काठमाडौं। शंकर ग्रुपको सहायक कम्पनी तथा रियलमी मोबाइलको आधिकारिक वितरक जगदम्बा मोबाइलले दुई उत्कृष्ट इयरबड बजार ल्याएको छ।
आकर्षक मुल्य र उत्तिकै आकर्षक डिजाइनमा आएका यी दुई इयरबडमा उत्कृष्ट गुणस्तरको साउन्ड एक्स्पिरियन्स गर्न सकिने कम्पनीको दाबी छ।
रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, ‘रियलमी बड टि ३०० र रियलमी बड टि १०० अन्य इयरबडभन्दा भिन्न छन्। हाम्रा ग्राहकले धेरै खर्च नगरी नै उत्कृष्ट अडियोको अनुभव पाउन् भन्नका लागि हामीले यी इयरबड बजार ल्याएका हौं।’
संगीत पारखीका लागि रियलमी बड टि ३०० एकदमै उपयुक्त रहेको कम्पनीको भनाइ छ। १२.४४ एमएमको डायनामिक ब्यास ड्राइभरसहित आउने टि ३०० ले गहिरो ब्यास साउन्ड प्रदान गर्दछ। ३० डिबीको एएनसी (एक्टिभ नोइज क्यान्सिलेसन) सहितको बडमा आफूलाई मनपर्ने गीत सुन्न सकिने छ।
रियलमीको टि ३०० इयरबड ४६० एमएएच ब्याट्री र चार्जिङ केससाथ आउँछ। ४० घन्टाको ब्याट्री लाइफ भएको यस बडमा एक दिनभन्दा बढी आनन्दले गीत सुन्न सकिने कम्पनीले जनाएको छ। यो ५० एमएसको अल्ट्रा-लो ल्याटेन्सीसाथ उपलब्ध छ, जसले गेमिङ र भिडियो हेर्दा सिमलेस कनेक्टिभिटी प्रदान गर्दछ। ३६० डिग्री स्पेसल अडियो इफेक्टले थ्रिडी साउन्ड अनुभव दिने कम्पनीको भनाइ छ।
४-माइक्रोफोन कल नोइज क्यान्सिलेसन भएकाले फोन कलमा कुरा गर्दा रियलमी बड टि ३०० मा जस्तोसुकै हल्लाखल्ला भए पनि प्रष्टसँग आवाज सुन्न सकिन्छ। रियलमी टि ३०० मा आइपी ५५ लेभलको वाटर र डस्ट रेसिस्टेन्स आउने भएकाले यो इयरबड टिकाउ पनि छ। रियलमी टि ३०० ले १० मिटरसम्मको वायरलेस रेन्ज पनि प्रदान गर्दछ।
ब्लुटुथ ५.३ टेक्नोलोजीसाथ आउने रियलमी टि ३००ले सिमलेस कनेक्टिभिटी र उत्कृष्ट अडियो अनुभव प्रदान गर्दछ। स्टाइलिस कालो रङमा उपलब्ध रियलमी बड टि ३०० को मूल्य ५ हजार ४ सय ९९ रहेको छ।
यसैगरी कम्प्याक्ट डिजाइनमा आएको रियलमी बड टि १०० ले क्लियर र डायनामिक साउन्ड अनुभव प्रदान गर्दछ। १० एमएम ब्यास ड्राइभरसाथ आउने टि १०० ले १० मिटरसम्म राम्रो रेन्ज दिन्छ। यसको ब्याट्री लाइफ २८ घन्टाको रहेको छ। जसले दिनभरि आनन्दले गीत सुन्न सकिने कम्पनीको भनाइ छ।
ब्लुटुथ ५.३ कनेक्टिभिटी भएको यस रियलमी बड टि १०० मा एआई नोइज क्यान्सिलेसन फिचर पनि रहेको छ। स्टाइलिस कालो रङमा उपलब्ध रियलमी बड टि १०० को मूल्य ३ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।