देशको संघीय राजधानी भएकाले नेपालभरि नै दर्ता भएका सवारीसाधन काठमाडौ“ आउने गर्छन् । एकातिर सवारीको चाप बढ्दै गएको छ भने अर्कोतर्फ राजधानीको जनसंख्या पनि दैनिक रुपमा बढ्दै गएको देखिन्छ । तर, काठमाडौ“का सडक भने राणाकालीन अवस्थाकै छन् । अर्थात्, सवारी चाप बढ्दै गए पनि सडकको चौडाइ बढ्न सकेको छैन ।
म ट्राफिक डीआईजी हुदा तत्कालीन प्रधानमन्त्री डा. बाबुुराम भट्टराईले उपत्यकाको सडक विस्तार गरेका थिए । उनको अभियान सफल भयो । त्यसपछि कुनै क्षेत्रमा सडक बढ्न सकेको छैन । तर, अहिले सवारीसाधन वृद्धि हुने क्रम भने दैनिक रुपमा बढ्दै गएको छ । कुनै रोकतोक छैन । गुड्ने सडक भने सीमित छ । यसकारण पनि ट्राफिक व्यवस्थापन दयनीय बन्दै गएको हो ।
ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौ“का मुख्य सहर नयाँ बानेश्वर, कोटेश्वर, थापाथली, त्रिपुरेश्वर, केशरमहल, महाराजगन्ज चक्रपथ चोक, सातदोबाटो चक्रपथ चोक, एयरपोर्ट, बालाजु, चावहिललगायत ठाउँमा ‘फ्लाई ओभर’ अविलम्ब राख्नुपर्छ ।
विदेशमा सडक चोकमा ट्राफिक प्रहरी देखिँदैनन् । किनकि त्यहाँ ट्राफिक लाइटको व्यवस्थामार्फत एकै ठाउँबाट कन्ट्रोल गरिएको हुन्छ । सबै ठाउँको समय व्यवस्थापन गरेर गाडी आवतजावत मिलाइएको हुन्छ । अब नेपालमा ट्राफिक लाइट मात्र हैन, सँगै सीसीक्यामेरा पनि राख्नु आवश्यक छ । २१ औ“ शताब्दीमा आउँदा पनि धुँवा, धुलो, घामपानीलाई बेवास्ता गर्दै ट्राफिकले हात हल्लाएरै सडक आवतजावत सहजीकरण गर्नुपर्ने स्थिति रहनु राज्यकै लागि लज्जाको विषय हुनुपर्छ ।
अहिले भित्री सडकमा पनि ट्राफिक जाम बढ्दो छ । अब ती सडकमा ट्राफिक लाइटसँगै सीसीक्यामेरा जडान गरी एक ठाउँबाट ‘कमान्ड’ गर्नुपर्ने बेला आइसकेको छ । नेपालमा यो प्रविधि भिœयाउन धेरै ढिला भइसकेको छ । ट्राफिक जामको प्रमुख अस्त्र साना सवारीको अधिक वृद्धि भएकाले त्यस्ता सवारीलाई विस्तारै ‘डिस्करेज’ गराउँदै सार्वजनिक यातायात (मास ट्रान्सपोर्टेसन) लाई प्रोत्साहन गर्नु जरुरी छ ।
सिंगापुरमा निजी सवारी किन्नुअघि सरकारसँग पर्मिट लिनुपर्छ । पार्किङ लट छैन भने गाडी किन्न पाइँदैन । त्यहाँ गाडी किन्नुभन्दा पार्किङ लट किन्न महँगो हुन्छ । झन्झटिलो प्रक्रिया भएकाले त्यहाँका धेरै मानिस निजी गाडी किन्न अग्रसर हुँदैनन् र सार्वजनिक सवारीलाई प्राथमिकता दिन्छन् । सरकारले पनि सार्वजनिक सवारीलाई त्यही किसिमले व्यवस्थित बनाएको छ ।
तर, नेपालमा गाडी किन्न पैसा भए पुग्छ, यहाँ पार्किङको कुनै महङ्खव छैन । अहिले पार्किङ स्थल पाउन मुस्किल छ । पार्किङ स्थल नभएकै कारण जथाभावी सवारीसाधन पार्किङ गरिँदा ट्राफिक जाम उच्च हुने गरेको छ । अब पार्किङलाई व्यवस्थित गर्न ‘मल्टिस्टोरेज पार्किङ’ स्थल बनाउन आवश्यक छ ।
काठमाडौ“भित्र बग्ने बागमती र विष्णुमती किनारमा ‘डबल लेन’ को सडक बनाउन आवश्यक छ । त्यस आसपासमा बनाइएका घरटहरा भत्काएर करिडोरको रुपमा विस्तार गर्न सके काठमाडौ“ उपत्यकाको ट्राफिक जाम केही हदसम्म नियन्त्रण गर्न सकिन्छ । ट्राफिक जामलाई सहजीकरण गर्न सरकारले केही नीतिगत निर्णय गर्नु जरुरी छ । अहिले कार्यालय, स्कुल र कलेजको समय एकैपटक छ । त्यसलाई केही समय तलमाथि गर्न सकियो भने पनि ट्राफिक जाम थोरै भए पनि व्यवस्थापन गर्न सकिन्छ ।
सडकसम्बन्धी चेतनामूलक कार्यक्रम गर्ने बजेट सडक विभागसँग रहन्छ । ट्राफिक प्रहरी एउटा कारिन्दा मात्र हो । अरुले देख्दा सबै काम ट्राफिकले गर्छ भन्ने हुन्छ, तर उसको काम भनेको सडकमा बसेर सिठ्ठी फुक्ने मात्र हो । ऊसँग बजेट, कानुन र पूर्वाधार केही पनि छैन । अर्कोतिर सवारीसाधनको भारमापन ‘भेहिइकल फिटनेस टेस्ट’ गर्ने र प्रदूषण नाप्ने काम पनि सडक विभागकै हो ।
तर, त्यो काम अहिलेसम्म भएको देखिँदैन । क्षमताभन्दा बढी सामान र यात्रु बोकेकै कारण धेरै सवारीसाधन बीच सडकमै बिग्रिएको पाइन्छ । यसले गर्दा सडक जाम हुन्छ । त्यहाँ खटिने भनेको त ट्राफिक प्रहरी नै हो । त्यसैले काम गर्न एउटा निकाय अनि बजेटचाहि“ किन अर्कै निकायलाई त ?
ट्राफिक लाइट राख्ने काम पनि सडक विभागकै हो ।
यसतर्फ विभाग कहिल्यै पनि गम्भीर भएको देखिँदैन । भएका ट्राफिक लाइट पनि सञ्चालन गर्न सकिएको छैन । अधिकांशले लाइट नबल्नुमा ट्राफिक प्रहरीलाई दोष देखाउँछन् । तर, वास्तविकता अर्कै छ । ट्राफिकले ट्राफिक लाइट चाहेर पनि बनाउन सक्दैन किनकि ऊसँग बजेटै छैन । बजेट हुने निकायलाई यससम्बन्धी चासो नै छैन । देशमा विशिष्ट व्यक्तित्वलाई साइरन बजाएर हि“डेपछि सबै बाटो खुला भइहाल्छ । आखिरमा समस्यामा पर्ने भनेको त सर्वसाधारण नै हुन् ।
त्यसैले ट्राफिकलाई आवश्यक बजेट दिई मुलुकभर आवश्यक ठाउँमा ट्राफिक लाइट राख्ने क्षमता हुनुपर्छ । यस विषयमा धेरै पटक ट्राफिक प्रहरीले सम्बन्धित निकायलाई भन्दै आए पनि त्यसको सुनुवाइ अझै भएको छैन । सोही कारण सर्वसाधारण नागरिकले धेरै दुःख पाइरहेका छन् भने ट्राफिक प्रहरीले गाली खाइरहेको छ ।