।