काठमाडौं। यूएस सोयाबिन एक्सपर्ट काउन्सिलले युनाइटेड अरब इमिरेट्स (युएई) दुई दिने क्रसकन सम्मेलन सुरु हुने भएको छ। डिसेम्बर १२ र १३ तारिखमा सम्मेलन हुन लागेको हो।
साउथ एसियाल मुलुकलाई केन्द्रीकृत गरेर सम्मेलन आयोजना हुन लागेको हो। क्रशकन सम्मेलनले विश्वव्यापी सोया आपूर्ति श्रृंखला बढाउन सहयोग पुग्ने आयोजकको दाबी छ।
सम्मेलनमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाको सहभागिता रहने छ। बंगलादेशले सन् १९९६ देखि यूएस सोयासँग सहकार्य गर्दै आएको छ। बंगलादेशले पोल्ट्री क्षेत्रमा सोयाबिनको खाना मुख्य रुपमा प्रयोग गर्दै आएको छ। बंगलादेशमा पोल्ट्री क्षेत्रले कुल जिडिपीमा २.५ प्रतिशत योगदान पुर्याउँदै आएको छ।
भारतमा सन् १९९६ देखि यूएस सोयाले सहकार्य गरिरहेको छ। भारतको करिब ५८ प्रतिशत जनसंख्याको मुख्य जीविका प्राथमिक स्रोत कृषि हो। त्यसैगरी भारत खाने तेल र दालको सबैभन्दा ठूलो आयातकर्ता पनि हो। भारतमा पामतेल पनि सबैभन्दा धेरै खपत हुनेमा सोयाबिन तेल पर्छ। भारत सन् २०२२ मा १ लाख ८० हजार टन अमेरिकी भटमास तेल आयात गरेको तथ्यांकबाट देखिन्छ। भारत सरकारले सन् २०२१ देखि जिएमओ सोयाबिन खाना आयात गर्न अनुमति समेत दिएको थियो।
नेपालले सन् २०१९ देखि युएस सोयासँग सहकार्य गर्दै आएको छ। नेपाल पनि सोयाबिन खतप गर्ने ठूलो देशमध्ये एक हो। नेपालमा हरेक वर्ष सोयाको खपत १२ देखि १४ प्रतिशत वृद्धि भइरहेको छ। स्वदेशी उत्पादनले मागको ४० देखि ४५ प्रतिशत आपूर्ति हुन्छ भने बाँकी अमेरिका, भारत र बंगलादेशबाट सोयाबिन आयात हुन्छ।
यूएस सोयासँग पाकिस्तानले सन् १९९६ देखि सहकार्य गरिरहेको छ। सन् २०२२ मा कुल सोयाबिन आयात १.१४५ बिलियन डलर पुगेको थियो। अक्टोबर २०२२ मा जीएम सोयाबिन प्रतिबन्धले पोल्ट्री र सम्बन्धित उद्योगलाई गम्भीर असर परेको छ। पाकिस्तानमा पोल्ट्री उद्योगको संख्या ४० प्रतिशतले घटेको छ।
युएस सोयाले श्रीलंकासँग सन् २००८ देखि सहकार्य गरिरहेको छ। श्रीलंका अमेरिकी सोया खपतको ठूलो बजार हो। त्यहाँ पशुधन क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा १ प्रतिशत योगदान पुर्याएको छ। जसमा पोल्ट्री क्षेत्रको हिस्सा धेरै छ। श्रीलंकामा बार्षिक २ लाख २० हजार टल सोयाबिनको माग छ।
युएस सोया काउन्सिलले पौष्टिक प्रोटिनमा पुहँच पुर्याउन बेला बेला सचेतना अभियान सञ्चालन गर्छ।
यूएस सोयाबिन एक्स्पोर्ट काउन्सिल हो। उनीको उद्देश्यले अमेरिकाको सोयाविन बिक्री होस्, यो किसानबाट प्रर्वद्धित संस्था हो। हरेक किसानले उक्त संस्थालाई योगदान गरेका हुन्छन्। अमेरिकी सरकारको पनि योगदान छ। विश्वभर प्रोटिनको खपत बढाउन र सोयाबिनको खपत बढाउन यो मेला आयोजना हुन थालेको हो।
यूएस सोया एक्स्पोर्ट काउन्सिलले विश्वभर यस्ताखाले कार्यक्रम गरिरहेको हुन्छ। सम्मेलनमा सेलर र बायर्सबीच मिटिङ हुन्छ। अमेरिकाले आफ्ना उत्पादन प्रवद्र्धन गरिरहेको हुन्छ।
सोयाबिन क्रसिङका बारेमा दुवईमा जानकारी गराइन्छ। सेमिनारमा कुन देशमा उत्पादित सोयाबिनको गुणस्तर कस्तो छ, कति खपत छ भन्ने तथ्यांक समेत प्रस्तुत हुन्छ। नेपाली व्यवसायी पनि उक्त कार्यक्रममा प्यानलिस्टको रुपमा सहभागी हुँदै छन्।