काठमाडौं। आगामी पुसबाट भारतमा मारुती सुजुकीका गाडीको मूल्य बढ्ने भएको छ। कम्पनीले सन् २०२४ जनावरी १ बाट गाडीको मूल्य बढाउने घोषणा गरेको हो।
वस्तुको मूल्य र लागत बढेका कारण मूल्य बढाउन लागिएको कम्पनीले जनाएको छ। कम्पनीले सबै मोडेलमा मूल्य बढाउन लागेको अनुमान गरिएको छ।
कम्पनीले पछिल्लोपटक गत अप्रिलमा गाडीको मूल्य बढाएको थियो। त्यसबेला ०.८ प्रतिशत मूल्य बढेको थियो।
भारतमा मूल्य बढेपछि त्यसको असर नेपालमा पनि पर्ने सुजुकीका लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पका सहायक महाप्रबन्धक करुण शाक्यले जानकारी दिए।
‘भारतमै मूल्य बढेपछि त्यसको प्रभाव त नेपालमा देखिन्छ नै। केही महिनापछि गाडी किन्ने सोच बनाएको भए अहिले नै किन्दा राम्रो,’ उनले भने।
कम्पनीमा अहिले स्टकमा रहेका गाडीलाई बढेको मूल्यले फरक नपारे पनि त्यो बेलासम्म स्टक सकिइसक्ने उनले जानकारी दिए।
यस्तो छ साविकको मूल्य
अल्टो – २४ लाख ४९ हजारदेखि २६ लाख ९९ हजार
वागनर – २९ लाख ९९ हजारदेखि ३३ लाख ४९ हजार
सेलेरियो – २९ लाख ९९ हजारदेखि ३३ लाख ४९ हजार
डिजायर भिएक्सआई – ३९ लाख ९९ हजार
स्विफ्ट – ३५ लाख ४९ हजारदेखि ३७ हजार ९९ हजार
जिम्नी – ५९ लाख ९९ हजारदेखि ७० हजार २९ हजार
फ्रोङ्क्स – ३९ लाख ९९ हजारदेखि ४२ लाख ९९ हजार
ग्रान्ड भिटारा स्मार्ट हाइब्रिड – ५७ लाख ९९ हजारदेखि ९७ लाख २९ हजार
ब्रेजा – ४४ लाख ९९ लाखदेखि ६४ लाख २९ हजार
इको कार्गो – १८ लाख ४९ हजार
ई–इको ५ सिटर एसी – ३१ लाख ४९ हजार
ई–इको ७ सिटर एसटिडी – ३० लाख ७९ हजार
इग्निस – ३६ लाख ९९ हजारदेखि ४१ लाख ९९ हजार
बलेनो – ४० लाख ९९ हजारदेखि ४४ लाख ४९ हजार
आर्टिगा – ४७ लाख ४९ हजारदेखि ५२ लाख ४९ हजार