काठमाडौं। केही महिनाअघि मात्र नेपाली बजारमा भित्रिएको ब्राण्ड सेरेसको ‘सेरेस-३’ तिहारमा ६० वटा डेलिभरी भएको छ।
सेरेसका लागि नेपालको आधिकारिक वितरक एमएडब्लु अटोकर्पले गत भदाैमा सम्पन्न नाडा अटो शोलाई लक्षित गर्दै नेपाल भित्र्याएकाे याे ब्राण्ड अटाे शाेमा 'हट केक' बनेको थियो। अटो शोकाे अवधिभर ३ सयभन्दा धेरै गाडी बुकिङ भएको कम्पनीले दाबी गरेको थियो।
हाल सेरेस-३ मात्र डेलिभरी भएको र केही समयमा ई-१ पनि डेलिभरी सुरु गर्ने कम्पनीका बिजनेस हेड प्रशन्न पन्तले जानकारी दिए।
५२.७ किलोवाट आवरको ब्याट्री जडित सेरेस–३ ले ९९ किलोवाट पावर दिने कम्पनीले जनाएको छ। १ सय ९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएको यसले ४ सय ५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ।
सुरक्षाका लागि यसमा ६ एयरब्याग, इएसपी, इबिए/इबिडी, हिल लन्च एसिस्टेन्स, अटो होल्ड, एचडिसी, टिपिएमएस, लेन डिपार्चर वार्निङ र ट्र्याक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, ३६० डिग्री क्यामेरालगायत फिचर छन्।
त्यस्तै यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। जसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो, प्यानोरामिक सनरुफ, एलइडी हेडलाइट, आटो फोल्ड ओआरभिएम, इलेक्ट्रिक एड्जस्टेबल सिट, मल्टिड्राइभ मोड, हिटेड फ्रन्ट सिटलगायत फिचर छन्।
ह्वावेसँग साझेदारी रहेको विद्युतीय सवारी ब्रान्ड सेरेसको बजार विश्वका ७० भन्दा बढी देशमा रहेकाे छ। ह्वावेको सहयोगमा सेरेसले सन् २०२६ सम्म १० लाख विद्युतीय कार उत्पादन गर्ने योजना बनाएको छ। त्यस्ता कार बिलकुलै फरक र एडभान्स हुने दाबी कम्पनीको छ।
हालसम्म सेरेसले १ लाखभन्दा बढी विद्युतीय सवारीसाधन निर्माण गरी गरिसकेको छ। सिलिकन भ्यालीमा स्थापना भएको सेरेस ब्रान्ड इभी बजारमा आक्रामक ढंगले अघि बढिरहेको छ।