काठमाडाैं। वाणिज्य बैंकहरूले मंसिरका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन्। आज बिहीबार प्रकाशित सूचनाअनुसार वाणिज्य बैंकहरूले मंसिरका लागि ब्याजदर घटाएका छन्।
कात्तिकमा ९.९६४ प्रतिशत रहेको वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मंसिरमा ०.३३१ प्रतिशत बिन्दु घटेर ९.६३२ प्रतिशतमा झरेको छ।
त्यसैगरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ०.३०६६ प्रतिशत बिन्दु घटेर ७.५४६ प्रतिशतमा झरेको छ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ ले मंसिरका लागि ब्याजदर घटाएका छन्। जसमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया छ।
एनआइसी एसियाले कात्तिककाे तुलनामा मंसिरमा ब्याजदर २.०३५ प्रतिशत बिन्दुले घटाएको छ। बैंकले मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८.९६८ प्रतिशत ब्याज दिने भएको छ।
एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी छ। बैंकले मंसिरका लागि ब्याजदर १.२४३ प्रतिशत घटाएर ९.७६ प्रतिशतमा झारेको छ। ६ वाणिज्य बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ।
बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार अब बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेप (रेमिट्यान्सबाहेक) मा १०.६०३ प्रतिशत ब्याजदर दिने भएका छन्।
यसअघि कात्तिकका लागि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेप (रेमिट्यान्सबाहेक) मा ११.००३ प्रतिशतसम्म ब्याजदर दिएका थिए। बैंकहरूको कर्जाको विस्तार निकै घटेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन्।
पाँच वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदरको माथिल्लो सीमा स्थिर नै राखेका छन्। माछापुच्छ्रे बैंकको भने ब्याजदर बढेर १०.६० प्रतिशत पुगेको छ।
बैंक | मुद्दती |
मंसिर | कात्तिक |
एनएमबी | ८.५० देखि ९.७६ | ९.३३ देखि ११.००३ |
प्राइम | १०.२५ | १०.२५ |
कुमारी | ९.५१ देखि १०.०१ | ९.५१ देखि १०.०१ |
नेपाल एसबिआई | ७.६० देखि१०.६०३ | ७.६० देखि१०.७० |
हिमालयन | ८.६०३ देखि १०.६०३ | ११.००३ |
प्रभु | ९ | ७.२२४ देखि ९.२२४ |
सिद्धार्थ | ८.४४ देखि ९.९९ | ८.४४ देखि ९.९९ |
माछापुच्छ्रे | १०.६०३ | ९ देखि९.९९ |
राष्ट्रिय वाणिज्य | ९ | ९.५ |
स्ट्यान्डर्ड चार्टर्ड | ५.२५ देखि ८.९७ | ५.५० देखि ९.२२ |
एनआइसी एसिया | ८.९७ | ११ |
लक्ष्मी सनराइज | १० | १० |
नेपाल बैंक | ९.२२ | ९.२२ |
कृषि विकास | ९.५१२ | ९.२६ देखि ९.७६ |
सिटिजन्स | ९.६ | ९.९५ |
ग्लोबल आइएमई | ९.६ | १० |
एभरेस्ट | ९ | ९.२२ |
नबिल | ९.१ | ९.५ देखि १० |
नेपाल इन्भेस्टमेन्ट मेगा | ९.५१ | ९ देखि १०.०१ |
सानिमा | ९ | ९.२२४ |
एनआइसी एसिया र स्ट्यान्डर्ड चार्टर्ड बैंकले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ८.९७ प्रतिशत तोकेका छन्।
यससँगै अब वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपमा रकम राख्दा न्यूनतम ५.२५ प्रतिशतदेखि अधिकतम १०.६०३ प्रतिशतसम्म ब्याजदर पाइने भएको छ। रेमिट्यान्स मुद्दती खातामा भने योभन्दा बढी ब्याजदर पाइन्छ।
अधिकतम १० प्रतिशतमाथि ब्याजदर दिनेमा मात्रै पाँच बैंक छन्। कुमारी, प्राइम, नेपाल एसबिआई, हिमालयन र माछापुच्छ्रेले मुद्दती निक्षेपमा यस्तो ब्याजदर दिएका हुन्।