काठमाडौं। सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएल सेक्यूरिटिज संचालनमा आएको छ। धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ७ उपनियम १ मा प्रचलित कानून बमोजिम स्थापना भएको बैंक वा बित्तीय संस्थाले आप्mनो शतप्रतिशत स्वामित्व भएको सहायक कम्पनी मार्फत धितोपत्र दलालको रुपमा कार्य गर्न सक्ने व्यवस्था अनुरुप सिटिजन्सले सिबिआईएल सेक्यूरिटिज संचालन गरेको हो।
सिबिआईएल सेक्यूरिटिजको उद्धघाटन गर्दै सिटिजन्स बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले धितोपत्र बजारमा आफनो छुट्टै पहिचान बनाउने बताए। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था भएको र आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधाहरु ग्राहकहरु माझ ल्याउने गरि थप संस्थाहरुको स्थापना गर्न सकिने बताए।
यो संस्था बैंकको आफ्नै कुपन्डोल स्थित भवनबाट संचालनमा ल्याइएको छ। धितोपत्र बजारमा एक विश्वसनीय धितोपत्र दलालको रुपमा स्थापित हुने उद्देश्यले स्थापित यो कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र यसको प्रधान कार्यालय, कुपण्डोल, ललितपुरमा रहेको छ।
कम्पनीले आफना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवा लगायत डिम्याट खाता तथा केन्द्रीयकृत प्थ्ऋ खोल्ने सेवा समेत प्रदान गरिने व्यवस्था गरिएको छ। यसको साथै यस कम्पनी सिटिजन्स बैंक लिमिटेडको कुपण्डोल शाखा भवनमा रहेको हुंदा ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जा समेत एकै भवनवाट सेवा प्राप्त गर्न सक्नेछ। यस कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशहरुमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ।
सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको यो पहिलो संस्था हो। यस अघि बैंकले आफ्नो प्रमुख लगानीमा सिटिजन्स क्यापिटल लिमिटेड पनि स्थापना गरि संचालनमा ल्याएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ।