काठमाडौं। ललितपुर इमाडोलमा सिटिजन्स बैंकको १९०औं शाखा सञ्चालनमा आएको छ। डेढ दशकदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्याउदै आएको बैंकले इमाडोलमा शाखा विस्तार गरेको हो।
योसँगै काठमाडौं उपत्यकाभित्र बैंकको ३८ शाखा र बागमती प्रदेशमा ५२ शाखा सञ्चालनमा छन्। नयाँ शाखा सञ्चालनको अवसरमा उक्त शाखामा खाता खोल्दा डेबिट कार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिने छ।
साथै, लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २ सय ५५ र लकर शुल्कमा ५ सय ५ रूपैयाँ छुट उपलब्ध छ। यी सुविधा हालसालै खुलेको टेकु शाखामा पनि उपलब्ध छ।
इमाडोलमा मंगलबार आयोजित एक कार्यक्रममा बैंक सञ्चालन समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखा उद्घाटन गरे। कार्यक्रममा अध्यक्ष पाण्डेले प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झाैता नगरी ग्राहक सेवामा विशेष ध्यान पुर्याउने दृढता व्यक्त गरे।
कार्यक्रममा बैंक सञ्चालन समिति सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो। उक्त शाखा उद्घाटनमा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो।
सुविधा सम्पन्न यस शाखामार्फत लकर सेवा, एटिएम सेवालगायत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ।
सिटिजन्स बैंकले देशैभरि फैलिएका आफ्ना १ सय ९० शाखा, १ सय ५० एटिएम र ९७ शाखारहित इकाइबाट १६ लाख ७९ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा दिँदै आएको छ।