नेपालको अर्थतन्त्र बलियो बनाउने आधारमध्ये पर्यटन क्षेत्रलाई पनि प्रमुख मानिन्छ। पर्यटन उद्योगको विकास र विस्तार गरी मुलुकलाई आर्थिक समृद्धितर्फ लान भन्दै सरकारले विभिन्न कार्यक्रम तथा गतिविधि गर्दै आएको छ। तर, सरकारको अस्पष्ट नीति, निजी क्षेत्रसँग समन्वय नहुनु, पूर्वाधार अभाव र प्रचारप्रसार कमीलगायत कारण पर्यटन क्षेत्रबाट नेपालले पर्याप्त फाइदा लिन सकेको छैन। यसो त कोरोना महामारी र आर्थिक मन्दीको असरमा परेको पर्यटन व्यवसायले हालैमात्र केही गति लिन सुरू गरेको छ।
नेपालको पर्यटन क्षेत्र किन सोचेअनुरूप अगाडि बढ्न सकेको छैन? सरकार, नियामक र निजी क्षेत्र कहाँनेर चुकिरहेका छन्? अबको हाम्रो प्राथमिकता र गन्तव्य के हुनुपर्छ? यी विषय महत्वपूर्ण छन्। यद्यपि, यस्ता विषयमा निर्णयकर्ता र सम्बन्धित निकायबीच निकै कम छलफल र बहस हुने गरेको छ। त्यसैले पनि उपयुक्त नीति निर्माण र कार्यान्वयनमा नेपाल चुकेको विषय बेला–बेला उठ्ने गरेको छ। खासगरी नेपालको पर्यटनको वास्तविक अवस्था, सम्भावना, कमजोरी र अब समात्नुपर्ने बाटोका विषयमा केन्द्रित रहेर नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीसँग क्यापिटल नेपालका लागि सुवास योञ्जन र पदम भुजेलले गरेको कुराकानी :
तपाईंले पर्यटन बोर्डको नेतृत्व सम्हालेको चार वर्ष पूरा हुन चार महिनामात्र बाँकी छ। यो अवधिमा के–के काम गर्नुभयो? यो अवधिमा आफूले निर्वाह गरेको भूमिकालाई कसरी सम्झिनुहुन्छ?
पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएको चार वर्ष पुग्न अब चार महिनामात्रै बाँकी छ। यो कार्यकालमा करिब दुई वर्ष कोरोना महामारीको सामना गर्नुपर्याे। पर्यटन बोर्डको पहिलो बैठक मैले कोरोनासम्बन्धी गरेको थिएँ किनभने त्यो समय चीनमा कोरोना देखिइसकेको थियो। त्यसपछि विश्वभरि नै कोरोना महामारी फैलियो। हामी २०२० मार्च २३ बाट लकडाउन (बन्दाबन्दी) गर्नुपर्ने अवस्थामा पुग्यौं।
खास मेरो उद्देश्य संसारमा नेपाललाई पर्यटन गन्तव्यका रूपमा चिनाउने र विश्वभरिबाट पर्यटक भित्र्याउने थियो। तर, कार्यकालको सुरुवात भने कोरोनाका कारण नेपालमा रहेका पर्यटकलाई उनीहरूको घरमा कसरी सुरक्षित पुर्याउने भन्नेबाट सुरु भयो। यो अवधिमा हामीले पर्यटन उद्योगका संघसंस्था र अगुवासँग मिलेर संसारको सबैभन्दा उत्कृष्ट हिसाबले काम गर्याैं र विदेशी पर्यटकलाई सुरक्षितरूपमा फिर्ता पठाउन सफल भयौं।
कुनै मन्त्रालय जाँदा एक/दुईजना पनि कर्मचारी नभेटिने त्यो अवस्थामा पनि पर्यटन बोर्डमा भने ६० जनाको पूरा समूहले नै काम गरेर सफलता मिलेको थियो। यो महामारीको समय संसारभरि राम्रो काम गरेको बोर्ड भनेर नेपाल पर्यटन बोर्डलाई बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यान्डेमिक गोल्ड अवार्ड’ प्राप्त भयो। यसबाट पनि हामीले कोरोना महामारीमा राम्रो काम गरेको प्रमाणित हुन्छ। कोरोना महामारीमा जनता के गर्ने? अबको पर्यटन कता जान्छ? भन्ने विषयमा अन्यौलमा थिए। यो चुनौतीको विषय थियो।
यही समयमा भिजिट नेपाल २०२० मनाउने भनेर समग्र उद्योगमा पहिलाभन्दा ठूलो रकम लगानी भएको थियो। यो बेला पर्यटन बोर्डले पर्यटकका समस्या बुझेर सरकारलाई बुझाउने र ती समस्या निराकरणका लागि पहल गर्ने काम गर्याे। तर, राज्यको अर्थतन्त्रको अवस्था पनि त्यहीबेला राम्रो अवस्थामा नभएकाले ती समस्या हामीले सोचेअनुरूप निराकरण गर्न सकेनौं।
यद्यपि, पर्यटन व्यवसायीसँग कुरा गरेर ल्याएका कुरा, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, पर्यटन मन्त्रालयदेखि प्रधानमन्त्रीसँग समेत निरन्तर छलफल गरेर ल्याएका कुराले कुनै न कुनै हदसम्म अवश्य काम गर्याे। यो पनि निजी क्षेत्रले एकअर्कालाई त्यो समयमा गर्नुपर्ने विषय थियो। कोरोना महामारीमा नेपालको पर्यटन क्षेत्रमा लागेका व्यक्तिहरू ठूलो मात्रामा बेरोजगार हुनुपरेको थियो। यस्तो अवस्थामा पर्यटन बोर्डले भोलिका दिनमा पर्यटनमा सेवा दिने श्रमिक नै नरहे पर्यटनलाई अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेर यसका लागि निरन्तर काम गर्याे।
त्यसबेला हाम्रो आय शून्य अवस्थामा झरिरहेको थियो। यस्तो अवस्थामा पनि मेरै नेतृत्वमा संयुक्त राष्टसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) लिएर आयौं। यसबाट हामीले ६ हजारभन्दा बढी मानिसलाई छोटो अवधिको रोजगारी उपलब्ध गरायौं।
पर्यटन व्यवसायीसँग कुरा गरेर ल्याएका कुरा, राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, पर्यटन मन्त्रालयदेखि प्रधानमन्त्रीसँग समेत निरन्तर छलफल गरेर ल्याएका कुराले कुनै न कुनै हदसम्म अवश्य काम गर्याे। यो पनि निजी क्षेत्रले एकअर्कालाई त्यो समयमा गर्नुपर्ने विषय थियो। कोरोना महामारीमा नेपालको पर्यटन क्षेत्रमा लागेका व्यक्तिहरू ठूलो मात्रामा बेरोजगार हुनुपरेको थियो। यस्तो अवस्थामा पर्यटन बोर्डले भोलिका दिनमा पर्यटनमा सेवा दिने श्रमिक नै नरहे पर्यटनलाई अगाडि बढाउन नसक्ने निष्कर्ष निकालेर यसका लागि निरन्तर काम गर्याे।
दुई/दुईवटा सिजनमा एउटा पनि काम नभएर बसेको अवस्थामा रहेका श्रमिकलाई हामीले प्रत्यक्ष तथा अप्रत्यक्ष कुनै न कुनै क्षेत्रमा सामेल गरायौं। साथै, हामीले प्रत्यक्ष उनीहरूको खातामा तलब पठाउने व्यवस्था गर्याैं। जसको अर्थ बीचमा कतै दुरुपयोग नहोस् भन्ने थियो। संकटका बेला गरिएको यो काम पनि निकै महत्वपूर्ण हो। सबैलाई हामीले थेग्न सकेनौं, तर पर्यटन व्यवसायले गति लिन सुरु गरेपछि यसले हामीलाई सहयोग गर्याे। हाम्रो यही काम हेरेर प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) गोल्ड अवार्ड –२०२३ प्राप्त गर्याैं। आफ्ना श्रमिकका लागि राम्रो काम गरेको भनेर यो अवार्ड बोर्डले पाएको थियो। सबै बेरोजगार हुँदै गएको अवस्थामा हामीले भने रोजगारी सर्जना गर्दै गएका थियौं।
यस अवधिमा आन्तरिक पर्यटन विकास र विस्तारका लागि के कस्ता काम भए? पर्यटन क्षेत्रलाई चलनयमान बनाउन के कस्ता प्रयास गर्नुभयो?
आन्तरिक पर्यटन विकास नगरे हाम्रो पर्यटन उद्योग धराहयी हुन्छ भनेर पहिलोपटक हामीले डोमेस्टिक टुरिज्म प्रमोसन कमिटी, डोमेस्टिक टुरिस्ट रिकभरी कमिटी (डिटिआरसी) सातै प्रदेशमा बनायौं। यसले प्रत्येक प्रदेशका व्यवसायीलाई अर्को प्रदेशमा जाने, पत्रकार लिएर जाने, लेख्ने, सकारात्मक लेख फैलाउने काम गर्याे। यसले कमसेकम नेपाली आफ्नो घरबाट घुम्न जाउन् भन्ने कुरा उठायो र सकारात्मक प्रभाव पार्याे।
त्यसैले गर्दा आज झापाका मानिस कञ्चनजंघा जान्छन् र हिमालमा बसेका मानिस तराईमा जान्छन्। यो समयमा व्यवसायीले आफ्नो प्रदेश र जिल्लाभित्र रहेकादेखि बाहिरका ठाउँहरूको विविध कुराको जानकारी पाए। यसलाई पनि पर्यटन बोर्डले लामो समयका लागि योजना बनाएर अगाडि बढ्नुपर्छ भनेर काम गर्याे। पर्यटन बोर्डको यो कामले आज पूर्वका व्यवसायीले पश्चिमका व्यवसायी चिन्छन् र पश्चिमका व्यवसायीले पूर्वका व्यवसायी चिन्छन्। जहाँका व्यवसायीलाई सोध्यो भने पनि आफ्नो प्याकेज र अन्यत्रको प्याकेज भनिदिने र फोन गरेर प्याकेज बनाएर दिने अवस्था अहिले बनेको छ।
यो बीचमा चीन बन्द भएको थियो भने विकल्पमा भारत थियो। यही अवधिमा भारत लक्ष्य गरी भारतीय पर्यटक नेपाल ल्याएर मेला सञ्चालन गरियो। भारतको पर्यटन क्षेत्रको सबैभन्दा ठूलो टाइजस्तो संस्थाका ७० जनालाई हामीले ड्राइभ गरेर नेपालगन्ज ल्यायौं। यसबाट नेपालमा ड्राइभ गर्न सकिन्छ भन्ने सन्देश गयो। यी र यस्ता काम हामीले कोरोना महामारीको समयमा गर्याैं। कोरोना महामारी मत्थर भएपछि चीन खुल्यो।
चीनबाट पर्यटन गतिविधि खुल्नेबित्तिकै पहिलोपटक हामीले ७ सय चिनियाँलाई स्वागत गर्ने काम गर्याैं। साथै, सँगसँगै पोखरामा ड्रागन बोट ल्यायौं। ड्रागन बोट भनेको चीनको निकै चर्चित खेल हो जसलाई ओलम्पिकमा लान सक्ने र नेपालले पनि भाग लिन सक्ने हिसाबमा अगाडि बढाइएको छ। यस कार्यक्रममा ६ सयभन्दा बढी चिनियाँ पर्यटक नेपाल आए। पहिलो अन्तर्राष्ट्रिय फ्लाइट हामीले त्यही समय पोखरामा गरायौं। यसले संसारभरि ड्रागन नेपाल आयो भन्ने किसिमको प्रभाव पर्याे।
साथै, यही अवस्थामा हामीले भारतसँगको समन्वयमा योग दिवस मनाउने काम गरेका थियौं। यसरी दुवै किसिमको काम हामीले अगाडि बढाउन सफल भयौं। तर, पोखरामा विमान दुर्घटना भएपछि हामीलाई अर्को चुनौती थपियो। यो दुर्घटनाले पोखरा पनि सुरक्षित छैन भन्ने सन्देश गएको थियो। यस्तो अवस्थामा हामीले अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग लिनुपर्छ भनेर त्यसतर्फ अगाडि बढ्यौं।
त्यसबेला पाटालाई आग्रह गरेर हामी एडभेन्चर ट्राभल मार्ट नेपालमा आयोजना गर्न चाहन्छौं भनेर भन्यौं। त्यसपछि उनीहरूले बिड गर भनेर हामीलाई भने। यसलाई बिड गरेर पहिलोपटक हामीले २ सय १६ विदेशी टुर अपरेटर ल्याएर काम गर्याैं। यो गरेपछि विमान दुर्घटना कहिलेकाहीँ हुने कुरा हो र संसारका जुनसुकै ठाउँमा हुन्छन् नेपालमा पनि त्यस्तै भयो भन्ने अवस्था बन्यो। यसमा नेपालको भूगोल, विमानको दोष छैन भन्ने सन्देश दिन हामीले सफल भयौं। पोखरा आउन र घुम्न सक्नुहुन्छ भन्ने सन्देश यस्तो बेलामा पनि हामीले दियौं।
त्यहीबेला हामीले भैरहवाको प्रचारका लागि बिआइटिएन कार्यक्रम चलायौं। यसरी हामीले विविध किसिमका कार्यक्रम गर्याैं। ६/८ महिना भने राजनीतिक नेतृत्वसँग सहज अवस्था नभएको कारण मलाई दुःख दिने र काम गर्न नदिने कार्य भएको थियो। तर, कोरोनाजस्तो असहज अवस्थामा राम्रो काम गरेर दुईवटा गोल्ड अवार्ड हामीले प्राप्त गर्याैं। अर्थतन्त्र संकटमा भएको समयमा पनि नेपालको पर्यटनको विकासका लागि विभिन्न देशमा व्यापक प्रचार गर्ने काम भयो। म विदेश नगएर पनि सबैलाई पठाएर काम गरियो, जसको नतिजा राम्रो आयो।
हामीले भैरहवाको प्रचारका लागि बिआइटिएन कार्यक्रम चलायौं। यसरी हामीले विविध किसिमका कार्यक्रम गर्याैं। ६/८ महिना भने राजनीतिक नेतृत्वसँग सहज अवस्था नभएको कारण मलाई दुःख दिने र काम गर्न नदिने कार्य भएको थियो। तर, कोरोनाजस्तो असहज अवस्थामा राम्रो काम गरेर दुईवटा गोल्ड अवार्ड हामीले प्राप्त गर्याैं। अर्थतन्त्र संकटमा भएको समयमा पनि नेपालको पर्यटनको विकासका लागि विभिन्न देशमा व्यापक प्रचार गर्ने काम भयो। म विदेश नगएर पनि सबैलाई पठाएर काम गरियो, जसको नतिजा राम्रो आयो।
हाम्रो मुलुकका आज पनि सन्तोषजनकरूपमा पर्यटक आगमन हुन सकेको छैन। यो अवस्था सुधार गर्न हामीले किन सकेका छैनौं? कहाँ चुकिरहेका छौं हामी?
कोरोना महामारीपछि हामीले अन्तर्राष्ट्रिस्तरका तीन प्रमुख कार्यक्रम नेपालमा गरेर देखायौं। विन्डो खुलेपछि अन्तर्राष्ट्रिय साइन्टिफिक कन्फ्रेन्स नेपालमा ल्याउँछु भनेर मैले भनेको थिएँ। बजेटमा थोरै रकम छुट्टिए पनि गत वर्ष गरिएको थियो र यसैलाई निरन्तरता दिन लागिएको थियो। तर, यसबारे नकारात्मक चर्चा बढी भएको छ। संसारमा साइन्सबिनाको पर्यटन विकास गर्न खोजिन्छ भने त्यो गलत हो र सम्भव हुँदैन। नेपालको पर्यटन प्रकृतिमा आधारित, हिमाल, पहाड र तराईमा आधारित छ।
हामी दुबई वा सिंगापुर होइनौं र ठुल्ठूला देखाउनलायक भवन हामीसँग छैन। हामीसँग पहिला मल्लकालीन समयमा बनाइएका केही सांस्कृतिक सम्पदा छन्। हाम्रो एक मुख्य आकर्षण हिमाल हो। हिमालका विषयमा जानकारी राख्नु, त्यहाँको फोहोरको, बाटोको र हिमताल फुट्नेजस्ता अवस्थामा के गर्ने भन्ने विषय हामीले उठाउनुपर्छ। हामीले दिगो पर्यटनको कुरा पनि गरेका छौं। तर, दिगो पर्यटनको अभ्यास के हो? अन्य देशले कसरी अभ्यास गरिरहेका छन्? यी कुरामा ध्यान दिन आवश्यक छ। हिमालमा हामीले फोहोर गर्दै जाने र सेनाले सफा गर्ने गरेरमात्र हुँदैन होला। त्यसैले यसको समाधान विभिन्न अन्तर्राष्ट्रिय कन्फ्रेन्स गरेर नै खोज्नुपर्ने हुन्छ।
आज १२/१४ वटा राष्ट्रका व्यक्ति नेपाल आए। ती व्यक्तिका कारण थप अन्य व्यक्ति आए। एक विदेशीको इन्टरनेसनल एयर टिकट किनेर ५२ जना विदेशीले पोखरामा कति खर्च गरे? उनीहरूले गिफ्ट किने होलान्, अन्यत्र घुम्न गए होलान्। यसबाट त्यहाँको व्यवसाय चलायमान भयो। त्यहाँ नेपालीहरू पनि थिए। हामीले उनीहरूको ज्ञान लियौं। त्यस्तै उनीहरूले हाम्रो ज्ञान पनि लिए। यसले भोलि हाम्रो नीति निर्माणमा थप सहयोग गर्छ।
यसर्थ, यस्ता कन्फ्रेन्सहरू गर्दा आपत्ति जनाउनुपर्ने वा विरोध गर्न आवश्यक छैन। हामीले काम नगरेको होइन। केही समय अगाडिसम्म नेपालमा पर्यटकका लागि आवश्यक कुनै पनि तथ्यांक थिएनन्। हिजो कोरोनाको समयमा आइसोलेसन र क्वारेन्टिन खोज्न मन्त्री, डिजी, सिडिओ, सिइओ हामी लाइन लागेर होटल–होटल कतिवटा कोठा छन् भनेर खोज्न जानुपर्याे। के राज्यको व्यवस्था त्यस्तो हुनुपर्छ? राज्यसँग यो होटलमा यहाँ यतिवटा कोठा छन् भन्ने कुरा जानकारी हुनुपर्दैन? यसका लागि कहिले भक्तपुर, कहिले नगरकोट पुग्नुपरेको थियो। यसर्थ, यसलाई प्रणालीमा लगेर थिति बसाल्नुपर्छ।
हामीसँग कति पूर्वाधार छन्? होटल कति छन्? कुन प्रकृतिका कस्ता छन्? भन्ने सबै तथ्यांक आवश्यक पर्छ। त्यसैले आज हामीले त्यो तथ्यांक राख्ने वातावरण बनाएका छौं। त्यही तथ्यांक आज राष्ट्रिय योजना आयोग पुगेको छ, सुदूरपश्चिमको मास्टर प्लानिङमा प्रयोग भइरहेको छ। भोलिका दिनमा पनि सबै योजनालाई तथ्यांकका आधारमा अगाडि बढाउनुपर्छ। नेपालमा आन्तरिक पर्यटकले कति खर्च गर्छन् भन्ने तथ्यांक हाम्रोमा अहिलेसम्म छैन।
त्यसका लागि हाल हामीले सर्भे सुरु गराएका छौं। विदेशीले कति खर्च गर्छन् भन्ने कुराको पनि आधिकारिक तथ्यांक नभएका कारण त्यसतर्फ पनि हामी अगाडि बढेका छौं। यस क्षेत्रमा अध्ययन अनुसन्धानका विषयलाई पनि हामीले जोड दिँदै आएका छौं। यसबाट आएका नतिजालाई आधार बनाएर हाम्रा भोलिका नीति बनेका खण्डमा मात्रै हामीले पर्यटन क्षेत्रलाई सही दिशामा अगाडि लग्न सकिन्छ।
निजी क्षेत्रले नेपालको पर्यटन क्षेत्रको विकास नै भएन भन्ने आरोप लगाइरहेको हुन्छ। तपाईं नै निजी क्षेत्रको सहकार्यमा बनेको बोर्डको सिइओका रूपमा हुनुहुन्छ। सरकारसँग नजिक भएर बोर्डले काम गरिरहँदा पर्यटन विकासको बाधक कहाँ रहेछ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने लाग्छ?
हामीसँग पर्यटन विकासका लागि स्पष्ट मार्गदर्शन नै छैन। कहाँ पुग्ने? कहिले के गर्ने? कसरी गर्ने? यी कुराको स्पष्ट गाइडलाइन नै हामीसँग छैन। फेरि छैनभन्दा १० वर्षे कार्ययोजना वा अन्य प्रकारका विभिन्न नीति छन् र लेखिएका छन्। तर, लेखेर भएन, लेखेका कुरा प्राप्त गर्न के गर्नुपर्छ? कसरी अगाडि बढ्नुपर्छ? यी कुरा हेर्नुपर्छ। हामी ३५ लाख पर्यटक ल्याउनुपर्छ भन्ने कुरा गर्छौं तर कहाँबाट ल्याउने कसरी ल्याउने भन्ने टुंगोमा हामी पुगेका छैनौं।
यसर्थ, सबैभन्दा ठूलो समस्या भनेको नेपालको पर्यटन कहाँबाट कहाँ पुर्याउने भन्ने विषयमा केही नहुनु हो। हिमालमा के के गर्ने? कसरी पर्यटक आकर्षित गर्ने? अन्य क्षेत्रमा के गर्ने? यी कुरामा हामी स्पष्ट छैनौं। यो क्षेत्रमा यो–यो गतिविधि गर्नुपर्छ भनेर सोहीअनुसारको काम गर्नुपर्छ।
काठमाडौं, पोखरामा भन्दा हामीले अन्य पहाडी क्षेत्रमा पर्यटन विकास गर्न सकेका छैनौं। यहाँ हिलिसेसनको अवधारणा ल्याएर भारतको ठूलो जनसंख्या आकर्षण गर्ने योजना हामीसँग छैन। बजेटमा शब्दमात्रै लेखेर हुँदैन। तराईमा भएका निकुञ्जहरू, खाने बस्ने व्यवस्था र यसको प्रचारका लागि पनि योजना आवश्यक छ। तर, यी सबै कुरामा हामी स्पष्ट हुन सकेका छैनौं। राज्यले यो ठाउँमा यस्तो गर्ने, यहाँ यति पर्यटक ल्याएर राख्ने भनेर निक्र्यौल गरेको खण्डमा निजी क्षेत्रले सोहीअनुरूप काम गर्न सक्छ।
काठमाडौं, पोखरामा भन्दा हामीले अन्य पहाडी क्षेत्रमा पर्यटन विकास गर्न सकेका छैनौं। यहाँ हिलिसेसनको अवधारणा ल्याएर भारतको ठूलो जनसंख्या आकर्षण गर्ने योजना हामीसँग छैन। बजेटमा शब्दमात्रै लेखेर हुँदैन। तराईमा भएका निकुञ्जहरू, खाने बस्ने व्यवस्था र यसको प्रचारका लागि पनि योजना आवश्यक छ। तर, यी सबै कुरामा हामी स्पष्ट हुन सकेका छैनौं। राज्यले यो ठाउँमा यस्तो गर्ने, यहाँ यति पर्यटक ल्याएर राख्ने भनेर निक्र्यौल गरेको खण्डमा निजी क्षेत्रले सोहीअनुरूप काम गर्न सक्छ।
यो वर्षबाट पर्यटन बोर्डले अन्तराष्ट्रियस्तरमा गर्ने काम रोकिएका छन्। हामीसँग स्पष्ट नीति छैन जसका कारण यस्तो वातावरण बनेको हो। गत वर्षसम्म विगतका अभ्यासअनुसार गर्नू भन्ने थियो जसअनुसार भएको थियो। अब भने नयाँ खरिद ऐन आएपछि हामीले त्यस्तै गतिविधि गर्न नसक्ने अवस्था छ।
पर्यटन बोर्डले अन्तर्राष्ट्रियस्तरमा गर्दै आएका कामहरू अब गर्न नपाउने भएको छ। यसको विकल्पमा अब बोर्डले के गर्ने सोचेको छ? यसको असर कस्तो हुन्छ?
हाल पनि अन्तर्राष्ट्रियस्तरमा गर्ने कुराबाहेक आन्तरिकरूपमा गर्न सक्ने सबै काम भएका छन्। यो वर्ष हामी बाहिर जान नपाउने भए पनि विदेशबाट यहाँ ल्याएर धेरै कार्यक्रम गर्ने योजनामा छौं। पोखरामा म्याराथन योजना छ जसमा चीनबाट ६ सय व्यक्ति र दुईवटा चार्टरफ्लाइट आउने कुरा छ। जसको आयोजना नोभेम्बरमा हुन्छ। त्यस्तै हामीले पिस म्याराथन भनेर लुम्बिनीमा राखेका छौं।
भारतका सबै मठाधीश, पीठाधीशहरू, शंकराचार्यहरू ल्याएर एउटा ठूलो हिन्दु सम्मेलन गर्न बजेट विनियोजन गरिएको छ। पशुपति क्षेत्र विकास कोषलाई पनि यसमा सँगै लिएर अगाडि बढिन्छ। लुम्बिनीको प्रचारका लागि विभिन्न देशका मंकहरूलाई ल्याएर एउटा ठूलो सम्मेलन गर्न पनि बजेट राखेका छौं। कर्णाली क्रस भनेर ल्याउन लागेको कार्यक्रममा पनि पर्यटन बोर्डको पूर्णसाथ छ। यसले नेपालको ¥याफ्टिङ विकासमा सहयोग गर्छ। यो पनि नोभेम्बरमा हुन्छ।
नेपालका विभिन्न ठाउँमा मोटरबाइकका लागि विभिन्न कार्यक्रमको तयारी गरेका छौं। होटल एसोसिएसन नेपाल (हान) सँग मिलेर हस्पिटालिटी अवार्ड आयोजना पनि गर्न लागेका छौं। समिटर्स समिटका लागि एनएमएसँग मिल्ने तयारीमा छौं। यसर्थ यो वर्ष हामी विदेशमा जानेभन्दा पनि नेपालमा कसरी विदेशी ल्याउने भनेर काम गर्ने छौं। यो वर्ष एडभेन्चर ट्राभल मार्टको तयारी गरेका छौं।
यसरी नेपालमा यो वर्षमात्रै १८ अन्तर्राष्ट्रियस्तरका कार्यक्रम आयोजना गर्ने तयारीमा हामी छौं। यसमा विभिन्न संघसंस्थालाई सक्रिय बनाउने र उनीहरूलाई आबद्ध बनाउने काम गरिन्छ। नेपालमा अर्को ठूलो समस्याका रूपमा स्किल म्यानपावरको कमी छ। यसका लागि हाल हामीले महिलालाई अगाडि बढाएर धेरै ट्रेनिङ दिएका छौं। र्याफ्टिङ, ट्रेकिङमा महिलालाई अगाडि बढाएका छौं। संसारभरि महिलालाई यसरी अगाडि बढाउने देशमा नेपालमात्रै देखिएको छ। जसले गर्दा ग्लोबल्ली मूल्यांकन गरेर नेपाल पर्यटन बोर्डलाई अर्को गोल्ड अवार्ड प्रदान गरिएको छ। मेरो कार्यकालमा मात्रै चारवटा गोल्ड मेडल प्राप्त गरेका छौं, जुन सानो कुरा होइन।
पर्यटन बोर्डले यस्तो प्रतिकूल अवस्थामा पनि जुन प्रकारले काम गरेको छ यो उत्कृष्ट छ। यसको नतिजा पनि देखिँदै जान्छ। विदेश गएरमात्रै, भाषणमात्रै गरेर नेपालमा पर्यटक आउँदैनन्। विदेशी लक्ष्यित कार्यक्रम गरिनुपर्छ र उनीहरूलाई नेपाल देखाइनुपर्छ। विदेशीले बुझेर नै नेपालको प्रचार हुने हो। मैले केही नयाँ अवधारणा पनि ल्याएको थिएँ। जुन मलाई गर्न दिइएन। तर, यी अवधारणा सही छन् भनेर आज पनि म जोकोहीसँग बहस गर्न तयार छु।
मैले सेन्ट्रल बिजनेस प्लेटफर्म भनेर एउटा अवधारणा ल्याउन लागेको थिएँ। आज याहुडटकमलाई जसरी पैसा गइरहेको छ, विदेशमै पैसा बुझ्ने प्रणालीलाई रोक्ने यो अवधारणा मैले अगाडि सारेको थिएँ। यो भएको भए होटल बुक, टे«किङ बुक सबै एकै ठाउँबाट हुन्थ्यो र नेपालको सबै पैसा राष्ट्र बैंकमार्फत जान्थ्यो। यसको विरोध भयो। तर, सबैभन्दा उपयुक्त काम नै यही थियो।
मैले सेन्ट्रल बिजनेस प्लेटफर्म भनेर एउटा अवधारणा ल्याउन लागेको थिएँ। आज याहुडटकमलाई जसरी पैसा गइरहेको छ, विदेशमै पैसा बुझ्ने प्रणालीलाई रोक्ने यो अवधारणा मैले अगाडि सारेको थिएँ। यो भएको भए होटल बुक, टे«किङ बुक सबै एकै ठाउँबाट हुन्थ्यो र नेपालको सबै पैसा राष्ट्र बैंकमार्फत जान्थ्यो। यसको विरोध भयो। तर, सबैभन्दा उपयुक्त काम नै यही थियो।
कोभिड महामारीपछि चलायमान हुन लागेको नेपालको पर्यटनलाई विश्वबजारमा पुर्याउन भिजिट २०२० जस्तै वृहत कार्यक्रम घोषणाको माग निजी क्षेत्रले गरिरहेको छ। सरकारले पनि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाउने तयारी गरिरहेको छ। तर, सरकारले कार्यान्वयनका लागि कुनै ठोस योजना नल्याइरहेको बेला बोर्ड के गरेर बसिरहेको छ?
अहिले नेपालमा भिजिट नेपाल दशक मनाउने चर्चा पनि भइरहेको छ। यद्यपि, घोषणा भने भइसकेको छैन। योजना आयोगले भिजिट नेपाल २०२५ अघि बढाउनुपर्ने विषय राखेको कुरा पनि आएको छ। यो सरकारले निर्णय गरेमा मनाउने दिन पनि पक्कै आउने छ। यदि मनाइयो भने पनि दुई/चारजना मन्त्री विदेश गएर कराएर कोही पर्यटक आउँदैनन्। यसका लागि स्पष्ट भिजन आवश्यक छ। संसारमा जुन देशमा धेरै पर्यटक जान्छन्, त्यो देशको नीति नियम र प्रक्रियाबारे पनि हामीले अध्ययन गर्नुपर्छ।
विदेशमा पेड पिआर पनि राखिन्छ। यसमा विभिन्न देशमा नाम चलेका मिडिया र टुर अपरेटरलाई मासिक यति पैसा दिन्छौं, नेपालको यो प्याकेज प्रचार गरिदिनू भनेर भन्नुपर्छ। यसरी नेपाल प्रचार भएको खण्डमा पर्यटक बढ्ने हो। तर, यसो पनि हुन सकेको छैन। हाम्रो ६० लाख रुपैयाँ खर्च हुन्छ होला तर त्यो रकम त सातजना कर्मचारी घुमेर आए भने एकपटक खर्च हुन्छ। त्यो सात दिनको ट्रिपले त केही आउँदैन। यसर्थ, यसमा पनि विरोध गर्ने काम भयो।
मैले २० करोड छुट्ट्याउँ विभिन्न देशका ४० ठाउँमा यस्तो प्रचारका लागि भनेको थिएँ। जापान, युरोप, छिमेकी मुलुकसँग यसरी बसेर त्यसबाट हामीले प्रशस्त फाइदा लिन सक्थ्यौं। यसो गर्दा पूरै मैले मेरो एजेन्टहरू राख्न लागेको जस्तो गरियो। जबकि, मैले त्यसको टिओआर निजी क्षेत्रलाई र अरूलाई नै पास गर्नू भनेर भनेको छु। यसर्थ केमा खर्च गर्ने? कति खर्च गर्ने? भन्ने कुरामा राज्य नै स्पष्ट छैन र हामी नै स्पष्ट छैनौं। आज माल्दिभ्स, सिंगापुर, जापान यही अवधारणामा काम गरेर हिँडेका छन्। ती देशमा पर्यटकको कमी छैन। तर, हामी यसतर्फ पनि अगाडि बढ्न सकेका छैनौं।
पर्यटन विकासका कुरा गर्दै गर्दा सरकारमा स्पष्टता नभएको कुरा आइरहेको छ। तर, सरकारले निजी क्षेत्रको कुरा पनि सुन्न नचाहेको हो?
निजी क्षेत्र पनि यी कुरामा आफैंमा स्पष्ट छैन। पर्यटन बोर्ड बनाउनुको कारण नै निजी क्षेत्रले यहाँ आएर छलफल गरेर स्पष्ट नीति र योजना लिएर अगाडि बढोस् भन्ने हो। सन् २०२० को समयमा सबै मिलेर जानुपर्छ भन्ने किसिमको वातावरण बनेको थियो। एउटा नेतृत्व जान्छ एउटा कुरा गर्छ, अर्को नेतृत्व जान्छ फेरि अर्को कुरा गर्छ। भनेपछि सुन्नेले पनि कसको कुरा सुन्ने? हामी एउटै कुरामा चारवटा भ्वाइस लिएर जान्छौं भने सुनिदिनुपर्ने मानिसले झन् नसुन्नु स्वाभाविक हो। त्यसैले हामीले एउटा स्वर बनाएर जान पर्यटन बोर्डमा आएर निजी क्षेत्रले छलफल गर्नुपर्छ र साझा धारणा, माग र योजना लिएर जानुपर्छ। यस्तो भएको खण्डमा बल्ल सुनुवाइ हुन्छ।
तर, पर्यटन बोर्डले नै निजी क्षेत्रको कुरा सुनेन, कुरा उठाएन भन्ने गुनासो पनि निजी क्षेत्रबाट आउने गरेको छ। यसमा कति सत्यता छ?
निजी क्षेत्रले पर्यटन बोर्डमा आएर यो आवाज लिएर जाऔं भनेर कहिल्यै भनेको छैन। पर्यटन बोर्डसँग छलफल गरेर गएको पनि छैन। यो कुरा पनि सोच्नुपर्छ। आज कतिवटा एसोसिएसन मन्त्रालयमा एक/एक गरी लाइन लागेर जाने गरेका छन्। तर, पहिला यहाँ सबैले छलफल गरेर एक स्वर लिएर जाऔं न त्यसपछि सरकार पनि कुरा सुन्न, सोच्न बाध्य हुन्छ। हाम्रो पर्यटन उद्योगमा पनि हामी आ–आफ्नै माग र अजेन्डा लिएर हिँडेका छौं।
एकातर्फ, एसोसिएसनले एउटा आवाज लिएर गएको छ, अर्कातर्फ व्यक्तिहरूले व्यक्तिगतरूपमा पनि आवाज लिएर जाने गरेका छन्। फेरि, अर्को एसोसिएसनले अघिल्लो एसोसिएसनको कुरा काटेको छ। भनेपछि यसरी एक भ्वाइस नभएको खण्डमा हाम्रा माग, अजेन्डा पूरा गर्न कठिन हुन्छ। सबैको एउटै आवाज भयो भने राज्यले नसुन्ने कुरा नै हुँदैन।
विगतमा पनि एकै स्वर लिएर गएकाको आवाज सरकारले सधैं सुनेको र उनीहरूको माग पूरा गर्दै आएको पनि छ। तर, राज्य नै दिग्भ्रमित हुने हिसाबमा हामी अगाडि बढिरहेका छौं। मलाई लाग्छ राज्य पनि दिग्भ्रमित नहोस् र निजी क्षेत्र पनि दिग्भ्रमित नहोस्। यसका लागि हाम्रो अजेन्डा स्पष्ट हुनुपर्छ। बरु, यसका लागि हामी सबै बसेर छलफल गरौं। यस्ता छलफलका लागि नेपालले नसके विदेशीहरू नै ल्याऔं, उत्कृष्ट व्यक्ति ल्याऔं र स्पष्ट मार्गदर्शनसाथ हामी अगाडि बढौं। नेपाल हालसम्म पर्यटन विकास किन भएन भने प्रकृतिले सबै दियो, तर हामीले सबै बिगार्याैं। हामीले ट्रेकिङको उत्कृष्ट गन्तव्य डोजर लगाएर बाटो खनेर बिगारेका छौं।
एकातर्फ, एसोसिएसनले एउटा आवाज लिएर गएको छ, अर्कातर्फ व्यक्तिहरूले व्यक्तिगतरूपमा पनि आवाज लिएर जाने गरेका छन्। फेरि, अर्को एसोसिएसनले अघिल्लो एसोसिएसनको कुरा काटेको छ। भनेपछि यसरी एक भ्वाइस नभएको खण्डमा हाम्रा माग, अजेन्डा पूरा गर्न कठिन हुन्छ। सबैको एउटै आवाज भयो भने राज्यले नसुन्ने कुरा नै हुँदैन।
होटल व्यवसायी, पर्यटन व्यवसायी समस्यामा छौं भनिरहेका छन्। सरकारले, पर्यटन बोर्डले कुरा सुनेन भनेर पनि गुनासो पोखिरहेका छन्। यस्तो दृश्य एसोसिएसनमा राजनीतिक हस्तक्षेप हुनु र राजनीतिक दाउपेच बढ्नुले देखिएको हो?
यसलाई मैले ठ्याक्कै त भन्न सक्दिन। तर, हामीमा एकता नै भएन। निजी क्षेत्रमा एकता भएको भए यो अवस्था आउने नै थिएन। निर्णयकर्तालाई पनि एउटाले एउटा कुरा र अर्कोले अर्को कुरा भन्यो भने ऊ के लागू गर्ने भन्नेमा स्पष्ट हुँदैन। निजी क्षेत्र एक भएर राज्यले यो गर्नुपर्छ भनेर भन्यो भने त्यो गर्न बाध्य हुन्छ। यस्तै हरेक मानिसको आ–आफ्नै व्यवसाय छन्। त्यसैले सबैले आ–आफ्ना स्वार्थ पूरा गर्ने हिसाबमा कुरा गरेमा कसैको पनि माग पूरा हुँदैन। यसर्थ सबै मिलेर सन्तुलन मिलाएर यसरी अगाडि जानुपर्छ भन्ने कुरामा हामी पुग्नुपर्छ।
लक्जरी कर लगाएर राज्यले निजी क्षत्रलाई हतोत्साहित गरेको विषय पनि आइरहेको छ। यसमा के भन्नुहुन्छ?
राज्यले पर्यटन क्षेत्रको कर बढाउने समयमा पनि पर्यटन बोर्डलाई सोधेको भए हुन्थ्यो। तर, मलाई लाग्छ सरकारले कर बढाउँदा पर्यटन मन्त्रालयसँग समेत छलफल गरेन। त्यहाँ छलफल भएको भए मसम्म पनि कुरा आउँथ्यो होला। यसरी हेर्दा माथिबाटै सिधै कर लगाउने काम भएको जस्तो लाग्छ। फेरि लक्जरी करको विषयमा पनि लगाउनु हुने हो कि होइन कि भन्ने विषयमा पनि कोही स्पष्ट छैन।
कोही व्यवसायीका लागि लगाए पनि ठिकै छ भन्ने देखिन्छ र कसैका लागि नलागाएको भए हुन्थ्यो भन्ने पनि देखिन्छ। कतिपयले मुद्दा नै हालेर रोकेको पनि देखिन्छ। यसर्थ, सबैजनाले एकै स्वर गरेर यो निर्णय यो कारणले गलत हो, यस्तो हुनुपर्छ भनेर भन्नुपर्छ। यसै पनि हाम्रो हवाई टिकट महँगो छ, हाम्रो प्याकेज महँगो छ, हिमालमा हिँड्न कठिन छ। यसैमाथि १३ प्रतिशत लक्जरी कर लाग्नु भनेको उपयुक्त होइन।
हामी साना–साना व्यक्तिले गरेको व्यवसाय करको दायरामा नआउँदा राज्यलाई ठूलो घाटा लागेको पनि हुन सक्छ। योपटक आयो भनेर फेरि परिवर्तन नै गर्न नसक्ने अवस्था पनि होइन। तर, अझै पनि केही बिग्रिएको छैन। प्राकृतिक स्रोत साधन सबै भएकै मुलुक हो हाम्रो। केही बिग्रिएको होला, केही बनेका होलान्।
एउटा ट्रेकिङ रुट बिग्रिएको भए पनि अरूलाई हामीले जोगाउन सक्छौं। करोड खर्च गरौं, स्पष्ट योजना बनाऔं, त्यसपछि हाम्रोमा पर्यटक आउँछन्। आज करोडौं खर्चेर बनायो, भोलि डोजर चलाएर बिगार्ने काम भयो भने त्यसबाट विकास हुँदैन। हामीले २२ दिनको ट्रेकिङ रुट मास्नु भनेको यो देशको सबैभन्दा ठूलो भूल हो। नत्र, लमजुङ बेँसीसहरबाट कति धेरै मानिस ट्रेकिङका लागि जान्थे। यसबाट धेरै मानिसको रोजगारी गुम्यो, ठूलो लगानी खेर गयो। आज उता खनिदिएको छ, यता बिगारिदिएको छ, कति मानिस विस्थापित भए। यो स्थिति त हामीले बनाएका हौं।
हाम्रो राज्यको पर्यटन नीति स्पष्ट छैन। पर्यटनसम्बन्धी निर्णय एकै ठाउँबाट लिने व्यवस्था गर्नुपर्छ। यहिँ बोर्ड छ, उता विभाग छ, कतिपय इमिग्रेसनका प्रक्रियाका कुरा छन्। यी सबै पर्यटनका धेरै निकाय भए। अब पर्यटनसम्बन्धी सबै निर्णय एकै ठाउँबाट लिनुपर्छ र त्यसका लागि पर्यटन प्राधिकरणको आवश्यकता छ।
पर्यटनसम्बन्धी सबै काम गर्न प्राधिकरणबाट निर्णय लिने बनाउनुपर्छ। प्रदेशले, स्थानीय तहले र सरकारले आ–आफ्नो निर्णय गर्दै जाने हो भने हाम्रो पर्यटन वातावरण बिग्रिँदै जान्छ। हामीले स्पष्ट नीति लिएको खण्डमा कुनै समय राम्रो प्रधानमन्त्री आए अलिक द्रुत गतिमा काम हुन्छ। कुनै समय केही कमजोर आए केही कम काम होला। तर, काम भने निरन्तर एकैतर्फ भइरहन्छ।
पर्यटनसम्बन्धी सबै काम गर्न प्राधिकरणबाट निर्णय लिने बनाउनुपर्छ। प्रदेशले, स्थानीय तहले र सरकारले आ–आफ्नो निर्णय गर्दै जाने हो भने हाम्रो पर्यटन वातावरण बिग्रिँदै जान्छ। हामीले स्पष्ट नीति लिएको खण्डमा कुनै समय राम्रो प्रधानमन्त्री आए अलिक द्रुत गतिमा काम हुन्छ। कुनै समय केही कमजोर आए केही कम काम होला। तर, काम भने निरन्तर एकैतर्फ भइरहन्छ।
हामी जाने बाटो भनेको एउटै हो, त्यसका लागि के–के क्रियाकलाप गर्ने भन्ने कुरा महत्वपूर्ण हो। यो देश प्रधानमन्त्री, मन्त्रीहरूको जति हो त्यति नै मेरो पनि हो। यो देशको विकासको चाहना भएर नै बिहानदेखि बेलुकासम्म काम गरिएको हो। यो सबै गर्दा पनि दिनदिनै आउने राजनीतिक परिर्वतन, ब्युरोक्रेसीले गर्दा बाटो फेर्ने हो भने हाम्रो गन्तव्य स्पष्ट हुँदैन।
पछिल्लो समय नेपालको प्रचारमा ट्राभलर, ब्लगर र भ्लगरहरूले मूख्य भूमिका खेलेको देखिन्छ। यसले बाहिर नेपालबारे कस्तो सन्देश जान्छ?
यसले बाहिर नेपालबारे एकदमै राम्रो सन्देश जान्छ। गत वर्षमात्रै स्टेलरका ११/१२ जनालाई हामीले नेपाल ल्याएर मनाङ, मुस्ताङ, लुम्बिनीलगायत धेरै ठाउँ घुमायौं। एकै व्यक्तिका मिलियन्स फलोअर्स थिए। त्यसले गर्दा धेरैको माझमा हामी पुग्यौं। तर, अहिलेसम्म हामी नेपालमात्रै चिनाइरहेका छौं। पर्यटन बोर्डले प्याकेज बेच्न मिल्दैन। प्याकेज बेच्नेले स्पष्टसँग धेरैसामु प्याकेज फैलाएर पुर्याउन सकेको छैन।
यस्ता कुरामा हामीले प्याकेज बेच्न सक्नुपर्छ। प्याकेज बेच्न हामीलाई पिआर एजेन्सीहरू नै आवश्यक पर्छ। पेड पिआर एजेन्सी नभएसम्म हामीले प्याकेजहरू बिक्री गर्न सक्दैनौं। त्यो नभएसम्म हामीले खासगरी प्याकेज बेच्न सक्दैनौं जस्तो लाग्छ।
तपाईंले देखेको नेपालको पर्यटन कस्तो हो?
नेपालको पर्यटनबिना दिशा, बिनागन्तव्य हिँडिरहेको व्यवसाय हो। सबैले आ–आफ्नो स्वार्थले आफ्नो फाइदाका लागि चलाइएको पर्यटन हाम्रो छ। यो व्यक्तिभन्दा माथि उठेर अध्ययन अुसन्धानमा आएका नतिजामुखी भएर हामी अगाडि बढ्नुपर्छ। कहाँ पुग्ने हो, त्यसको लक्ष्यमा स्पष्ट हुनुपर्छ। त्यो भए सबै खर्चले कुनै न कुनै रूपमा रिटर्न दिन सक्छ। यस्तो नभए अहिलेको हिसाबमा हाम्रो पर्यटन विकास हुँदैन। दुःखसुख र फाइदा हेरेर लगानी गर्न निजी क्षेत्र आफैं बाँधिएको छ।
राज्यले पनि स्पष्टरूपमा अगाडि बढ्न सकेको छैन। नेपालको पर्यटन धानेको पनि निजी क्षेत्रले हो र सुरु गरेको पनि निजी क्षेत्रले हो। बैंक ऋण पनि उनीहरूकै छ, दुःख पनि उनीहरूकै छ, लिलाम पनि उनीहरूकै भएको छ। अब त्यही पनि जसोतसो गरेर रोजगारी सिर्जना गरेका छन् र चलाएका छन्। पर्यटनमा निजी क्षेत्रको भूमिका सरकारले भुल्न हुँदैन।