काठमाडौं। फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल सिट्रोन ई–सी थ्रीलाई केही समय अगाडि नेपालमा ल्याएको थियो।
अहिले नेपाली बजारमा हाइ रेन्जदेखि लो रेन्जसम्मका इलेक्ट्रिक गाडी पर्याप्त उपलब्ध छन्। यस्तो अवस्थामा सिट्रोन ई–सी थ्री मिड रेन्ज कम्प्याक्ट एसयुभीको पर्फेक्ट विकल्प बनेर नेपाली बजार आएको छ।
सिट्रोन ई–सी थ्रीको आगमनसँगै नेपाली अटोमोटिभ क्षेत्रमा एक किसिमको तरङ्ग आएको छ। सिट्रोन ई–सी थ्रीले यसै वर्ष न्युयोर्कमा आयोजित न्युयोर्क अटो शोको १९औं वर्ल्ड कार अवार्ड समारोहमा वर्ल्ड अर्बन कार अफ द इयर २०२३ जित्न सफल भएको थियो।
२९.२ किलोवाट क्षमताको ब्याट्री भएको यस सिट्रोन ई–सी थ्री पूर्णरूपमा डिसी फास्ट चार्जिङ प्रदान गर्ने यस सेगमेन्टकै पहिलो गाडी हो।
रिजेनेरेटिभ ब्रेकिङको साथ आउने यस विद्युतीय गाडीमा हरेकपटक ब्रेक लगाउँदा अटोमेटिकल्ली चार्ज हुन्छ। त्यसैगरी फुल्ली अटोमेटिक ड्राइभ फिचर भएको यस सिट्रोन ई–सी थ्रीमा ई–टगल र अटोमेटिक गियरबक्स पनि उपलब्ध छ।
विद्युतीय गाडी किन्दा हाम्रो दिमागमा सबैभन्दा पहिला आउने प्रश्न भनेको यसले दिने रेन्ज हो। यो प्रश्नलाई सिट्रोन ई–सी थ्रीले चित्त बुझ्ने गरी सम्बोधन गरेको छ।
कम्पनीका अनुसार गाडीले सिंगल चार्जमा ३ सय २० किलोमिटरको (एमआइडिसि साइकलअनुसार) रेन्ज दिन्छ भने ब्याट्री पनि जम्मा ५६ मिनेटमा नै शून्यदेखि ८० प्रतिशतसम्म चार्ज हुन्छ।
सुरक्षाको मामिलामा पनि सिट्रोन ई–सी थ्रीमा केही कमी नरहेको कम्पनीको दाबी छ। एबिएस, इएसपी र मल्टिपल एयरब्यागहरूसहित उपलब्ध यस आकर्षक गाडी वास्तवमा नै डिजाइन, सेफ्टी र रेन्ज सबै कुरामा अगाडि छ। क्याबिन र सिटहरू पनि फराकिलो र आरामदायक रहेको यस सिट्रोन ई–सी थ्रीमा २६ सेन्टिमिटरको सिट्रोन कनेक्ट टचस्क्रिन डिस्प्ले, वायरलेस स्क्रिन मिररिङ र सिमलेस स्मार्टफोन कनेक्टिभिटी पनि उपलब्ध छ।
वारेन्टीको कुरा गर्नुपर्दा गाडीमा ३ वर्ष अथवा १ लाख २५ हजार किलोमिटरको वारेन्टी दिइएको छ भने ब्याट्रीमा ७ वर्ष अथवा १ लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिएको छ।
त्यसैगरी मोटरमा भने ५ वर्ष अथवा १ लाख किलोमिटरको वारेन्टी रहेको छ। साथमा १ लाख किलोमिटरको दुरीसम्म भने गाडीको नै वारेन्टी कम्पनीले प्रदान गर्दछ।
आजभोलि अधिकांश ग्राहकहरू इलेक्ट्रिक गाडीतर्फ आकर्षित हुँदै गएको अवस्था छ। यसले वातावरण र देशको दिगोपनाप्रतिको प्रतिबद्धतालाई नयाँ उचाइ दिएको छ।
कम्पनीका अनुसार दिगोपना, पर्फर्मेन्स र कम्फर्टको सही फ्युजन प्रदान गर्दै सिट्रोनले दिगोपनाप्रतिको प्रतिबद्धतामा प्रतिनिधित्व गर्दै आइरहेको छ।