काठमाडौं। कास्कीको सराङकोटमा रहेको नयाँ गाउँ रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाडपर्वको उपलक्ष्यमा आकर्षक छुट प्याकेजको घोषणा गरेको छ।
आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गर्दै रिसोर्टले दीपावलीमा आकर्षक छुट प्याकेज ल्याएको सञ्चालक मिना धितालले बताइन्।
उनका अनुसार यस भन्दा अघि रिसोर्टमा एक दिन बास बस्दा ५ हजार रुपैयाँ लाग्थ्यो भने अब चाडपर्व लक्षित छुट प्याकेजमा मात्र २ हजार ५ सय रुपैयाँ भए आरामले एक दिन बिताउन सकिने छ।
जङ्गलको बिचमा रहेको रिसोर्टमा प्राकृतिक मनोरमसँगै रमाउन सकिने छ। यहाँ बाघको गुफासमेत अवलोकन गर्न पाइने छ। करिव दुई सय रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा विभिन्न खेलको मज्जा समेत लिन सकिन्छ।
रिसोर्ट भित्रै चिल्ड्रेन पार्क, एरोपेलेन स्वीइङ, सिङगल स्वीइङ, स्काइ केभ वाक लगायतका खेलहरूको मज्जा लिन पाइन्छ। फोटो खिच्नको लागि रेन्बो पुलकोसमेत निर्माण गरिएको छ।
रिसोर्टले एड्भेन्चर खेलहरूमा पनि विशेष छुट दिएको जनाएको छ। चिल्ड्रेन पार्क घुम्नको लागि २ सयको प्रवेश शुल्क लाग्थ्यो भने अब एक सय भए पुग्छ। त्यस्तै, एरोपेलेन स्वीइङ र सिङगल स्वीइङको शुल्क पाँच सय थियो भने अब दुई सय भए पुग्ने छ।
स्काइ केभ वाक खेल खेल्न दुई सय लाग्थ्यो भने अब एक सय भए पुग्ने छ र रेन्बो पुलका लागि पनि एक सय भए पुग्ने रिसोर्टले जनाएको छ।
जंगलको बीचमा रहेको रिसोर्टमा पुगेपछि आन्तरिक तथा बाह्य पर्यटकले मनमोहक प्रकृतिकसँगको साक्षात्कार गर्दै त्यही उत्पादन गरिएको अर्गानिक खाने कुराहरूको स्वाद लिन पाउने छन्।
आउने पर्यटकहरूलाई अर्गानिक स्वाद दिने उद्देश्य सहित एग्रो टुरिजमको लक्ष्य लिएर सञ्चालनमा आएको रिसोर्टभित्र कालीज, लोकल कुखुरा, मौरी पालन, तरकारी उत्पादन, पशुपालनसमेत गरिएको छ।