काठमाडौं। नेपाली ब्रान्ड सोनामले मंसिर २८ देखि पुस १५ सम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग सामग्रीमा वार्षिक विन्टर छुट योजना सञ्चालन भइरहेको जनाएको छ।
छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ। यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइनेछ।
सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्।
कम्पनीले हाल राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चावहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोकमा सोरुम सञ्चालनमा ल्याइसकेको छ।
यस्तै, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्युरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका सोरुम खुलिसकेका छन्।