काठमाडौं। प्रभु क्यापिट लिमिटेडले एन्ट फाउन्डेसनलाई आर्थिक सहयोग गर्ने भएको छ। प्रभु र एन्ट फाउन्डेसनसनबीच एकआपसमा सहकार्य गर्ने सम्झौता भएको छ।
नोभेम्बर २८ मा एन्टको ‘नो सेभ नोभेम्बर –फ्यासन फर कज’ क्यान्सर सम्बन्धी चेतनामुलक कार्यक्रममा आफ्नो ऐक्यबद्घता जनाउँदै फाउन्डेसनलाई सामाजिक उत्तरदायित्व कोषमार्फत आर्थिक सहयोग गर्न लागेको क्यापिटलले जनाएको छ।
प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आशिष गौचन र एन्ट फाउन्डेसनका फाउन्डर प्रशान्त ताम्राकारले समझौतापत्रमा हस्ताक्षर गरेका थिए।
सम्झौतामा प्रभु क्यापिटलले ‘प्रभु ऐश्वर्या योजना’ मा आबद्व हुने महिलाहरूबाट क्यापिटललाई प्राप्त भएको पहिलो वर्षको वार्षिक सेवा शुल्कबाट ५० प्रतिशत सेवा शुल्क बराबरको रकमका साथ सो योजनाबाट प्राप्त हुने नाफाबाट २० प्रतिशत बराबरको रकम फाउन्डेसनलाई महिला सशक्तिकरण तथा महिलामा हुने स्तन क्यान्सर सम्बन्धी सचेतनामूलक कार्यक्रमका लागि सामाजिक सुरक्षा दायित्वअन्र्तगत प्रभु क्यापिटलले सहयोग गर्ने जनाएको छ।
महिलाहरुलाई केन्द्रित गरी सञ्चालित यो लगानी व्यवस्थापन सेवामा महिला ग्राहकहरुले न्यूनतम ३ लाख रुपैयाँबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन्।
‘प्रभु ऐश्वर्या योजना’ ‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणा लिई प्रभुले योजना सञ्चालनमा ल्याएको प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले बताए।
‘यो ‘प्रभु ऐश्वर्या योजना’ तथा एन्ट फाउन्डेसन दुबैले महिलाहरुको आर्थिक तथा वित्तीय स्वतन्त्रतामा समेत केन्द्रीत रही कार्यक्रम गर्ने हुँदा दुबै संस्थाको उद्धेश्यमा एकरुपता देखिएकाले यो सम्झौता गरेका हौं,’ उनले भने।
प्रभु क्यापिटलले मर्चेन्ट सम्बन्धी सेवाका साथै साथै आफ्ना सेवा तथा प्रोडक्टसँगै गाँसेर सामाजिक उत्तरदायित्वसमेत वहन गर्दै आईरहेको छ।
क्यापिटलले सिएसआर अन्र्तगत पूँजीबजारसँग सम्बन्धित सचेतना कार्यक्रम तथा तालिम पनि प्रदान गर्छ।
प्रभु क्यापिटलले प्रदान गर्ने सेवाहरु मध्ये पिएमएस लगानी व्यवस्थापन सेवा, लगानी विविधिकरणको राम्रो विकल्प मानिन्छ।
कम्पनीले लगानी व्यवस्थापन सेवामा आवद्घ हुने ग्राहक तथा संस्थाहरुलाई विज्ञ परिचालन गरी ग्राहकको इन्भेस्मेन्ट फन्ड वा सञ्चालनमै रहेको पोर्टफोलियोलाई प्रभावकारी रुपमा पूँजी बजार तथा धितोपत्रको उपकरणमा लगानी गरी अधिकतम नाफा प्रदान गर्ने लक्ष्यका साथ सेवा दिने प्रभु क्यापिटलले जनाएको छ।