काठमाडौं। स्थापनाको निकै छोटो समयमै ठूलो फड्को मारेको ग्लोबल आइएमई बैंक अहिले ‘नम्बर वान बैंक’ बनेको छ। गत वर्ष बैंक अफ काठमाण्डू (बीओके) लाई गाभेर एकीकृत कारोबार शुरु गरेसँगै ग्लोबल आइएमई बैंक पूँजी, निक्षेप, कर्जा, शाखा सञ्जाल लगायतका आधारमा देशकै सबैभन्दा ठूलो बैंक बन्न पुगेको हो।
ग्लोबल आइएमई बैंक वित्तीय सूचकका आधारमा पनि सबै सूचकमा अब्बल रहेको छ। मुलुकका सबै क्षेत्रमा सबै नागरिकलाई, सानोदेखि ठूलासम्म वित्तीय सेवा पु¥याउने गरी अघि बढिरहेको ग्लोबल आइएमई बैंकले मुलुकको वित्तीय क्षेत्रमा रचनात्मक र गुणात्मक परिवर्तन ल्याउने लक्ष्य लिएको छ।
ठूलो आकारको बैंक बनेसँगै ठूला पूर्वाधार निर्माणमा लगानी गर्न र यस्तो कठिनाई भोगिरहेका उद्योग व्यवसायीका लागि समेत यसले राहत दिएको छ। सबै क्षेत्र र समाजका ग्राहकहरुलाई उच्च स्तरको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै बैंकले आम जनमानसमा ‘सबैका लागि बैंक’ भन्ने दृष्टिकोण सहित बैंकिङ्ग सेवा प्रबाह गरिरहेको छ।
त्यसो त आकार र वित्तीय सूचांंकमा मात्र ठूलो देखिनु होइन ग्लोबल आइएमई बैंकले साँच्चै मुलुकको वित्तीय क्षेत्रमा समेत रचनात्मक र गुणात्मक परिवर्तन ल्याउनेगरी वृहत पुँजी वृद्धिको संकल्पसहित मर्जर नीतिलाई प्राथमिकता दिँदै आएको छ। जसका कारण हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्था ग्लोबल आइएमई बैंकमा समाहित भइसकेका छन् भने उपयुक्र्त मर्जर नीतिले छोटो समयमा नै बैंक देशकै ठूलो र अब्बल बैंक बन्न सफल भएको छ।
यस्तो छ बैंकको वित्तीय स्थिति
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ग्लोबल आइएमई बैंकको नाफा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ पुगेको छ। जुन गत आवको अवधिमा बैंकको नाफा १ अर्ब १८ करोड ९५ लाख ४५ हजार रुपैयाँ थियो।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको ब्यवसाय विस्तार, ब्याज आम्दानी, सञ्चालन खर्च र खुद शुल्क तथा कसिसन आम्दानी वृद्धी भएको छ। साथै, सम्पूर्ण नागरिकलाई बैंकिङ्ग पँहुच पु¥याउन ग्लोबल आइएमई बैंकले ११०० भन्दा बढि देश तथा विदेशको सेवाकेन्द्रहरुबाट बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब २० करोड रुपैयाँ गरेको थियो। यस अवधिमा बैंकको संचालन आम्दानी पनि गत वर्षको तुलनमा ७८ करोड रुपैयाँले बढेको छ। गत वर्षको यस अवधिमा बैंकले ३ अर्ब १४ करोड संचालन आम्दानी गरेकोमा चालु आर्थिक वर्षको समीक्षा अवधिमा ३ अर्ब ९ अर्ब ९२ करोड रुपैयाँ गरेको छ।
असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३२ करोड ३३ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा ९ रुपैयाँ ९६ पैसा रहेको छ। ३५ अर्ब ७७ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ४३ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप ३.९१ प्रतिशत बढेको छ भने कर्जा ०.२७ प्रतिशत बढेको छ।
सबैभन्दा धेरै कर तिर्ने बैंक
ग्लोबल आईएमई बैंकले नेपालको बैंकिङ इतिहासमै सबैभन्दा धेरै कर तिर्ने बैंक बनेर गत वर्ष इतिहास रचेको छ। बैंकले आर्थिक वर्ष २०७८÷७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरि नेपाल सरकारबाट सबै भन्दा बढि कर दाखिला गर्नेमा सम्मानित भईसकेको छ। ग्लोबल आइएमई कुल पुँजी तथा चुक्ता पुँजीका आधारमा नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ।
सबैका लागि बैंक भन्ने नारालाई आत्मसात गरेको यो बैंकले स्थापनाको छोटो समयमै आफूलाई एक उत्कृष्ट, सबल र विश्वसनीय बैंकको रुपमा स्थापित गरिसकेको छ। हाल बैंकको कुल पुँजी ५८ अर्ब ६८ करोड रुपैयाँ छ भने चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्षमा सात अर्ब २५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।
हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा ३ सय ५१ शाखा, ३ सय ७६ एटिएम, ३ सय २२ शाखारहित बैंकिङ इकाइ, ६४ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै बेलायतको लन्डन, भारतको न्यूँदिल्ली र अस्ट्रेलियाको सिड्नीमा गरी तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत समेत बैंकिङ सेवा दिइरहेको छ।
बैंकको १२ वर्षे लाभांश इतिहास
चुक्ता पुँजीको आधारमा सबैभन्दा अब्बल बनेको यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गरेको छ। बैंकले यस वर्ष १ प्रतिशत बोनस र कर प्रयोजनका लागि ८ प्रतिशत नगद लाभांश दिने भएको छ। बैंकले १२ वर्षको अवधिमा सबैभन्दा धेरै लाभांश आर्थिक वर्ष २०७५÷७६ मा बाँडेको थियो।
सो वर्ष बैंकले आफ्ना लगानीकर्तालाई २५.५० प्रतिशत लाभांश बाँडेको थियो। हरेक वर्ष बोनस शेयरमा जोड दिदै आएको बैंकले सोही वर्ष सबैभन्दा धेरै नगद लाभांश पनि वितरण गरेको थियो। आर्थिक वर्ष २०७५÷७६ मा बैंकले १२.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १२.७५ प्रतिशत नै नगद लाभांश वितरण गरेको थियो।
बैंकले हरेक आर्थिक वर्षमा शेयरधनीहरुलाई नगद लाभांश भन्दा बोनस शेयर धेरै दिँदै आएको छ। यस्तै, बैंकले आर्थिक वर्ष २०६८÷७९ मा बोनस र नगद गरी १३ प्रतिशत लाभांश वितरण गरेको थियो। बैंकले यस वर्ष ३ प्रतितश बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश दिएको थियो।
त्यसैगरी आव २०६९÷७० मा बैंकले लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो भने आ.व. २०७०÷७१ मा पनि आफ्ना लगानीकर्तालाई २५ प्रतिशत लाभांश वितरण गरेको थियो। यस आर्थिक वर्ष बैंकले २१ प्रतिशत बोनस र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो।
बैंकले आर्थिक वर्ष २०७१÷७२ मा लगानीकर्तालाई बोनस शेयरमात्र वितरण गरेको थियो। यस आर्थिक वर्षमा बैंकले आफ्ना लगानीकर्तालाई २३ प्रतिशत लाभांश वितरण गरेको थियो। आव २०७२÷७३ मा बैंकले १६ प्रतिशत बोनस शेयर मात्रै दिएको थियो।
बैंकले आर्थिक वर्ष २०७३÷७४ मा लगानीकर्तालाई नगद र बोनस गरी २० प्रतिशत लाभांश वितरण गरेको थियो। यस वर्ष बैंकले १० प्रतिशत बोनस र कर प्रयोजनका लागि १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो। बैंकले आर्थिक वर्ष २०७४÷७५ मा पनि लगानीकर्तालाई १६ प्रतिशतको दरले लाभांश वितरण गरेको छ। आर्थिक वर्ष २०७६÷७७ मा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित २ प्रतिशत नगद लाभांश वितरण गरेको हो।
बैंकले आर्थिक वर्ष २०७७÷७८ मा लगानीकर्तालाई १३.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस वर्ष बैंकले आफ्ना लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, कर प्रयोजनसहित ३.५० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो।
त्यसैगरी बैैंकले आव २०७८÷७९ मा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १०.६ प्रतिशत नगद गरी कुल १३.६ प्रतिशत लाभांश दिएको थियो।
ग्लोबल आईएमई बैंकको उदय
२०६३ सालमा १८ औं वाणिज्य बैंकको रुपमा स्थापित ग्लोबल आइएमई बैंक १ अर्ब ५० करोड चुक्ता पूँजीसहित स्थापना भएको थियो। यो बैंकको स्थापनासँगै नेपालमा बैंकहरुको स्थापनाको लहर नै चलेको थियो। २१ वटा बैंक तथा वित्तीय संस्थासँग गाभिएर बनेको अहिले सबैभन्दा ठूलो बैंक बनेको छ। यो बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु भएको थियो। ग्लोबल आइएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रुपमा हेर्ने गरिन्छ।
बैंकले उक्त समयमा आइएमई फाइनान्सिएल इन्स्ट्यिुटलाई मर्ज गरेको थियो। यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो। उक्त समयमै लर्डबुद्ध फाइनान्सलाई पनि गाभेको थियो। तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आइएमई रहेर एकीकृत कारोबार भएको थियो।
त्यसपछि सोसल डेभलपमेन्ट बैंकलाई गाभेको बैंकले यतिमै सीमित रहेन। सोही समयमा गुल्मी विकास बैंक पनि गाभियो। त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई गाभेर सन् २०१६ मा दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो। ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीन वटा विकास बैंक मर्ज भइसकेका थिए।
त्यसपछि हाथवे फाइनान्स पनि ग्लोबल आइएमई बैंकसँग गाभियो। त्यसपछि अर्कोे वाणिज्य बैंक जनता बैंकसँग मर्जर भयो। नेपालको बैंकिङ इतिहासमा यस मर्जरलाई सबैभन्दा ठूलो र सफल मर्जरका रुपमा हेर्ने गरिन्छ। जनता बैंक र ग्लोबल आइएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए।
त्यसपछि बैंक अफ काठमाण्डूलाई गाभेपछि नेपालकै नम्बर वान बैंक बनेको छ। मर्जरलाई नै सफल रुपमा व्यवस्थापन गरेका कारण आज अब्बल बैंकका रुपमा ग्लोबल आइएमई बैंक चिनिन थालेको हो। यस कारण पनि ग्लोबल आइएमई बैंकलाई मर्जर नीतिमा सफल र रोल मोडल बैंकको रुपमा मान्न सकिन्छ।