काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले एकैसाथ चार नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौंका बूढानीलकण्ठ र दहचोक, चितवन शरदपुर र तनहुँ आँबुखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
नयाँ शाखाबाट आइतबारदेखि सम्पूर्ण बैंकिङ सेवा सुरु भइसकेको छ। ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
बैंकले हाल ३ सय ५५ शाखा, ३ सय ७६ एटिएम, २ सय ७४ शाखारहित सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवं ३ वैदेशिक प्रतिनिधि कार्यालय गरी १ हजार १ सय भन्दा बढी केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ।
त्यसैगरी बैंकले अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायत देशबाट रेमिट्यान्स सेवा पनि दिइरहेको छ।