काठमाडाैं । नेपाल घुम्न आएका एक विदेशी पर्यटकले केही समयअघि होटल एसोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहलाई सोधेका थिए, ‘तपाईंको देशमा ट्राफिकले हात हल्लाएर कति गाडीलाई पठाउँछ ? ट्राफिक लाइट देखिन्छ तर किन बल्दैन ?’ ‘ती पर्यटकको प्रश्नको उत्तर दिन सक्ने अवस्थामा म थिइन“, उपाध्यक्ष शाहले एक भेटमा भने ।
उपाध्यक्ष शाहजस्तै धेरै पर्यटन व्यवसायीलाई विदेशीले सोध्ने प्रश्न हो, यो । नेपाल घुम्न आएका पर्यटकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्नुअघि नै हवाई ट्राफिक जामको अनुभव गरिसकेका हुन्छन् । त्यसपछि विमानस्थलबाट ओर्लेर होटलसम्म पुग्दा घन्टौ“सम्म बाटोमै अड्किनु परेको अनुभव छ । विशेषगरी विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै गौशाला, कोटेश्वर, तीनकुने, चावहिललगायत क्षेत्रमा लामो समयसम्म सडक जाम हुने गरेको छ ।
बिहान कार्यालय समय र बेलुकाको समय यी क्षेत्र मात्रै होइन, काठमाडौ“ उपत्यकाभरि नै सडकमा ट्राफिक जाम मुख्य समस्या बन्ने गरेको छ । अझ कतिपय उच्चपदस्थ अधिकारीको आगमन हुँदा त दिनभरजसो सवारी आवागमन अस्तव्यस्त बन्छ । पर्यटक प्रवेश गर्ने मुख्य द्वारमै सवारी जाम भएपछि उनीहरु दिक्क हुने गरेका छन् । नेपालीले त यस्ता समस्या हरेक ठाउँमा भोग्दै आएका छन् । चाहे त्यो काठमाडौ“ भित्रिने थानकोट नाका होस् वा सा“गा नाका होस् । काठमाडौ“को धुलो र धुवाँबाट आजीत सर्वसाधारण ट्राफिक समस्याले झनै गिजोलिने गरेका छन् ।
सरकारले सडक यातायातलाई चुस्तदुरुस्त राख्न बढी भीडभाड हुने चोकमा ट्राफिक लाइट जडान गरेको पनि छ । तर, ती बत्ती राखेको सुरुआती समय केही दिन काम गरेजस्तो देखिए पनि त्यसपछि भने कहिल्यै बलेको देखिँदैन । काठमाडौ“को सिंहदरबार, थापाथली, नयाँ बानेश्वर, पुतलीसडक, कोटेश्वर, गौशाला, चावहिललगायतका स्थानमा बत्ती जडान भए पनि कुनैले काम गरेका छैनन् । केही ठाउ“का ट्राफिक बत्तीले यदाकदा काम गरेको देखिए पनि अधिकांश स्थानका ट्राफिक बत्तीले काम नगर्दा ट्राफिक प्रहरीले हात हल्लाएरै यातायात व्यवस्थापन गर्दै आएका छन् ।
बत्तीमार्फत ट्राफिक व्यवस्थापन हुँदा निश्चित अवधि तोकेर कुन रुटका सवारी कता जाने भन्ने जानकारी दिने व्यवस्था गरिएको हुन्छ भने ट्राफिकले भने कुन रुटमा गाडीलाई रोक्ने र कुन रुटमा पठाउने भन्ने कुरा कार्यस्थलमा खटिएको ट्राफिक प्रहरीको ‘मुड’ मा भर पर्छ । यस्तो स्थितिमा विशिष्ट व्यक्तित्वलाई भने ट्राफिक व्यवस्थापनमा चालिएका कुनै पनि कदमले काम गर्दैन । साइरनजडित र विशेष सुरक्षा दस्ता लिएर आउने त्यस्ता विशिस्ट व्यक्तित्वहरु आफ्नो अनुकूलतामा जुनसुकै पदचाप पछ्याउन सक्छन् । यसले पनि ट्राफिक व्यवस्थानमा जटिलता थपिने र त्यसको मार सर्वसाधारणले नै भोग्नुपर्ने बाध्यता आइपर्छ ।
सार्वजनिक र निजी चारपांग्रे सवारीमार्फत यात्रामा निस्कँदा तोकिएको समय कहिल्यै गन्तव्यमा नपुगिने भएकाले सर्वसाधारण बढीजसो केही समयअगावै वा दुईपांग्रे सवारीसाधन (मोटरसाइकल) मार्फत यात्रामा निस्कने गरेको पाइन्छ । मोटरसाइकल यात्रा बढी जोखिमपूर्ण सवारी मानिन्छ । सडकमा हुने जामको सिकार एम्बुलेन्स, दमकल, विद्यार्थी बोकेका गाडी, सुरक्षाकर्मीका गाडी बढी प्रभावित हुने गरेको पाइन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले अबको केही समयभित्रै उपत्यकाभित्र रहेका सम्पूर्ण ट्राफिक बत्ती सञ्चालनमा आइसक्ने जानकारी दिए । हाल उपत्यकामा २९ वटा मात्र ट्राफिक लाइट छन् । त्यसमध्ये २० वटा गाडीका लागि संकेत गर्ने, ९ वटा मान्छे बाटो काठ्न संकेत गर्ने छन् । अहिले जडित सबै बत्ती पुनः सञ्चालनमा ल्याइसकेपछि नयाँ ३६ वटा बत्ती थप्ने प्रक्रिया अघि बढाइएको ढकालको भनाइ छ ।
अहिले ट्राफिक लाइट नभएकै कारण धेरै जनशक्ति उपत्यकाका सडकमा खटाउनुपरेको बताउँदै एसएसपी ढकालले बत्ती सञ्चालनमा आएपछि ती जनशक्तिलाई अन्य सडक–काममा खटाउन सकिने परिस्थिति बन्ने दाबी गरे । पूर्वअतिरिक्त महानिरीक्षक गणेशराज राई ट्राफिक प्रहरीसँग बजेट र कानुन दुवै नभएका कारण समस्या आउने गरेको बताउ“छन् । ‘ट्राफिक लाइट सञ्चालन गर्ने, जनचेतनामूलक कार्यक्रम गर्ने, होर्डिङ बोर्ड राख्ने काम भौतिक तथा यातायात मन्त्रालयको हो’, राईले भने, ‘ट्राफिकको काम भनेको सडकमा बसेर सिठ्ठी फुक्ने र यातायातका साधनलाई सहज गराउने मात्र हो ।’
बाहिरबाट हेर्दा सबै काम ट्राफिक प्रहरीले गर्नुपर्ने देखिए पनि व्यवहारमा त्यस्तो हुँदैन । महाशाखाका प्रवक्ता रविनकुमार दाहालका अनुसार नयाँ बानेश्वर, नारायणगोपाल चोक र भक्तपुर ठिमीमा रहेको ट्राफिक बत्तीले मात्रै अहिले काम गरिरहेको छ । त्यस्तै, पैदल यात्रीलाई बाटो काट्न पुतलीसडक, अल्का अस्पताल र कालिमाटीमा रहेको ट्राफिक बत्ती प्रयोग भइरहेका छन् ।
हाल काठमाडौ“ उपत्यकामा ट्राफिक व्यवस्थापनका ४४ युनिटमार्फत १ हजार ३ सय ६८ जना ट्राफिक खटिँदै आएका छन् । सडकमा ट्राफिक लाइट प्रयोगमा नआउनुमा सम्बन्धित निकायहरुबीच तालमेल नभएकाले समस्या उब्जिएको देखिन्छ । सडक विभागले भने ट्राफिक प्रहरीले प्रविधि बुझ्न नसक्दा उपत्यकाभित्रका ट्राफिक लाइट नियमित सञ्चालनमा आउन नसकेको दाबी गरेको छ ।
सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक शाखाका इन्जिनियर पुजन गिरीका अनुसार ट्राफिकले प्रविधि नबुझ्दा समस्या भएको दाबी गर्छन् । ‘जापान र नेपालले बनाएका बत्तीको प्रयोगमा धेरै अन्तर रहेको र त्यसमा ट्राफिक प्रहरीले प्रविधिमा चासो नराख्दा समस्या भएको हो,’ गिरीले भने, ‘अहिले ट्राफिक प्रहरीलाई त्यससम्बन्धी तालिम दिन लागिएको छ ।’ सडक विभागले गत वर्ष (२०७५) मा करिब १ करोड लगानीमा काठमाडौ“ उपत्यकाभित्र ८ वटा ट्राफिक लाइट निर्माण गरी सञ्चालनयोग्य बनाएको थियो ।
यार्सा टेक्नोलोजी प्रालिले नेपाली परिवेश पछ्याउँदै कालिमाटी, पुरानो बानेश्वर, तीनकुने, सिंहदरबार, मित्रपार्क, गौशाला, पद्मोदय र रत्नपार्कमा बत्ती जान गरेको थियो । तर, ट्राफिकसँग बत्ती सञ्चालनसम्बन्धी ज्ञान नहुँदा अलपत्र अवस्थामा पुगेको सडक विभागकै अर्का इन्जिनियर बन्दना आचार्य दाबी गर्छिन् । ‘ट्राफिक लाइट सञ्चालनसम्बन्धी तालिम दिए पनि सहभागीले राम्ररी नसिकेकै कारण सञ्चालनमा ढिलाइ भएको हो,’ उनी भन्छिन्, ‘फेरि लाइट सञ्चालनसम्बन्धी ट्राफिक प्रहरीलाई तालिम दिने तयारी भइरहेकाले केही समयमै ८ वटा लाइट सञ्चालनमा आउनेछन् ।’ ती लाइट नियमित सञ्चालनमा आएपछि त्यसको प्रभावकारिता हेरेर थप लाइट जडान गर्ने योजना विभागको छ ।
एउटा ट्राफिक लाइट बनाउन २० लाख खर्च
विभागका इन्जिनियरका अनुसार नेपाली प्रविधिअनुसार ट्राफिक लाइट बनाउने हो भने १५ देखि २० लाख रुपैयाँसम्म खर्च हुन्छ । सडक विभागले बनाएका ८ वटा लाइट नेपाली प्रविधियुक्त छन् । नेपाली इन्जिनियरले नै बनाएको सफट्वेयर प्रयोग गरेर लाइट निर्माण गरिएको छ ।
कर्मचारी सरुवाले समस्या
ट्राफिक लाइट सञ्चालनसम्बन्धी ज्ञान भएका ट्राफिक प्रहरीको बेलाबेला हुने सरुवाको कारण पनि समस्या भएको बताइन्छ । नेपाली प्रविधिमार्फत लाइट बनाउ“दै आएका यार्सा टेक्नोलोजीका सञ्चालक रामचन्द्र खड्का लाइट सञ्चालनसम्बन्धी तालिम लिएका जनशक्तिको छिटोछिटो हुने सरुवाले नियमित ट्राफिक लाइट सञ्चालनमा समस्या भइरहेको बताउँछन् ।
लाइट सञ्चालनका लागि तालिमप्राप्त जनशक्तिलाई तत्कालै सरुवा नगर्ने र यससम्बन्धी ज्ञान बाँड्न ट्राफिक प्रहरी नै अग्रसर हुने हो भने ट्राफिक लाइट प्रयोगमा कुनै समस्या नआउने उनको भनाइ छ ।
ट्राफिक लाइटको इतिहास
सडक यातायातमा देखिएको विस्तारसँगै विश्वमा डेढ सय वर्षअघि आधिकारिक रुपमा लाइट राखिएको पाइन्छ । १० डिसेम्बर १८६८ मा लन्डनको राजदरबारबाहिर ट्राफिक बत्ती जडान भएको पाइन्छ । त्यसयता विश्वका अधिकांश देशले ट्राफिक बत्तीको प्रयोगलाई बढावा दिँदै आएका छन् ।
तर, भुटानमा भने अझै ट्राफिक लाइटको आवश्यकता महसुस गरिएको छैन । नेपालमा पनि ५३ वर्षअघि अर्थात् २०२३ सालमा ट्राफिक लाइट राखिएको पाइन्छ । त्यसबेला सिंहदरबार, न्युरोड गेट, सुन्धारा र नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटमा ट्राफिक लाइट राखिएको थियो । त्यसको लामो समयपछि २०५७ सालमा जापान सरकारले तीनकुने, नयाँ बानेश्वर, माइतीघर, सिंहदरबार, कोटेश्वर, पुतलीसडक, थापाथली, केशरमहल, कालीमाटी र कलंकीमा ट्राफिक लाइट राखिदिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष ०६४÷६५ मा सडक विभागले दरबारमार्गलगायत ३ स्थानमा ट्राफिक लाइट राखेको थियो । पछि जापान सरकारकै सहयोगमा तीनकुने र सूर्यविनायकमा ट्राफिक लाइट प्रयोगमा ल्याइयो । अहिले अरनिको राजमार्गअन्तर्गत भक्तपुरका सूर्यविनायक, ठिमी, सल्लाघारी, गठ्ठाघर र कौशलटार गरी ५ ठाउँमा ट्राफिक लाइट व्यवस्था गरिएको छ ।
बागमतीमा एक ट्राफिकलाई ८ सय ७७ सवारी साधन
बागमती अञ्चलमा हाल १२ लाख सवारी साधन दर्ता छन् । त्यसमध्ये करिब ८० प्रतिशत सवारी उपत्यकामा रहेको ट्राफिक प्रहरीको अनुमान छ । तथापि मुलुकभरबाटै आउजाउ गर्ने सवारीको हिसाब नगरीकन भन्दा उपत्यकामा एक जना ट्राफिकको भागमा ८ सय ७७ वटा सवारी साधन पर्ने गर्छ ।
(क्यापिटल म्यागजिनबाट)