काठमाडौं। भुक्तानीप्रदायक कम्पनी ई–सेवाले राइड सेयरिङ सेवा सुरु गर्ने तयारी थालेको छ। राइड सेयरिङ सेवा सञ्चालनमा २ वर्षदेखि अध्ययन गरिरहेको ई–सेवा टिमले सेवा सञ्चालनका लागि अन्तिम तयारीमा रहेको स्रोतले बताएको हो।
कम्पनीले केही महिनामै ‘जुम जुम’ नामक एप सञ्चालनमा ल्याउन लागेको ई–सेवा निकट स्रोतले बतायो। ‘राइड सेयरिङका सञ्चालनका लागि डेडिकेटेड स्टाफ पनि छुट्याइसकेको छ। त्यो एप ई–सेवाकै एपभित्र राख्ने कि छुट्टै राख्ने भन्ने निश्चित भइसकेको छैन,’ स्रोतले क्यापिटल नेपालसँग भन्यो।
ई–सेवाको यो कदमले विशेषगरी पठाओ र इनड्राइभरलाई धक्का लाग्नेछ। पठाओले वालेट कम्पनी सञ्चालन गरेपछि ई–सेवा राइड सेयरिङ कम्पनी सञ्चालन गर्न अग्रसर भएको थियो। हाल पठाओले बाइक राइड सेयरिङ, ट्याक्सी, खाना डेलिभरी, पार्सल, बजार र वालेट सेवा दिइरहेको छ।
पठाओले वालेट कम्पनी सञ्चालन गरेपछि ई–सेवा राइड सेयरिङ कम्पनी सञ्चालन गर्न अग्रसर भएको थियो।
कम्पनीले एक वर्षदेखि ‘छिटो पैसा’ नामक वालेट एप चलाइरहेको थियो। हाल पठाओ आफूले पाउने कमिसन छिटो पैसामार्फत लिइरहेको छ। त्यस्तै, पठाओले ६ महिनाभित्र वालेटको आक्रामक मार्केटिङ गर्ने तयारी छ।
इड सेयरिङ एपकाबारे भने एफवान सफ्टले आधिकारिक जानकारी दिएको छैन। राइड सेयरिङ एप ल्याउने तयारी भए पनि पूरा भइनसकेको एफवान सफ्ट ग्रुपका चिफ अफ स्टाफ अभिषेक क्षेत्रीले बताए। हाल एफ वान सफ्ट ग्रुपअन्तर्गत १३ कम्पनी सञ्चालित छन्।