यसपालि दसैंमा कपडा तथा तयारी पोसाकका पसलले आर्थिक मन्दी छ भनेर नयाँ कपडा मगाएनन्। मुलुकभरिकै कुरा गर्ने हो भने पनि नयाँ लुगा मगाउने काम धेरै कम भएको छ। उपभोक्ताले पसलमा सबै पुराना कपडा छन्, अघिल्ला वर्ष आएका र सोही डिजाइनका मात्र छन् भनेर पसलमा किन्न गएनन्। यसको अर्थ के हो भने, कहिलेकाहीँ आर्थिक मन्दी यसरी उच्च चरणमा पुग्छ। कतिपय समयमा हामीले आर्थिक मन्दी भयो, मेरो व्यापार खस्कियो, उसको व्यापार घाटामा गयो भन्दाभन्दै उपभोक्ताको मनोबल कमजोर हुन्छ, जसका कारण उपभोक्ताले पनि यो समय सञ्चिति गर्ने बेला हो भनेर खर्च कम गर्न थाल्छन्।
जब उपभोक्ताले खर्च कटौती गर्न सुरू गर्छन्, बजारमा त्यसको प्रभाव पर्छ। यसरी बजार संकुचित हुँदै जाँदा आर्थिक मन्दी आयो भन्ने हामीलाई लाग्छ। यद्यपि, आर्थिक मन्दी आउन कृत्रिम कारणहरूको भूमिका सबैभन्दा धेरै हुन्छ। यसमा उपभोक्ता, विक्रेता, व्यवसायी सबैको मनोबल नै ठूलो विषय हो। जब मानिसको मनोबल कमजोर हुन्छ, तब उसले गर्ने सबै क्रियाकलाप कमजोर हुन्छन्।
अब यसरी उपभोक्ता, विक्रेता र व्यवसायी सबैको मनोबल खस्किनुका कारण धेरै छन्, जसमा सरकारले एन्टिबायोटिक खुवाउनुपर्ने ठाउँमा सिटामोल खुवाएर बसेको अवस्था हाम्रो छ। यो सिटामोलले खाउन्जेल दुखाइ कम गर्याे। तर, यो खान छाड्नासाथ दुखाइ जहाँको त्यहीँ छ। हाम्रो अवस्था ठ्याक्कै यही भएको छ।
एकातर्फ सरकारले यस्तो परिकल्पना गर्न थाल्यो भने अर्कातर्फ उद्योगी–व्यवसायी रोग निवारण गर्न सरकारबाट एन्टिबायोटिक खोजिरहेका थिए। रोग निवारण भएपछि शरीरमा फुर्ती आउँछ भन्ने व्यवसायीको धारणा देखिन्छ। अहिलेसम्म हाम्रो यो अवस्था सुधार गर्न सरकारका तर्फबाट के-कति कदम चालिए? कसरी चालिए? भन्ने कुरा हेर्दा सिटामोलकै रूपमा चालिएको कदम देखिन्छ, जसले गर्दा रोग त रोग भएर बसी नै रहेको छ। सिटामोल खाएर यसले दिने दुखाइ कम भएको होला। तर, रोग जस्ताको त्यस्तै छ। अब कहिलेसम्म सिटामोल खाने भन्ने कुरामात्रै हो। यसरी सिटामोल खाँदै जाँदा रोग क्यान्सर भयो भने यसले मार्छ।
समस्या
यसो भन्दै गर्दा कहाँनेर हामी चुक्यौं? हामीले अर्कै नजरले हेर्नुपर्ने थियो कि भन्ने विषय रहन्छ। विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा खर्च रोकौं र यसले सबै ठिक गर्छ भनेर हामीले सोच्यौं। यो सोच्नु भनेको घडी बन्द गरेर समय बचाउँछु भनेजस्तै हो। अर्थतन्त्रमा तपाईंले जब खर्च घटाउने, खर्च रोक्ने नीति लिनुहुन्छ, तब त्यसले अर्थतन्त्र चलयमान बनाउनुको साटो झन् संकुचित बनाइदिन्छ।
जब हामीले विदेशी मुद्रा बाहिर जान नदिन आयातमा रोक लगायौं, त्यसले बजार उपभोक्ताको मनोबल गिराउने काम गर्याे। यसबाट बजारमा आउनुपर्ने रकम प्रभावित हुन सकेन। यसो हुँदा हाम्रो मनोबल झन्-झन् खस्किँदै गयो र बजार चलयमान नभएर एक समयमा हामीलाई अत्यन्तै कमजोर अवस्थामा पुर्यायो।
धेरै कारणमध्ये हामीकहाँ जति पूर्वाधार निर्माणका लागि सिमेन्ट, रडजस्ता सामग्री उत्पादन गर्ने उद्योग छन्, त्यसमा प्रत्यक्ष असर पुग्यो। अर्थात, नेपाल राष्ट्र बैंकले बैंकलाई होम लोन (घर कर्जा) बन्द गर भन्यो। घर कर्जा बन्द हुनासाथ घर बन्ने काम बन्द भयो। घर बनाउने कार्य बन्द हुनासाथ सिमेन्ट, रडलगायत सबैको व्यापार बन्द भयो।
जब हामीले विदेशी मुद्रा बाहिर जान नदिन आयातमा रोक लगायौं, त्यसले बजार उपभोक्ताको मनोबल गिराउने काम गर्याे। यसबाट बजारमा आउनुपर्ने रकम प्रभावित हुन सकेन। यसो हुँदा हाम्रो मनोबल झन्-झन् खस्किँदै गयो र बजार चलयमान नभएर एक समयमा हामीलाई अत्यन्तै कमजोर अवस्थामा पुर्यायो।
राष्ट्र बैंकको त्यो नीतिले तत्कालीन अवस्थामा बैंकमा पैसा छैन भन्ने समस्या समाधान भए पनि त्यसले दीर्घकालीन असर के पार्याे भन्ने अध्ययन कहीँबाट भएको पाइएन, जसका कारण घर बनाउने डकर्मी, सिकर्मी सबैले काम पाउन छाडे। त्यसको असरस्वरूप करिब तीन/चार महिनामै चाउचाउको बिक्री पनि कम हुन थाल्यो। मध्यम र न्यून वर्गका उपभोक्ता मारमा परेका कारण यस्तो अवस्था सिर्जना भयो।
देशको अन्योलको अवस्था देखेर यहाँ कमाउन सक्ने, रोजगारमा लाग्न सक्ने र एकदमै उर्वर उपभोक्ता र यस समूहका व्यक्ति ठूलो संख्यामा बाहिर जान थाले। यहाँ भविष्य छैन, कठिन छ र भविष्य अन्योल छ भन्ने देखेर उनीहरू बिदेशिनतर्फ लागे। त्यसले हाम्रो रकम मात्र बिदेशिएन जनशक्तिसमेत पलायन भयो। र, ती युवा नेपाल हुँदा गर्ने खर्चमा पनि ह्रास आयो।
यसरी नेपालमा रहेका उपभोक्ता संख्या नै क्रमिकरूपमा घट्दै गयो। त्यसमा पनि उपभोक्ताको लैंगिक वर्गीकरण गर्ने हो भने विशेषगरी परुष उपभोक्ता संख्या झनै घट्दै गयो। यसले आज बजारमा हेर्ने हो भने मोटरसाइकलको बिक्री कम भइरहेको छ। स्कुटरको बिक्री केही मात्रामा बढेको छ। स्कुटर किन्ने पुरुषले पनि भोलि म विदेश गएँ भने परिवारमा रहेका अन्य महिला सदस्यले त्यसको प्रयोग गर्न सक्छन् भन्ने धारणा देखाएको पाइन्छ।
यसरी बिदेशिने पुरुष संख्या ठूलो हुँदै गएपछि नेपालमा उनीहरूले प्रयोग गर्ने सामान बिक्री एकपछि अर्को गर्दै कम हुँदै गयो। यद्यपि महिलाले प्रयोग गर्ने यस्ता सामग्री बिक्री वितरण अझै पनि तुलनात्मकरूपमा धेरै कमी आएको देखिँदैन। त्यस्तै अर्को उपभोक्ताका रूपमा रहेका हाम्रा पर्यटक संख्या बीचमा ह्वात्तै घट्यो। अहिले संख्यात्मकरूपमा केही बढे पनि उनीहरूको बसाइ र खर्च दर बढाउन सकिएको छैन। विदेशी पर्यटक संख्या घट्दा बजारमा उपभोक्ता कम भएको र उपभोग्य वस्तु प्रयोग घटेको देखिन्छ।
जब पूर्वाधार क्षेत्रमा घर बन्न बन्द भयो, साना तथा ठूला परियोजना सञ्चालन हुन बन्द भए, जसका कारण भारतबाट नेपाल आउने कामदार फर्किएर उतै गए। आँकडाअनुसार काठमाडौंमा मात्रै सातदेखि आठ लाख भारतीय कामदार काम गर्न आउँथे, यहाँ बसेर काम गर्थे। काठमाडौंमा मात्रै यति थियो भने नेपालमा यसको संख्या निकै ठूलो थियो। यी सबै कामदारमध्ये ५० प्रतिशत नेपालमा अब काम छैन भनेर फर्किए।
हाम्रा लागि यी भारतीय कामदार पनि उपभोक्ता हुन्। यिनीहरू यहाँ नबस्नेबित्तिकै हाम्रो उपभोक्तामा थप कमी आयो। यसरी नेपाली बाहिरिने, पर्यटक नआउने र नेपालमा काम गर्न आएका भारतीय पनि फर्किएपछि नेपालमा उपभोक्ताको कमी आएर बजारमा असर पुगेको हो। र, उत्पादित सामग्रीले बजार पाउनै मुस्किल भएको हो।
यसरी उपभोग गर्ने संख्या नै घटेको हाम्रो यो अवस्थालाई सरकारले बुझेर कार्यक्रम नल्याउने, नीति परिमार्जन नगर्ने र नयाँ योजना नल्याउने हो भने अर्थतन्त्र कसरी लयमा फर्कन्छ? अहिले हाम्रो बजार संकुचित छ, बजार संकुुचित भएपछि उपभोक्ता कम भएका छन्, यसैले गर्दा खाद्यान्न उपभोग पनि कम आएको छ।
बजार संकुचित नहुने हो भने अन्य सबै खर्च कटौती गरे पनि मानिसले खान त छाड्दैनन्। यसर्थ, खाने मानिस नै कम भएपछि घरका आवश्यक वस्तु चामलदेखि टुथपेस्टसम्मका सबै सामग्रीको माग नै कम भयो। माग कम भएपछि बिक्री कम हुनु स्वाभाविक हो। यसलाई बुझेर सरकारले तत्कालै नीति ल्याउन आवश्यक छ।
पछिल्लो समय रेमिट्यान्स बढिरहेको छ। जब बजारमा उपभोग गर्नेको संख्या नै घटिरहेका बेला रेमिट्यान्समात्र आएर त्यो रकम कहाँ खर्च हुन्छ? खर्च गर्ने वातावरण कस्तो छ? आज खर्च गर्ने वातावरण छैन। खर्च गर्ने मानिस पनि छैनन्।
यो अवस्थामा अब सरकारले आफ्नो बजेट खर्च बढाउने, धेरै प्रभावित क्षेत्रलाई चलायमान बनाउनेतर्फ लाग्नुपर्छ। जस्तै, नेपालबाट भारतमा सिमेन्ट निर्यात हुन थालेको छ। तर, यो देखाउनका लागिमात्रै गइरहेको छ। किन परिमाणात्मकरूपमा धेरै जान सकेको छैन? किनभने, नेपालमा यसको लागत धेरै छ। सिमेन्ट उत्पादन गर्न विद्युत आवश्यक पर्छ, हाम्रोमा विद्युत शुल्क महँगोमा किन्नुपर्ने अवस्था छ। यद्यपि, यही बिजुली भारतको सिमेन्ट उत्पादक कम्पनीले लगभग शून्य रकममा प्राप्त गर्छन्।
पछिल्लो समय रेमिट्यान्स बढिरहेको छ। जब बजारमा उपभोग गर्नेको संख्या नै घटिरहेका बेला रेमिट्यान्समात्र आएर त्यो रकम कहाँ खर्च हुन्छ? खर्च गर्ने वातावरण कस्तो छ? आज खर्च गर्ने वातावरण छैन। खर्च गर्ने मानिस पनि छैनन्।
भारतमा कुनै-कुनै उद्योगलाई भारतका स्टेटहरूले उद्योग स्थापना गरेवापत भनेर पाँच वर्षसम्म निःशुल्क बिजुली दिन्छन्। तर, नेपालमा त्यस्तो सुविधा छैन। सरकारले नेपाली उद्योगलाई भारतमा जति सिमेन्ट जान्छ र खपत हुन्छ, त्यसका लागि बिजुली शुल्क यति हुन्छ भनेर सहुलियत देओस्। यसो गरेका खण्डमा हाम्रो अर्बाैं रुपैयाँको सिमेन्ट भारत जान सक्छ। किनभने, नेपालसँग सीमा जोडिएको क्षेत्रको बजार हिस्सा ठूलो छ।
एकातिर नेपालको बजार संकुचित हुँदै जाँदा विकल्पको बजारका रूपमा भारतलाई हेर्न सक्नुपर्छ। नेपालीहरू मुलुकमा बसेनन् भन्दै गर्दा अर्को कुन ठाउँमा उपभोक्ता छन् र बजार छ भन्ने विचार गर्नुपर्छ। निर्यातका लागि कस्तो नीति बनाउने, निर्यातमा कसरी सहजीकरण गर्ने, उत्पादन बढाउन कस्ता नीति बनाउने यावत कुरामा सरकारले ध्यान पुर्याउनुपर्छ।
सरकारले भारत, चीनजस्ता ठूला बजारमा नेपालबाट निर्यात गर्न सक्छ भने त्यसका लागि के पहल गर्ने भन्नेमा ध्यान दिनुपर्छ। सरकारले चार/पाँच क्षेत्रमा मात्रै पहल गर्न सकेको खण्डमा नेपालमा उपभोक्ता कम भएर केही कठिनाइ हुँदैन। नेपालसँग सिमाना गाँसिएका उपभोक्ताको संख्या मात्रै हेर्ने हो भने पनि ४८ करोड छ।
उत्तर प्रदेश, बिहारमात्रै हेरेर त्यहाँका उपभोक्ता लक्ष्यित सामग्री उत्पादन गरेर पठाउन सक्ने हो भने हामीलाई बजारको खाँचो पर्दैन। अहिलेको अवस्थामा बाहिरबाट आयातित सामग्री उपभोग भइरहेको जुन अवस्था छ, यसलाई निरुत्साहित गर्न थुप्रै स्टार्टअप आएका छन्। नवउद्यमी जन्मिएका छन्। यिनले बाहिरका सामग्री विस्थापित गर्ने प्रयास गरिरहेका छन्। अहिले चकलेट विस्थापन गरी पुष्टकारी बेच्ने लहर चल्न थालेको छ। चकलेट बाहिरबाट आयात हुन्छ, पुष्टकारी नेपालमै बन्छ।
यस किसिमका उद्यमीलाई प्रोत्साहित गर्न सरकारले के गरेको छ? यस्ता उद्यमी प्रोत्साहित भएर हामीले नेपाली मिठाइका रूपमा बाँड्ने काम गर्याैं भने पनि चकलेट आयात त कम हुन्छ नि। यसले हाम्रो शोधनान्तर घाटालाई कहीँ न कहीँ त मिलाउँछ।
यस्ता थुप्रै विषय छन्, जहाँ सरकारले नीति परिवर्तन गरेर, अलिकति लचिलो भएर काम गर्नुपर्ने देखिन्छ। १० वर्ष अघिदेखि सरकार अनुत्पादक क्षेत्रमा लगानी गर्न लचिलो भयो। भविष्यमा आउने जोखिमलाई दृष्टिगत नगरी राष्ट्र बैंकले बैंकहरूलाई जथाभावीरूपमा ऋण दिन लगाएर घरजग्गा र सेयर बजारमा लगानी विस्तार गर्न दियो, जसको असर अहिले बजारमा देखिएको छ।
अहिले हरेक क्षेत्रमा परेको आर्थिक प्रभाव हेर्ने हो भने एउटा सहकारी पनि हो। सहकारीका कारण आज स-साना उद्यमी मरिरहेका छन्। साना उद्यमीले जति कमाउँथे, त्यो रकम सहकारीमा जम्मा गर्थे। तर, आज त्यो सहकारीलाई पैसा आवश्यक पर्याे देऊ भन्दा दिन सक्ने अवस्था छैन। सहकारी डुबिरहेका छन्।
सहकारीले मागेका बेला सर्वसाधारणलाई दिन सकेको भए त्यो पैसा फेरि लगानी गर्थे र खर्च गर्थे। सुरुसुरुमा ब्याज पनि पाए। तर, आज साँवा पनि डुबिरहेको छ। गएको दशकमा हामीले औंलामा गन्न मिल्ने राम्रो काम गर्दा नराम्रा काम भने अनगिन्ती गरिसकेका छन्। अब यसलाई रोक लगाएर उत्पादनमूलक उद्यमी र उद्योगलाई कसरी प्रोत्साहित गर्ने, कसरी राम्रो गर्ने र नीतिनियममा कसरी लचिलो बनाउने भन्नेमा ध्यान पुर्याउनुपर्छ।
संकटमोचन
आज जति वाह्य लगानीकर्ता नेपाल आएका छन्, उनीहरू घाटामा छैनन्। विदेशी कम्पनीले ठूलो प्रतिफल लगिरहेका छन्। उदाहरणका लागि युनिलिभरले १ हजार ५ सय ८० प्रतिशत क्यास डिबिडेन्ड (लाभांश) यहीँ व्यापार गरेर बाँड्छ। यसरी हेर्दा नेपालमा व्यवसाय सफल नभएको होइन।
तर, नेपालमा वातावरण उपयुक्त नभएरमात्रै विदेशी लगानी आउन सकेको छैन। यहाँको राजनीतिक वातावरण, काम गर्ने वातावरण उचित छैन। उद्योगभित्र फस्टाएको ट्रेड युनियनको राजनीतिले गरेको असर धेरै छ, जसले विदेशी लगानीकर्ता नेपाल आउन प्रोत्साहन होइन, हतोत्साहित हुँदै आएका छन्। यसर्थ, वाह्य लगानी भित्र्याउन, विदेशी लगानीकर्ता आकर्षित गर्न हामी लचिलो हुन आवश्यक छ।
भारतमा प्रदेश-प्रदेशमा लगानी भित्र्याउने प्रतिस्पर्धा हुन्छ। उनीहरूले मेरोमा आएर उद्योग खोल, रोजगारी सिर्जना गर, तिमीहरूलाई यति वर्षसम्मका लागि कर लिन्नौं भन्छन्। यो गर्दा यस्तो सहुलियत दिन्छु भन्ने कुरामा त्यहाँ प्रतिस्पर्धा हुन्छ। पन्जाब, हरियाणा, गुजरातलगायत प्रदेशबीच यस्तो प्रतिस्पर्धा हुन्छ।
हामीकहाँ प्रोत्साहन होइन, हतोत्साहित गर्ने नीतिनियम बनिरहेका छन्। ५ करोडभन्दा थोरै विदेशी लगानी नलिने नीति संशोधन गर्नुपर्छ। लगानीको सीमा तोकिँदा स्टार्टअपहरूमा लगानी हुन सकेको छैन। पछिल्लो समय नेपाली स्टार्टअप मर्ने वातावरण बन्यो। हाम्रो नीति र अबुझपनले गर्दा हाल हामी यस्तो अवस्थामा पुगेका हौं।
मुलुकभित्रै रोजगारी सिर्जना गर्न, ठूला परियोजनामा लगानी ल्याउन कसरी सहजकर्ताको भूमिका निर्वाह गरेर तिनलाई अगाडि बढाउने भन्नेमा सरकारले काम गर्न जरुरी छ। विकास खर्चलाई यत्तिकै महत्त्वपूर्णतासाथ काम गर्न आवश्यक छ। बजेटमात्रै बनाएर हुँदैन, बजारमा त्यो रकम आउनुपर्छ। विकास खर्च गर्नतिर सरकार लाग्नुपर्छ।
निजी क्षेत्रमा भएका व्यक्तिले जति बेला कठिन हुन्छ, त्यति बेला फड्को मार्ने गर्छन्। अहिले हामीलाई गाह्रो परिरहेको यो अवस्थामा सही निर्णय लिन र उचित नीति निर्माण गर्न सके फड्को मार्न सक्छौं। जापानमा आणविक बम विस्फोट भएपछि मात्रै उनीहरूले फड्को मार्न थालेका हुन्। त्यहाँ बम विस्फोट नभएको भए जापानले यसरी फड्को मार्न सक्दैनथ्यो।
हामीकहाँ प्रोत्साहन होइन, हतोत्साहित गर्ने नीतिनियम बनिरहेका छन्। ५ करोडभन्दा थोरै विदेशी लगानी नलिने नीति संशोधन गर्नुपर्छ। लगानीको सीमा तोकिँदा स्टार्टअपहरूमा लगानी हुन सकेको छैन। पछिल्लो समय नेपाली स्टार्टअप मर्ने वातावरण बन्यो। हाम्रो नीति र अबुझपनले गर्दा हाल हामी यस्तो अवस्थामा पुगेका हौं।
सुनामी आउँदा शिथिल भएको जापानको अर्थतन्त्र केही समयमै फेरि चलयमान भयो। यो कुरा हामीले पनि बुझ्न सक्नुपर्छ। डाक्टरसामु मेरो मेरूदण्ड एकदमै दुख्न थाल्यो, कठिन भयो भनेर हामीले भन्यौं भने डाक्टरले औषधीमात्रै दिँदैन, उसले औषधी खाएर हिँड्न, दौडन भन्छ।
तपाईंले जति धेरै व्यायाम गर्नुहुन्छ, तपाईंको दुखाइ त्यति धेरै कम हुँदै जान्छ। अहिले देशको अर्थतन्त्र अर्थात हाम्रो मेरुदण्ड नै दुखाइमा छ भने त्यसलाई चलाउने कि आराम गराउने? आराम गरायो भने दुख्न निको नै हुँदैन। त्यसलाई चलाउनुपर्छ, कसरत गराउनुपर्छ। यसले दुखाइ कम गर्छ र ठिक हुन्छ। यसलाई चलाउने जिम्मा सबैभन्दा बढी सरकारको हो। उद्यमीले ऋण तिर्न सकेन, अब यसको घाँटी निचोरेर ऋण उठाउँ भनेर कहिल्यै पनि अर्थतन्त्र चलायमान हुँदैन।
अर्थतन्त्र चलयमान बनाउने दोस्रो भूमिका निजी क्षेत्रको हुन्छ। सरकारले मनोबल उकास्छौं भन्दै गर्दा दुवैतर्फबाट मनोबल उकास्ने काम गर्नुपर्छ। तबमात्र मनोबल बढ्छ र बजार चलायमान हुन्छ। मनोबल बढाउन हामीले नकारात्मकता छाडेर सकारात्मक कुरामात्रै गर्नुपर्छ।
हाम्रा सञ्चारमाध्यमले पनि नकारात्मकतालाई ठूलो बनाउने काम गर्छन्। डुब्न आँट्यो भनेर डर देखाउने काम हुन्छ। यसर्थ, अहिले सबैको दायित्व राम्रो भइरहेको छ, राम्रो हुन्छ र राम्रोतर्फ अगाडि बढेको छ भन्ने कुरालाई मात्रै प्रचार गर्नु हो। यसो गरेको खण्डमा मात्रै सबै अवस्था राम्रो हुन्छ।
राति सुत्दा भोलि बिहान ५ बजे उठेर ६ बजे एयरपोर्ट पुग्नु छ भन्ने सोचेर सुत्यो भने ५ बजेको अलार्मभन्दा अगाडि हामी ब्युँझिन्छौं। यो मनोबलका कारण हो। भोलि बिहान उठ्नैपर्छ भन्ने मनोबल बनाउनासाथ शरीरले साथ दिन्छ। मनोबलमा काम ग¥यो भने अरू सबै संयन्त्रले काम गर्छन्। हामीले यो फ्रेमवर्कमा बसेर काम गर्नुपर्छ।
[आचार्य प्रिज्मा एडभर्टाइजिङका प्रबन्ध निर्देशक हुन्। उनको यो विचार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को वार्षिक पब्लिकेसन ‘अर्थनीति’ बाट लिइएको हो।]