काठमाडौं। फूलको पर्व भनेर चिनिने दोस्रो ठूलो पर्व तिहार नजिकिँदै छ। तिहारमा ठूलो परिमाणमा फूलको कारोबार हुने गरेको छ।
मुलुकका अधिकांश ग्रामीण क्षेत्र फूलले ढकमक्क भएका छन्। गाउँमा भएको फूल बजार ल्याउने तयारी भइरहेको छ। सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ। नमुना व्यावसायिक फूलखेती बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेका छन्।
आम्दानी राम्रो हुने भएकाले व्यावसायिक खेती भइरहेको छ। फूल उत्पादनमा आत्मनिर्भर बन्न नसक्दा नेपालमा आयातित र प्लास्टिकजन्य फूल प्रयोग पनि ठूलो मात्रामा हुने गरेको छ।
![ful-1699197903.jpg](https://www.capitalnepal.com/uploads/posts/ful-1699197903.jpg?timestamp=1699254128158)
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालमा ३३ करोड ६ लाख ४८ हजार रुपैयाँबराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको थियो।
यस्तै २०७८/७९ मा ३६ करोड ५३ लाख ५ हजार र २०७७/७८ मा ४० करोड ७२ लाख ३४ हजारबराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको भन्सार विभागको तथ्यांकमा छ।
![sayapatri_1-1699250874.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_1-1699250874.jpg?timestamp=1699250919876)
फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान) का अनुसार हाल नेपालमा औपचारिकरूपमा वार्षिक करिब ३ अर्ब रुपैयाँबराबरको फूलको कारोबार हुने गरेको छ।
तथ्यांकअनुसार २०७५/७६ मा फूलको वार्षिक कारोबार २ अर्ब ४२ करोड रुपैयाँको थियो। २०७६/७७ र २०७७/७८ मा कोरोना महामारीका कारण कारोबारमा कमी आई १ अर्ब ६३ करोडमा सीमित भएको देखिन्छ।
त्यसपछि २०७८/७९ मा २ अर्ब ३० करोड र २०७९/८० मा ३ अर्ब ७ करोड रुपैयाँबराबर कारोबार भएको फ्यानको तथ्यांकमा उल्लेख छ।
औपचारिकरूपमा हुने फूल कारोबार ३ अर्ब रुपैयाँ हाराहारी देखिए पनि समग्र कारोबार भने ६ अर्बभन्दा बढीको हुने आँकलन रहेको फ्यान अध्यक्ष मिनबहादुर गुरुङ बताउँछन्।
उनले नेपाल निरन्तर फूलमा आत्मनिर्भरतर्फ अगाडि बढेको बताउँदै यसका लागि लगानीको वातावरण बनाउन आवश्यक भएको बताए।
![ful-1699254198.jpg](https://www.capitalnepal.com/uploads/posts/ful-1699254198.jpg?timestamp=1699254201308)
‘फूलमा आत्मनिर्भर बन्न सबैभन्दा पहिला सरकारले लगानीको वातावरण बनाइदिनुपर्छ,’ गुरुङ भन्छन्, ‘सरकारले भ्याट लगाएर हामी व्यवसायीलाई केही अप्ठ्यारोमा पारेको छ। फूलमा मात्रै नभएर कृषिजन्य उत्पादनमा थ्रेसहोल्डको व्यवस्था पनि हटाइनुपर्छ।’
![sayapatri_ful-1699347781.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_ful-1699347781.jpg?timestamp=1699347783996)
यसो त नेपालमा फूल आयातमात्रै नहुने भएर यहाँबाट निर्यात पनि हुने गरेको छ। फ्यानका अनुसार पछिल्लो चार वर्षमा नेपालबाट २ करोड ७९ लाख रुपैयाँको फूल निर्यात भएको छ।
![sayapatri_14-1699254111.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_14-1699254111.jpg?timestamp=1699256669496)
![ful-1699254198.jpg](https://www.capitalnepal.com/uploads/posts/ful-1699254198.jpg?timestamp=1699256697494)
![sayapatri-1699256553.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri-1699256553.jpg?timestamp=1699256711159)
![sayapatri_1-1699256553.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_1-1699256553.jpg?timestamp=1699256723561)
![sayapatri_3-1699256554.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_3-1699256554.jpg?timestamp=1699256740959)
![sayapatri_2-1699256554.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_2-1699256554.jpg?timestamp=1699256754181)
![sayapatri_4-1699256555.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_4-1699256555.jpg?timestamp=1699256764878)
![sayapatri_5-1699256558.jpg](https://www.capitalnepal.com/uploads/posts/sayapatri_5-1699256558.jpg?timestamp=1699256778126)