काठमाडौं–सिमेन्ट उद्योग शिवम् सिमेन्टले हालै सार्वजनिक गरेको जानकारीमूलक भिडियो सन्देश ‘शिवम् सन्देश’ को प्रचार देशका विभिन्न सहरमा गरिँदै आएको जनाएको छ।
‘शिवम् सन्देश’ गुणस्तरीय, सुरक्षित र जुगौं–जुग रहिरहने घर निर्माणका लागि जनचेतनामूलक भिडियो सन्देशको संग्रह रहेको कम्पनीले बताएको हो ।
शिवम्ले देशका विभिन्न सहरमा विभिन्न क्रियाकलाप गरी शिवम् सन्देशको प्रचार–प्रसार गरेको हो।
इटहरीबाट सुरु गरिएको प्रचार अभियानमा जनकपुर, नारायणगढ, हेटौंडा, वीरगञ्जलगायत सहरका प्रमोटर राखेर चोक–चोकमा स्ट्यान्ड बोर्ड प्रदर्शनी, पर्चा वितरण, क्युआर स्क्यान तथा अन्य क्रियाकलाप गरी शिवम् सन्देशबारे जानकारी दिइएको थियो।
कम्पनीका प्रतिनिधिले देशका विभिन्न सहरमा शिवम् सन्देशको प्रचार गर्न लागिएको जनाएका छन्। शिवम् सिमेन्टले प्रचार–प्रसारका क्रममा घर निर्माणपूर्व निर्माण योजना, घर बनाउँदै गर्दा र घर बनाइसकेपछि ध्यान दिनुपर्ने विभिन्न महत्त्वपूर्ण जानकारी समावेश गरिँदै आएको जनाएको छ।
भूकम्प र बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप प्रतिरोधी घर निर्माण कसरी गर्ने, इन्जिनियर र आर्किटेक्टजस्ता प्राविधिकको महत्त्व, घर बनाउँदा बजेट व्यवस्थापनजस्ता जटिल प्रश्न शिवम् सन्देशमा समेटिएको कम्पनीले बताएको छ।