काठमाडौं। शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ।
मिथिला चित्रकला मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान नारासहित सञ्चालन गरिएको प्रतियोगितामा तेस्रो चरणको कार्यक्रम सम्पन्न भएको हो। प्रतियोगितामा तीन जना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो।
शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंहको अध्यक्षता र मधेस प्रदेशकी उद्योग तथा पर्यटनमन्त्री सुनिता यादव प्रमुख अतिथि रहेको कार्यक्रममा मिर्चैया नगरप्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिका प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र विमल, लोक कोकिला रशिम रानीसहित विभिन्न वडाका वडाध्यक्षको पनि सहभागिता थियो।
प्रतियोगितामा प्रथम हुने सप्तरीकी मिथिला चित्रकार, रुवि कर्ण, दोस्रोमा महोत्तरीकी नेहा कुमारी, तेस्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेका छन्।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ७५ हजार, दोस्रो हुनेलाई ५० हजार र तृतीय स्थान प्राप्त गर्ने २५ हजार रुपैयाँका बाँकी १२ जनालाई सान्त्वना पुरस्कार नगद ११ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो।
तेस्रो चरणको कार्यक्रममा सहभागी १५ जनाले शौर्य सिमेन्ट उद्योगको पर्खालमा मिथिला चित्रकला बनाएका थिए। कार्यक्रममा शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुजकुमार महतले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगितामा निर्णायकको भूमिकामा मिथिला चित्रकारत्रय श्यामसुन्दर यादव, सुनैना ठाकुर र मिथिला देवी रहेका थिए।