काठमाडौं। अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र चलायमान हुँदै गएको दाबी गरेका छन्।
साेमबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सम्पन्र नेपाली कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री महतले नेपालमा लगानी बढ्दै गएको र अर्थतन्त्रको सूचकहरू समेत सकारात्मक हुँदै गएको दाबी गरे।
जग्गा कारोबार विस्तारै बढ्दै गएको, लगानी बढेको र यस वर्ष अहिलेम्मकै ज्यादा विदेशी पर्यटक नेपाल भित्रिने दाबी गर्दै उनले अर्थतन्त्र चलायमान बन्ने बताए।
'लगानी विस्तारै बढ्दै छ, जग्गा कारोबार विस्तारै बढ्दै छ, आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदै छन्,' उनले भने, 'यो जनवरीसम्मको कुरा गर्ने हो भने, मलाई लाग्छ, अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदै छन्, त्यसले अर्थतन्त्र चलायमान बन्न मद्दत पुग्छ।'
अर्थतन्त्र थप सुधारका लागि विज्ञहरूसँग सल्लाह गरेर आफू अघि बढ्ने उनकाे भनाइ थियाे।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, महासमिति बैठक तयारी, भूकम्पपीडितका समस्यालगायत विभिन्न विषयमा छलफल भएकाे थियाे।