एजेन्सी। हवाईजहाजमा प्रयोग हुने ठूला आकारका इन्जिन बनाउने कम्पनी थोरै संख्यामा छन्। तीमध्ये सबैभन्दा ठूला कम्पनीमा जिई एरोस्पेस, रोल्स रोयस र प्राट एन्ड ह्विट्नी बजारका प्रमुख खेलाडी हुन्।
जिईले आफूलाई सबैभन्दा शक्तिशाली व्यावसायिक इन्जिनको शीर्ष स्थानमा राखेको छ। जबकि, रोल्स रोयसले ३५ प्रकारका यात्रुवाहक जहाजलाई इन्जिन दिने गरेको छ।
प्राट एन्ड ह्विट्नी जेट ८ र जेट ९ इन्जिनका लागि परिचित छ। यसको क्रान्तिकारी गियर टर्बोफ्यान इन्जिनले ए२२० र ए३२० निओजस्ता लोकप्रिय जहाजलाई शक्ति दिन्छ।
सिएफएम इन्टरनेसनल, जिई एरोस्पेस र सफ्रन एयरक्राफ्ट इन्जिनबीचको साझेदारी यसको सिएफएम ५६ शृङ्खलाका इन्जिनका लागि प्रसिद्ध छ। जसले ए३२० सिरिज फेमिलीका जहाजको महत्वपूर्ण भागलाई शक्ति दिन्छ। यसको ठूलो बजार हिस्सा छ। कम्पनीले अर्को पुस्ताको न्यारोबडी जेटका लागि सिएफएम एलइएपी इन्जिन पनि विकास गरिरहेको छ।
जेट इन्जिन अनुप्रयोगमा विविधताका कारण धेरै ठूला निर्माता बजारमा छन्। व्यावसायिक र सैन्य जहाजका इन्जिनबाहेक, जेट इन्जिन टेक्नोलोजी पनि औद्योगिक र समुद्री अनुप्रयोगमा विद्युत उत्पादनका लागि प्रयोग गरिन्छ। व्यावसायिक उड्डयनमा मुट्ठीभर निर्माताहरूले जेट इन्जिन बजारमा हावी छन्।
आफ्नै उत्पादनबाहेक केही निर्माताले एकअर्काको विशेषज्ञता र प्रविधिहरूबाट लाभ उठाउन विभिन्न इन्जिन कार्यक्रमहरूका वरिपरि साझेदारी बनाउँछन्। यो लेख पाँच शीर्ष व्यापारिक इन्जिन निर्माता कम्पनी र तिनीहरूका पोर्टफोलियोमा केन्द्रित छ।
जिइ एरोस्पेस
यो एक अमेरिकी कम्पनी हो। जुन संसारको सबैभन्दा ठूलो जेट इन्जिन निर्मातामध्ये पर्छ। कम्पनीले ठूला टर्बोफ्यान इन्जिन उत्पादनमा रोल्स रोयस र प्राट एन्ड ह्विट्नीसँग प्रतिस्पर्धा गर्छ। यसको व्यावसायिक इन्जिन उत्पादन लाइनको अतिरिक्त कम्पनीले स्याफ्रोन एयरक्राफ्ट इन्जिन सिएफएम र पिएमडब्लुजस्ता अन्य इन्जिन दिग्गजसँग पनि साझेदारी गर्दछ।
ओहायोको इभेन्डलमा मुख्यालय रहेको कम्पनीसँग व्यावसायिक, सैन्य र औद्योगिक इन्जिनहरूका लागि स्वस्थ उत्पादन लाइन छ। कम्पनीको जिई ९० इन्जिन जसले बोइङ ७७७ लाई शक्ति दिन्छ। यो इन्जिनले १ लाख १५ हजार ५ सय ४० पाउन्डबराबर बलको अधिकतम थ्रस्ट उत्पन्न गर्दछ।
प्रमुख व्यावसायिक उत्पादनहरू कम्पनीका सबैभन्दा प्रमुख इन्जिनमा सिएफ ६, सिएफ ३४, जिई ९०, जिपी ७२००, जिइएनएक्स, जिई र जिई ९ एक्स समावेश छन्।
जिई ९ एक्स अझै बोइङ ७७७ एक्ससँग सेवामा प्रवेश गर्न बाँकी छ। यसले १ लाख ३४ हजारको उच्चतम रेकर्ड गरिएको थ्रस्टका साथ सबैभन्दा शक्तिशाली इन्जिनका लागि गिनिज वल्र्ड रेकर्ड राखेको छ।
रोल्स रोयस
यो कम्पनी जेट इन्जिनको बेलायती बहुराष्ट्रिय निर्माता हो। कम्पनीलाई जिई एरोस्पेसपछिको दोस्रो ठूलो जहाज इन्जिन निर्माता पनि मानिन्छ। रोल्स रोयस यसको आरबी २११ र ट्रेन्ट फेमिलिको इन्जिनका लागि सबैभन्दा राम्रोसँग परिचित छ। ट्रेन्ट ९०० इन्जिन सेवामा संसारको सबैभन्दा ठूलो व्यावसायिक जहाज एयरबस ३८० लाई शक्ति दिने पहिलो थियो।
यसका प्रमुख व्यावसायिक उत्पादनहरू आरबी २११, बोइङ ७४७, ७६७, ट्रेन्ट ५००, एयरबस ३४० ट्रेन्ट ७००, एयरबस ३३०, ट्रेन्ट बी ७६७, लकहिड १०११ र टुपलेभ २०४ ंसमावेश छन्।
हालसम्म १३ हजारभन्दा बढी व्यावसायिक इन्जिनसहित रोल्स रोयसले ३५ भन्दा बढी प्रकारका जहाजलाई शक्ति दिन्छ। रोल्स रोयसको अल्ट्राफ्यान अहिलेसम्म सेवामा छैन। साइज फ्यानको व्यासअनुसार विश्वको सबैभन्दा ठूलो जेट इन्जिन हो।
प्राट एन्ड ह्विट्नी
अर्को विशाल अमेरिकी एरोस्पेस प्राट एन्ड ह्विट्नी रेथन टेक्नोलोजिजको सहायक कम्पनी हो। कम्पनी आफ्नो जेट ८ र जेट ९ इन्जिनका लागि सबैभन्दा प्रसिद्ध छ। जेट ९ डी इन्जिन पहिलो बोइङ ७४७ जहाजको शक्ति थियो। यसको उत्तराधिकारी पिडब्लु ४ हजार शृङ्खलाले विभिन्न प्रकारका ठूला एयरबस र बोइङका व्यावसायिक जेटलाई शक्ति दिन्छ।
यसको उद्योग साझेदारसँग क्रान्तिकारी गियर टर्बोफ्यान इन्जिन जिटिएफ निर्माण गर्दछ। जसले एयरबस २२०, ३२० निओ र एम्ब्रेयर १९०–ई टुलाई शक्ति दिन्छ। जिई इन्जिन एलायन्ससँगको संयुक्त उद्यमबाहेक यो रोल्स रोयस र जर्मनीमा आधारित एमटियु एरो इन्जिन्ससँगसँगै कन्सोर्टियम (अन्तर्राष्ट्रिय एरो इन्जिन) को पनि हिस्सा हो।
यसका केही प्रमुख व्यावसायिक उत्पादनहरू जिटी ८ र ९, व्यावसायिक जेटका लागि पिडब्लु ३००, १०००, २०००, जिपी ७००० र एयरबस ३८० का लागि छ।
१६ हजारभन्दा बढी कमर्सियल इन्जिन उत्पादन गरिसकेको प्राट एन्ड ह्विट्नीले विश्वको २५ प्रतिशतभन्दा बढी कमर्सियल जेटलाई शक्ति दिन्छ।
सिएफएम इन्टरनेसनल
सिएफएम इन्टरनेसनल एरोस्पेस र फ्रान्समा आधारित स्याफ्रोन एयरक्राफ्ट इन्जिन्सबीचको आधा–आधा साझेदारी हो। यो साझेदारी सुरुमा सिएफएम ५६ शृङ्खलाको न्यारोबडी इन्जिन निर्माण गर्न स्थापना गरिएको थियो। यो इन्जिन बोइङ ७३७, क्लासिक्स, एनजिए र एयरबस ३२० का लागि प्रसिद्ध छ।
सन् २०२२ मा सिएफएम ५६ इन्जिनले एयरबस ३२० फेमिलिका जहाजको लगभग ६५ प्रतिशत पावरको विकास गर्यो। हालसालै सिएफएमआई ले न्यारोबडी जेटको अर्कोे पुस्तालाई शक्ति दिन एलइएपी इन्जिन विकास गर्यो।
एयरबस ३२० निओ, बोइङ ७३७ म्याक्स र चीनमा आधारित कोम्याक सि ९१९ प्रमुख व्यावसायिक उत्पादन सिएफएम ५६ शृङ्खला र सिएफएम एलइएपी इन्जिन हुन्। कम्पनीले हाइड्रोजन र दिगो उड्डयन इन्धनलाई समर्थन गर्न सिएफएम राइज इन्जिनमा काम गरिरहेको छ। यो हाल बोइङको एक्स ६६ सस्टेनेबल फ्लाइट डेमोन्स्ट्रेटरलाई पावर दिने योजनामा छ।
सिएफएम ५६ इन्जिनले न्यारोबडी इन्जिन बजारमा सबैभन्दा कम मर्मत लागत प्रदान गर्दछ। कम्पनीले विश्वको कमर्सियल इन्जिन बजारको करिब ०.५ प्रतिशत हिस्सा ओगटेको छ।
इन्टरनेसनल एरो इन्जिन (आइएई)
आइएई एक इन्जिन कन्सोर्टियम हो जुन १९८३ मा प्राट एन्ड ह्विट्नी, रोल्स रोयस, फियाट एभिओ अफ इटाली, एमटियु एरो इन्जिन्स र जापानी एरो इन्जिन कम्र्पोरेसनको लगानीमा स्थापना भएको थियो। १९८५ मा कम्पनीले एयरबस ३२० लाई शक्ति दिन आफ्नो पहिलो इन्जिन भि २५०० रोलआउट गरेको थियो।
फिएट एभियो प्रारम्भमा कार्यक्रमबाट बाहिरियो तर इन्जिनका लागि पार्टपुर्जा आपूर्तिकर्ता रह्यो। २०१२ मा रोल्स रोयसले आफ्नो ३२.५ प्रतिशत सेयर प्राट एन्ड ह्विटनीलाई बेच्यो। जुन ४९.५ प्रतिशत सेयरसाथ कन्सोर्टियमको सबैभन्दा ठूलो सेयर धारक बन्यो। बाँकी ५०.५ प्रतिशत एमटियु र जेएइसीबीच समानरूपमा विभाजित छ। रोल्स रोयस उड्डयन इतिहासमा सबैभन्दा सफल व्यावसायिक इन्जिनमध्ये एक बनेको आपूर्तिकर्ता हो।
भि २५०० इन्जिनले सिएफएम ५६ सँग सिधै प्रतिस्पर्धा गर्छ। किनकि, यसमा ठूलो अधिकतम थ्रस्ट रेटिङ छ। तसर्थ, एयरबस ३२१ जस्ता ठूला मोडेलका जहाजमा इन्जिनको कार्यक्षमता धेरै राम्रो छ। इन्जिनले ए३२१ जहाज प्रयोग गर्ने एयरलाइन्सका लागि राम्रो इकाई प्रदान गर्दछ। भि २५०० ले सबै एयरबस ३२० फेमिलिका जहाजको लगभग ३५ प्रतिशत शक्ति दिन्छ।
यसको प्रमुख व्यावसायिक उत्पादन भि २५०० हो। एयरबस ३२० बाहेक इन्जिनको व्यावसायिक संस्करणले म्याक डोनाल्ड डग्लस–९० जहाजलाई पनि शक्ति दिन्छ।
रोचक तथ्य के हो भने भि २५०० न्यारोबडी बजारमा सबैभन्दा धेरै बिक्री हुने इन्जिनमध्ये एक हो। यसको सुरुवातपछि लगभग ८ हजार भि २५०० इन्जिन उत्पादन गरिएको छ।