अर्थतन्त्र विस्तार र नेपाली जनताको समृद्धिको यात्रा राजनीतिक परिवर्तन भए झैं रातारात हुने विषय होइन। अझ प्रष्टरूपमा भन्ने हो भने नेपालको राजनीतिक क्रान्ति र जनआन्दोलन आजसम्म पनि नेपाली नागरिकको आर्थिक स्तर बढाउने मुद्दामा भएको छैन, आर्थिक विषयले महत्व पाएर राष्ट्रिय भावधारा निर्माण नै भएको छैन भनी भन्न सकिन्छ नेपालमा।
विश्व इतिहासमा समृद्धिको यात्रा समय र युुग परिवर्तन गरेको अभिलेख आमनागरिकवाट मात्र सम्भव भएको छ भनी नेपालमा बुुझ्ने र बुुझाउने काम हुन सकिरहेको छैन। जनसंख्याको शक्ति प्रदर्शनले राजनीतिक परिवर्तन सहजै हुन सक्छ भन्ने मनोविज्ञान जति गहिरो छ, नेपालमा त्यति नै गहिरो मनोविज्ञान देशको समृद्धिमा विदेशीको कृपा, दान, ऋण र अनुदानबाट मात्र हुुन्छ भन्ने पनि छ। यो मनोविज्ञान चिर्न र नेपाल आमनागरिकको मिहिनेत, परिश्रम र प्रयत्नबाट मात्र निर्माण हुन्छ भन्ने न्यारेटिभ निर्माण नगरी नेपाल बन्दैन। वास्तवमा केही अपवादबाहेक क्रान्ति र आन्दोलनको बुुई चढेर राष्टको आर्थिक निर्माण इतिहासमा विरलै भएको छ।
अर्थव्यवस्थामा विस्तार र परिवर्तन हल्ला गरेर आउँदैन। यो शान्त, शालीन र सभ्य बाटोबाट हिँडेर समय लिएर आउँछ। अमेरिकाको समृद्धि, चीनको महाशक्तिमा उदय, भारत उदाउँदो शक्ति भएर आएको उदाहरण यहाँ राख्न सकिन्छ। चीनमा तेङसाउ पिङ र भारतमा पिभी नरसिंह रावले शान्त किसिमले आर्थिक विस्तार र वृद्धि गरे। यसमा समय लाग्यो तर दिगो समृद्धितर्फको यात्रा आयो।
हामीले देखेको छौं, यी दुुई देशबाहेक पनि विश्वमा कैयन देश यसैगरी शान्त र हल्ला नगरी समृद्धशाली भएका छन्, भइरहेका छन्। जस्तो, अहिले भियतनाम, कम्बोडिया, अफ्रिकाका केही देश छन्। के कारण थियो यी देश आर्थिक वृद्धि गर्न सफल भए र यिनलाई कसले सफल बनायो? अझ भन्ने हो भने असम्भव झैं देखिन अर्बांैको जनसंख्या भएका यी दुुई देश आज किन विश्वमहाशक्ति हुने दिशामा छन्?
कुनै पनि आर्थिक परिवर्तन एकाएक र एकजनाबाट हुँदैन। एकपटक अमेरिकाको राष्ट्रिय भावधारा हेरौं आर्थिक क्षेत्रबाट। सन् १९४६ पछि जन्मेकालाई अमेरिकामा बेबी बुमर भनिन्छ। यिनै बेबी बुमरले अमेरिकाको उत्पादन, उपभोग र निवेश बढाएर अमेरिकालाई दिगो विकास दिए। केही हदसम्म युरोप र चीनको विकासमा पनि एउटा कालखण्डमा त्यस देशको उत्पादन र समग्र आर्थिक प्रक्रियाको राष्ट्रिय भावधारासँग जोडिएका युवाको ऊर्जाले अर्थतन्त्रमा चमत्कारिक परिवर्तन ल्याए।
राजनीतिको प्रकोप पर्याे अर्थनीतिमाथि
हाम्रा आर्थिक विकासका प्रयास ठिक गतिमा नहिँडेको वा सही दिशातर्फ अगाडि नबढ्नुुमा राजनीतिले अर्थनीतिलाई सधैं ओझलमा पार्नाले हो भनी भन्नुु गलत नहुन सक्छ। नेपालका तरूणहरूले राजनीतिक परिवर्तनका लागि बलिदान र संघर्ष गरेर गौरवशाली इतिहास निर्माण गरेका छन्, त्यो गौरवलाई आर्थिक समृद्धिमा रूपान्तरण गर्न सकेनन्।
राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तनका सपनाहरू सँगै आउँछन भन्ने मान्यता छ, तर नेपालमा त्यसो हुन सकेन। नेपालमा शासक र प्रशासकहरू माथि दबाब लामो समयसम्म आर्थिक समृद्धिका लागि पर्न सकेन। २०४६ सालको परिवर्तनपछि बेबी बुमरहरू नेपालमा जन्मेका हुन्। तिनले आधुनिक विचार, विवेकशील सोच, प्रविधि, ज्ञान र सीपबाट सक्षम भएर यो मुलुकको कायापलट गर्न सक्थे। तर, तिनले यो देशलाई योगदान गर्नुअघि नै अर्थात आर्थिक राष्ट्रिय भावधारा मेची–महाकालीमा प्रवाह गर्नुुअघि नै ती देशबाट पलायन भए, नेपाल छाड्न बाध्य भए।
विश्वबजारसँग जोडिने र प्रविधिमा केही सुधारका प्रयास भए पनि त्यसले निरन्तरता पाउन सकेन। यो देशको कार्यशील जनसंख्या अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत युरोपका कैयन देशमा बसाइ सर्न बाध्य भयो। त्यस्तै पाखुुरा भएका गरिब, निम्नवर्गकाहरू मलेसिया र मध्यपूर्वको तातोमा आर्थिक जोहो गर्न पुुगे। जुन समय युवा कार्यशील जनसंख्या यो देश रूपान्तरणको पहिया हुनसक्थो, ठिक त्यही कालखण्डमा यहाँका युवा गाउँघर र सहर रित्त्याएर विदेशिन बाध्य भए।
शासक र प्रशासकहरू ती युवाले पठाएको विदेशी रकम हिसाब किताब गरेर रमाए। विदेशिएका युवा परिवारका आफन्तहरू सामाजिक र आर्थिक प्रतिष्ठा बढ्यो भनेर फुरूङ्ग भए। यो त्यही समय थियो, जब नेपालको उत्पादनशील क्षेत्र ध्वस्त हुुँदै थियो भने सामाजिक, सांस्कृतिक र पारिवारिक क्षेत्रमा विघटन र व्यापक विचलनले जरा गाड्दै थियो। अमेरिका, चीन र युरोप त्यहाँ प्रष्फुटन भएको कार्यशील युवाको ऊर्जाले सम्पन्न र समृद्ध भए, भारत हुुने बाटोमा छ। नेपाल यहीँ चुक्यो, चुुक्दैछ। हामी जहाँबाट चुक्यौं, त्यहीँबाट सुधार नगरे अबको चार दशकपछि अहिले उपलब्ध जनसांख्यिक लाभ हामीसँग रहने छैन।। हाम्रो देश पनि कार्यशील युवाहरूको देश होइन, राज्यको दायित्व भएको वृद्धहरूको देश हुनेछ।
त्यो त्रासदी काल
एकपटक फर्केर हेरौं त हामी कहाँ चुक्यौं भनेर। उदाहरणका लागि सन् १९९० मा जन्मेको बच्चा आज तीन दशक पार गरेको युवा छ। उसले के देख्यो नेपालमा? उसले प्रजातन्त्रवादी देख्यो, साम्यवादी र समाजवादी देख्यो। माओवादीको हिंसाले उसको बालमनमा डर प्रवेश गर्याे। शासक र प्रशासकको कुशासन देख्यो। परिवारवाद आफन्तहरूको रजाइँ देख्यो सत्ता र शक्तिमा। १८ घन्टाको लोडसेडिड. देख्यो। भूकम्पको त्रासदी देख्यो। विदेशी सहयोग र अनुदान सधैं सुन्यो, परिणाम कमै देख्यो।
कोरोनाको त्रासदी देख्यो अनि लाखौं गरिब मजदुरहरू पैदल सडकमा आफ्नो घरतर्फ हिँडेको देख्यो। उसले केही देखेन भने राज्यको संवेदनशीलता नागरिकप्रति देखेन। मेलम्चीको पानी आउँछ भन्ने सुुनेर ऊ जवान भयो। अझै नआएको सुन्यो, देख्यो र भोग्यो। जुन नेता ऊ जन्मिँदा प्रधानमन्त्री थियो र ऊ युवाकालमा विदेशिन बाध्य भयो। तर, आज पनि त्यही नेता प्रधानमन्त्री छ वा विकल्पमा बसेको छ। हामी यसरी आर्थिक विस्तार वृद्धि गर्न भरोसा र विश्वास सिर्जना गर्न असफल भयौं। हामी यहाँ चुक्यौं। हामी हाम्रो आचार, विचार र बोलीमा मात्र चुकेनौ, हाम्रो सत्ता निर्माणमा नयाँको प्रवेश गराएर फ्रेस राजनीतिक अक्सिजन निर्माण गर्न पनि चुक्याैं।
विश्वबजारसँग जोडिने र प्रविधिमा केही सुधारका प्रयास भए पनि त्यसले निरन्तरता पाउन सकेन। यो देशको कार्यशील जनसंख्या अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत युरोपका कैयन देशमा बसाइ सर्न बाध्य भयो। त्यस्तै पाखुुरा भएका गरिब, निम्नवर्गकाहरू मलेसिया र मध्यपूर्वको तातोमा आर्थिक जोहो गर्न पुुगे। जुन समय युवा कार्यशील जनसंख्या यो देश रूपान्तरणको पहिया हुनसक्थो, ठिक त्यही कालखण्डमा यहाँका युवा गाउँघर र सहर रित्त्याएर विदेशिन बाध्य भए।
तसर्थ, आमनेपाली गरिब छन् र हाम्रो देशको पहिचान गरिब राष्ट्रका रूपमा चिनिन्छ विश्वभरि। यिनै आलोकमा नेपालको विकासलाई प्रभाव पार्ने तत्वहरूबारे अनेक कोणबाट विज्ञ विशेषज्ञ र राजनीतिकर्मीहरूले आ–आफ्नो धारणा प्रस्तुत गर्ने गरेका छन्।
योजनाबद्ध विकासको सात दशक लामो प्रयासपछि पनि सीमित सामाजिक पूर्वाधार विकासमा प्राप्त भएका उपलब्धीहरूमा हामी गौरव गर्न सक्छौं। निसन्देह यी गौरव गर्ने खालका छन्, दक्षिण एसियामा अन्य देशको तुलना गर्दा। हाम्रा विभिन्न विकास प्रयासहरूले तय गरेका नीति, रणनीति, कार्यनीति र कार्यक्रमहरू कागजमा प्रभावशाली देखिए पनि कार्यान्वयन तहमा जाँदा समयमा सम्पन्न भएर उपलब्धीमूलक हुन नसकेका आमगुनासा नागरिक तहमा छ।
प्रश्न उठ्छ, आर्थिक क्षेत्रको विकास र विस्तार हुन्छ कसरी? नेपालमा हामी कहाँ चुकिरहेका छौं? मेरो जिज्ञाशा र सोच नेपालमा किन विकास भएन भन्ने कुरामा केही पृथक दृष्टिकोण छ। माथि मैले विकास भौतिक र सामाजिक पूर्वाधारमात्र होइन, विकास नागरिक फोकसतर्फ केन्द्रित हुनुपर्छ भन्ने आमबहस छ।
यस दृष्टिकोणबाट केही अनुुत्तरित प्रश्नलाई बहस र छलफलमा ल्याउनुपर्छ भन्ने मेरो मान्यता छ। प्रश्न हो विकास कसले गर्छ? र, विकासको पहिया के हो?
के राजनीतिक परिवर्तनले विकास गर्छ? के युुद्धपछिको शान्तिले आर्थिक विकास र विस्तार गर्छ? जस्तो, नेपालमा माओवादी द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याएपछि आमनागरिकमा अब नयाँ नेपाल समृद्ध नेपाल भन्ने भावना विस्तार भएको थियो। के भौतिक र सामाजिक पूूर्वाधार विकास नै आर्थिक विकास हो? के खाने हात धेरै र उत्पादन कमको अवस्थाले हाम्रो विकास प्रयास लामो समय अवरुद्ध भएको हो? यस्ता अनेक विषयमाथि बहस, छलफल र चिन्तन गर्न सकिन्छ आर्थिक समृद्धिका लागि।
आर्थिक समृद्धिका लागि माथिका कुराभन्दा पनि अनिवार्य सर्त हो मानिस। आममानिस जसले विकासको पहियालाई गति दिन्छ र कुनै पनि देशलाई समृद्धशाली, कल्याणकारी र समाजवादउन्मूख बनाउन सक्छ। के गर्छ आममानिसले र कसरी आर्थिक विकासको विस्तारलाई तेज गतिमा बढाउन सक्छ भनी नसोची नेपालको विकास सम्भव छैन। अर्थात, विकासको केन्द्रमा आममानिसको सामूहिक प्रयत्न, साझा सोच, साझा भावना र साझा दृष्टिकोण निर्माण गर्न सक्नुपर्छ। मेरो देशलाई म आर्थिकरूपले सक्षम बनाउन सक्छु भन्ने राष्ट्रिय भावधारा बगाएर अगाडि बढ्न सके एक दशकमा नेपालले कायापलट गर्छ भन्ने देखिन्छ।
प्रश्न उठ्छ, आर्थिक क्षेत्रको विकास र विस्तार हुन्छ कसरी? नेपालमा हामी कहाँ चुकिरहेका छौं? मेरो जिज्ञाशा र सोच नेपालमा किन विकास भएन भन्ने कुरामा केही पृथक दृष्टिकोण छ। माथि मैले विकास भौतिक र सामाजिक पूर्वाधारमात्र होइन, विकास नागरिक फोकसतर्फ केन्द्रित हुनुपर्छ भन्ने आमबहस छ।
एउटा समय थियो जब जनसंख्या वृद्धिलाई विकासको वाधक मानिन्थ्यो। क्लासिकल अर्थशास्त्री थोमस रोबर्ट मार्सलले यो सिद्धान्त प्रतिपादन गरे र भने जनसंख्या वृद्धि खाद्यान्न वृद्धिभन्दा डबल हुुुन्छ र त्यसलाई अकाल, युुद्ध र रोगले मात्र सन्तुलनमा ल्याउन सक्छ भनी। माल्थसको यही सिद्धान्तले जनसंख्यालाई लामो समयसम्म विकासको बाधक ठानियो। उत्पादनका आधुनिक प्रविधि र जनसंख्या नियन्त्रणका उपायहरूको उपलब्धता नहुँदासम्म माल्थसियन जनसंख्या सिद्धान्तलाई ठाडै नकार्न सक्ने स्थिति पनि थिएन। तर, समय र युगले कोल्टे फेरेको छ। आज युवा कर्मशील जनसंख्याको लाभ लिएर विकसित भएका राष्ट्रहरू जनसंख्याको कमीले छटपटिएका छन्। त्यतिमात्र होइन, आप्रवासनको पक्ष र विपक्षमा ती देशका राजनीतिक अजेन्डाको सेटिङ हुँदैछ।
अठारौं शताब्दीको उत्तराद्र्ध र उन्नाइसाैं शताब्दीको आधासम्म पनि जनसंख्यालाई विकासको बाधक भन्ने मान्यता थियो। अझ दक्षिण एसियामा अझै पनि कैयन देशमा विकासको बाधक जनसंख्याको वृद्धिदरलाई मानिन्छ।
तर, यहाँ बिर्सन नहुने कुरा के छ भने विश्वअर्थतन्त्र आमनागरिकको अर्थतन्त्र हो, त्यस्तैगरी नेपालको अर्थतन्त्रको विस्तार पनि आमनागरिकबाट मात्र सम्भव हुन्छ , यसैबाट मात्र समृद्धि प्रवेश गर्दा दिगो विकास हुन्छ भनी बुझिन्छ।
विकसित देशहरूमा तरुण जनशक्तिको कमी भएर बाहिरबाट तरूणहरूलाई आफ्नो देशमा ल्याएर अर्थतन्त्रलाई मजबुत बनाउँदै छन्, दिगो बनाउँदैछन् अहिले। यता नेपालले पनि गुमाउँदै गएको अर्थतन्त्रको विस्तारलाई बढाउन भएका युवाहरूलाई देशभित्र टिकाउन र उत्पादनशील बनाउन सक्दामात्र सम्भव हुने हो। जसरी विश्वमा तरुण र वृद्धहरूको जनसंख्या फेरिएको छ, नेपालमा पनि यो अवस्था आउनुअघि नै युवा जनसंख्याको लाभ लिन सक्नुपर्छ।
के यो सम्भव छ?
नेपालसँग केही सफलताका कथाहरू छन्, जसलाई अगाडि सारेर सर्वप्रथम देशप्रति आशा र भरोसा जगाउन सक्नुपर्छ। नेपाल आज लोडसेडिङमुक्त देश भएको छ। तर, पनि आर्थिक वृद्धि, संरचनागत सुधार, सेवा क्षेत्रको विस्तारमा खासै ध्यान पुर्याउन सकिएको छैन।
विगतमा लोडसेडिङका कारण धेरै ठूलो निराशा नेपालमा वितरण भएको थियो युवाहरूमा। यसले उत्पादनशील क्षेत्र पूरै प्रभावित भयो। लोडसेडिङ समाप्ति कथाजस्तो लाग्ने कुराको प्रचारप्रसार देशभित्र र बाहिर हुन सकेको छैन। अझ खासगरी भारत र चीनका लगानीकर्तालाई नेपालमा उद्योग खोल्न अझै अनेक बाधा छन्।
त्यस्तै नेपालको संविधानले महिलाको राजनीतिमा सहभागिता विश्वको विकसित देशको भन्दा पनि माथि राखेको छ। यो चानचुने उपलब्धि होइन। विश्वमै अनुकरणीय उदाहरण भएको छ नेपालमा महिला सहभागिताको। तर, पनि युरोप र अमेरिकामा नेपालको संविधानले प्रत्याभूति गरेको महिलाको राजनीतिक सहभागिताले तिनलाई आकर्षण गरेर महिला उद्यमी सिर्जना गर्ने काम हुन सकेको छैन। यसमा अवसर छ।
सामाजिक सुरक्षाको क्षेत्रमा सरकारले उठाएका कदमहरूबारे अन्तर्राष्ट्रिय मञ्च र नेपालका सबै क्षेत्रमा पनि सकारात्मक सन्देश प्रवाह हुन सकेको छैन। यो चानचुने उपलब्धि होइन। यसमा टेकेर अर्थतन्त्रको विस्तार र वृद्धि गर्न सकिन्छ। अबको उत्पादन, सेवा विस्तार कल्याणकारी राज्यअन्तर्गत पर्ने ज्येष्ठ नागरिक र सामाजिकरूपले संरक्षण गर्नुपर्ने समूहप्रति पनि लक्ष्यित हुनुपर्छ।
अर्थतन्त्रमा देखिएको संकट सामान्य प्रयत्नले उकास्न अब सम्भव देखिँदैन। यसका लागि राजनीतिक इच्छाशक्ति र राष्ट्रिय संकल्पको खाँचो छ। अस्थिर र अल्पज्ञानी राजनीतिकर्मीबाट आएको यो समस्या समाधान पनि राजनीतिक स्थिरता दिएर ज्ञानी र सक्षम नेतृत्वबाट मात्र सम्भव छ।
विगतमा लोडसेडिङका कारण धेरै ठूलो निराशा नेपालमा वितरण भएको थियो युवाहरूमा। यसले उत्पादनशील क्षेत्र पूरै प्रभावित भयो। लोडसेडिङ समाप्ति कथाजस्तो लाग्ने कुराको प्रचारप्रसार देशभित्र र बाहिर हुन सकेको छैन। अझ खासगरी भारत र चीनका लगानीकर्तालाई नेपालमा उद्योग खोल्न अझै अनेक बाधा छन्।
नेपाली समाजमा देखिएको नैतिक र सामाजिक विचलनलाई ठिक ट्र्याकमा ल्याउन नैतिक र आध्यात्मिक ज्ञानलाई आधुनिक शिक्षासँग समानान्तर अगाडि बढाउनुपर्ने खाँचो छ। नेपाली समाजको सांस्कृतिक पतन र विचलन नरोक्ने हो भने हाम्रो समाजले दिगो विकास दिन सम्भव छैन।
जनतासँग प्रत्यक्ष जोडिएको सरकार स्थानीय तह र प्रदेश हो। यिनमाथि केन्द्रले अझै पूर्णविश्वास गर्न नसकेको देखिन्छ। यसका कैयन कारण होलान्, तर जति चाँडो यी तीन तहको सरकारबीच समन्वय भएर विकासको रथ तल पुु¥याइन्छ, नेपालको समृद्धि त्यति चाँडो हुने हो। विकासको सोच साकार पार्न तलबाट र भुइँमान्छेबाट सुरू गर्नुपर्छ।
कोसी प्रदेश अपार सम्भावनाको द्वार
कोसी प्रदेश अपार सम्भावनाले भरिएको छ। भौगोलिक र जनसांख्यिक विविधताले यसलाई नेपालको मात्रै होइन, एसियाकै आकर्षक थलो बनाउन सकिन्छ। यहाँ जल, जमिन, जंगल, जनशक्ति र जगेडाको धनराशी निवेश गर्न सक्ने सामर्थ भएका उद्यमशील व्यापारी र उद्योगपति छन। यी सबैको सदुपयोग गरेर एकीकृत विकासको प्रयत्न गर्दा कोसी प्रदेशको आर्थिक वृद्धिलाई डबल डिजिटको गर्न सकिन्छ। प्रदेशमा आधारभूत भौतिक तथा आवश्यक जनसंख्याको स्थिति राम्रो छ। प्रदेशको ऐतिहासिक रेकर्ड पनि छ यसले उद्योग, व्यापार र राजनीतिमा अग्रणी भूमिका खेलेको। यो गुमेका साखलाई पुनस्र्थापित गर्न पनि कोसी प्रदेशमा ऊर्जावान युवाहरूलाई राज्य र आफूप्रति नै भरोसा र विश्वास दिलाउनुपरेको छ। यो कार्य चुनौतीले भरिएको छ, तर सम्भव छ।
अन्त्यमा,
नेपाल टेकअफको स्टेजमा छ आर्थिकरूपले। यहाँबाट पछाडि फर्किने ठाउँ छैन। राजनीतिक अस्थिरताबीच पनि आर्थिक समृद्धि प्राप्त गरेका कैयन देश छन्। तिनलाई पनि सम्झेर आर्थिक विकासका लागि आमनागरिकबीच चेतना विस्तार गरी सामूहिक प्रयत्न गर्दा नेपालको भविष्य र नेपालीको समृद्धिको यात्राको सपना साकार पार्न सकिन्छ। त्यस्तै कोसी प्रदेश कैयन कुरामा आत्मनिर्भर छ र यो अर्थतन्त्रको विस्तारका लागि टेकअफबाट माथि उठिसकेको अवस्थामा छ, तर पनि विकासको असन्तुलन यहाँ छ। यी सबै पक्ष मिहिनरूपमा केलाएर कोसी विकासको यात्रामा अगाडि बढ्दा हामीले अन्य प्रदेशलाई पनि केही उदाहरण प्रस्तुत गर्न सक्छौं, त्यस्तै अन्य प्रदेशबाट पनि हामी धेरै कुरा सिक्न सक्छौं।
(आचार्य कोसी प्रदेश योजना आयोगका उपाध्यक्ष हुन्।)