काठमाडौं। प्रिज्मार्क मार्केटिङले २८ औं वार्षिकोत्सव मनाएको छ। कम्पनीले अग्रगामी उत्कृष्टतासहित एकीकृत मार्केटिङ सञ्चार क्षेत्रको नेतृत्व गर्दै २८ वर्ष पुरा गरेको हो।
बहुराष्ट्रिय निगम, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रहरू सहित ग्राहकहरूको एक विस्तृत श्रृंखला माझ उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाको लागि प्रसिद्धि कमाएको प्रिज्मा मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीको रूपमा २८ वर्ष मनाएको हो।
२८ वर्षको यात्रा, आफ्ना विविध ग्राहकहरूलाई नवीन र प्रभावकारी मार्केटिङ समाधानहरू प्रदान गर्ने प्रतिबद्धताको प्रमाण भएको प्रिजमार्क मार्केटिङका कार्यकारी निर्देशक पंकज प्रधानले बताए।
‘यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान ग्राहकहरूको अटुट समर्थनलाई जाँदछ,’ उनले भने।
आफ्नो बृहत् कार्यकालभरी, प्रिज्मार्क मार्केटिङले उद्योगको गतिशील आवश्यकताहरू पूरा गर्न मार्केटिङ रणनीतिहरूको विकासशील परिदृश्यमा निरन्तर रुपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोणहरू अँगाल्दै आएको छ।
यस उपलब्धिले प्रिज्मार्क मार्केटिङको उत्कृष्टता, निरन्तर वृद्धि र एकीकृत मार्केटिङ कम्युनिकेसनको क्षेत्रमा अतुलनीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धतालाई झल्काएको कम्पनीले जनाएको छ।
२८ वर्षको अनुभवको साथ, प्रिज्मार्कले ग्राहकहरूलाई सफलता प्रदान गर्ने अग्रगामी रणनीतिहरू जारी राख्ने लक्ष्य राखेको छ।