काठमाडौं। निजी क्षेत्रबाट सञ्चालित भगवती स्टिल इन्डष्ट्रिज प्रालिको व्यापारमा उछाल आएको छ। सन् २०२३ मा उद्योगको स्टिल व्यापार ९५ प्रतिशत बढेको छ। गत वर्ष उद्योगले ३ अर्ब ५७ करोड ८० लाख रुपैयाँको स्टिलजन्य वस्तुको व्यापार गरेको छ।
अघिल्लो वर्ष उद्योगले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँको मात्र स्टिल व्यापार गरेको थियो। एक वर्षमा भगवतीको स्टिल व्यापार १ अर्ब ७४ करोड ३० लाख रुपैयाँ बढेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
२०२१ मा उद्योगले ३ अर्ब २२ करोड रुपैयाँ कारोबार गरेको थियो। ३ वर्षको वित्तीय विवरण हेर्दा अघिल्लो वर्ष घटे पनि गत वर्ष भारी वृद्धि भएको छ। स्टिलको बिक्री बढेपछि उद्योगको सञ्चालन आम्दानी बढेको हो।
सन् १९९१ मा स्थापना भएको भगवती स्टिलले पाइप, सिट, डोर, विन्डो फ्रेम, सटर प्रोफाइल, साइट च्यानल, ट्रस, पोल टावर, सस्पेन्सन्स ब्रिज र मोटोरेवल बिज्रको उत्पादन गर्दै आएको छ। उद्योगको उत्पादन क्षमता वार्षिक ८५ हजार ५ सय टन छ। उद्योग बारको छातापिपरामा छ।
उद्योग नेपाल–भारत सीमा १५ किलोमिटर दुरीमा छ।
उद्योगको ३ अर्ब ५ करोड ७६ लाख रुपैयाँ ऋण रहेको छ। उद्योगले केयर एनपी ए थ्री रेटिङ पाएको छ। उद्योगको अध्यक्ष सुमितकुमार अग्रवाल हुन्। उनको यस क्षेत्रमा ३ दशक लामो अनुभव रहेको छ।