एजेन्सी। हुन्डाईका लागि सन् २०२४ विशेष वर्ष हुने देखिएको छ। वर्षको सुरुवातमै जनवरी १६ मा कम्पनीले आफ्नो बेस्ट सेलिङ एसयुभी ‘क्रेटा’ को फेसलिफ्ट मोडेल सार्वजनिक गर्न लागेको छ।
यो फेसलिफ्ट मोडेलमा पहिलेभन्दा राम्रो इन्टेरियर र धेरै नयाँ फिचर हुनेछन्। त्यसैगरी हुन्डाईले अर्को महिना अल्काजर र टुसानको अपडेटेड मोडेल बजार ल्याउने छ।
सबैभन्दा महत्वपूर्ण कुरा हुन्डाईले २०२४ अन्त्यसम्ममा क्रेटा इभी ल्याउने तयारी गरेको छ।
क्रेटा फेसलिफ्ट
क्रेटा हुन्डाईको अत्यधिक सफल एसयुभी हो। कम्पनीले आगामी जनवरी १६ मा क्रेटाको फेसलिफ्ट बजार ल्याउँदै छ। यसमा ३६० डिग्री क्यामेरा, नयाँ अपडेटेड १ं०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १.५ लिटरको टर्बो पेट्रोल इन्जिन हुने नवभारत टाइम्सले जनाएको छ।
अल्काजर फेसलिफ्ट
आगामी वर्ष हुन्डाई अल्काजरको अपडेटेड मोडेल देख्न पाइने छ। मिडिया रिपोर्टका अनुसार अल्काजरको अपडेटेड भर्सन एक्सेटेरियरमा धेरै बदलाव गरिएको छ। यसमा एलोय ह्विल, वायरलेस स्मार्टफोन कनेक्टिभिटी, १०.२५ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, प्यानोरोमिक सन रुफ, वायरलेस चार्जिङ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड सिटलगायत धेरै फिचर हुनेछन्।
टुसान फेसलिफ्ट
हुन्डाईले २०२४ मा आफ्नो प्रिमियम एसयुभी टुसानको फेसलिफ्ट मोडेल सार्वजनिक गर्ने तयारी गरेको छ। यसमा स्पोर्टी लुक्स, अपडेटेड इन्टेरियर र लेटेस्ट फिचर देख्न पाइने छ।
टुसानको फेसलिफ्टमा रिभाइज्ड एलइडी लाइट, नयाँ फ्रन्ट ग्रिल र बम्पर, नयाँ १२.३ इन्चको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड सिट र हिटेड सिट, अपडेटेड एड्भान्स ड्राइभर असिस्ट सिस्टमलगायत विशेषता हुनेछन्।
क्रेटा इभी
ग्राहकले क्रेटा इभी लामो समयदेखि पर्खिरहेका छन्। यो गाडी २०२४ को अन्त्यतिर सार्वजनिक हुने अनुमान गरिएको छ। यसमा ४५ किलोवाटको लिथियम आयोन ब्याट्री हुने अनुमान गरिएको छ। यसले सिंगल चार्जमा ४ सय किलोमिटर रेन्ज दिने बताइएको छ।