काठमाडौं। आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बिहीबारको तुलनामा ६ प्रतिशतले बढेपछि कारोबार बन्द भएको छ।
पहिलो पाँच मिनेटमै चार प्रतिशत बढेर २० मिनेटलाई रोकिएको कारोबार लगत्तै खुलेर थप एक प्रतिशत बढेपछि ४० मिनेटका लागि स्थगित भएको थियो। तर, तेस्रो पटक ६ प्रतिशत अर्थात् १११=२ प्रतिशतले बढेर बजार सूचक १९६३=९८ अंकमा कायम भएको छ।
यो पनि पढ्नुस्। नेप्से परिसूचकमा दोस्रो सर्किट लागेर कारोबार बन्द, ४० मिनेटपछि खुल्ने
नेप्सेले कारोबार स्थगित गरेको सूचना जारी गर्दै आइतबारका लागि १२ बजोर ९ मिनेटबाट २ सय ४० मिनेट -चार घण्टा_ रोक्का रहने जनाएको छ। त्यो भनेको आइतबारको कारोबार नहुने भनिएको हो। किनेभने बजार ३ बजेसम्म मात्रै खुल्ने व्यवस्था छ।
आइतबार १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। आइतबार कालिका लघुवित्त वित्तीय संस्था र उन्नती लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सामान्य घटेको देखि बाहेक कारोबार भएका २ सय २७ कम्पनीको सेयरमूल्य बढेको छ।
पाँच कम्पनीको सेयरमूल्यमा सकरात्मक सर्किट लाग्दा ३० कम्पनीको सेयरमूल्य नौ प्रतिशत भन्दा बढीले बढेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको सकरात्मक समिक्षा गरेपछि आइतबारको नेप्सेमा त्यसको प्रभाव देखिएको छ।
यो पनि पढ्नुस्। मौद्रिक नीति समीक्षाको सकारात्मक प्रभाव, सेयर बजारमा सर्किट
शुक्रबार मात्रै राष्ट्र बैंकले व्याजदर घटाउनेगरी र सेयर धितोकर्जा तथा घरजग्गा धितो कर्जाको जोखिम भारलाई घटाएर चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा गरेको थियो। लामो समयदेखि निरन्तर १८ सय वरीपरी केन्द्रित भएको नेप्से सूचक आइतबार एकाएक उछाल आएको हो।