काठमाडौं। विद्युतीय गाडी नेटाको आधिकारिक बिक्रेता सिजी मोटर्सले एकसाथ तीनवटा शोरुम सञ्चालनमा ल्याएको छ। सिजी नेटाको भी, ११ सिटर सिजि केवाइसी भ्यान, १४ र १९ सिटर किङ्लोङ भ्यानको अधिकारिक बिक्रेता हो।
कम्पनीले बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढीमा ब्रम्हा मोटर्सले डिलरशिप पाएर शोरुम सञ्चालनमा ल्याएका हुन्।
शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै सञ्चालनमा ल्याउने तयारी भएको कम्पनीले जनाएको छ।
सिजी मोटर्सले बिक्री गर्ने नेटा भी हाल इभी पारखीहरुमाझ लोकप्रिय रहेको कम्पनीको दावी छ। मुख्यतया यसको मूल्य तथा दिने सुविधाहरु तथा ३ सय ८० किलोमिटरको रेन्जले गर्दा नेटा भी ग्राहकहरुको पहिलो रोजाइको रुपमा स्थापित भएको कम्पनीले जनाएको छ।
१ सय ७० मिलिमिटरको ग्रोउन्ड क्लेयरेन्स भएको नेटा भि मा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटरको वारेण्टी रहेको छ।
नेपालको सर्वाधिक बिक्री हुने इभी भ्यान सिजी केवाइसी तथा किङ्लोङ सहज तथा सुलभ किस्तामा पाउन सकिने कम्पनीले जनाएको छ। कम्पनीले यसअघि काठमाडौंको नक्साल र पोखराका शोरुममार्फत बिक्री गर्दै आइरहेको छ।
कम्पनीले केही समयभित्रै विराटनगर, लाहान, हेटौंडा, भक्तपुर, चितवन, बुटवल, कोहलपुरमा विस्तारित नयाँ शोरुमसहित सर्भिसको सुविधा उपलब्ध गराउने जानकारी दिएको छ।
कम्पनीले हाल नेपालभर ५० भन्दा धेरै चार्जिङ सेवा दिदै आइरहेको छ। थप ५० ठाउँमा चार्जिङ सुविधा उपलब्ध गराउने भएको छ।