एजेन्सी। मारुती सुजुकी इन्डिया लिमिटेडले गाडी उत्पादन प्रक्रियामा थप लचकता अपनाउने भएको छ। कम्पनीका एक वरिष्ठ अधिकारीका अनुसार बजारको परिदृष्यअनुसार गाडी उत्पादन गर्न मारुती सुजुकीले आफ्नो उत्पादन प्रक्रियामा थप लचकता ल्याउन खोजिरहेको छ।
भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनीको रुपमा गणना हुने मारुतीले ‘इन्ट्री लेभल’का कारको रोल आउटलाई घटाउँदै उच्च बिक्री हुने युटिलिटी भेहिकलको उत्पादनलाई सुदृढ गर्न खोजेको देखिन्छ।
‘युटिलिटी गाडीहरू र साना कारहरूबीचको माग ढाँचामा भिन्नता जारी छ। यसर्थ कम्पनीले विकासशील बजारको मागअनुसार सवारी साधनहरू उत्पादन गर्न सञ्चालनमा लचिलोपन बढाउने काम गरिरहेको छ,’ मारुती सुजुकी इन्डियाका कार्यकारी अधिकृत तथा कर्पोरेट अफयर्स राहुल भारतीले भने।
उनले अटोमेकर मार्जिनमा डुब्नुको कारणमध्य ‘केही ढिलो चल्ने कारहरु’को उत्पादन प्रमुख भएको बताए। ‘हामीसँग माग भएका कारहरूको लागि पर्याप्त उत्पादन क्षमता थिएन। यदि हामीसँग दुबैमा सहजता भएको भए सेमीकन्डक्टर आपूर्ति होस् वा आन्तरिक उत्पादन, हामीसँग त्यस्तो समस्या कम हुने थियो,’ भारतीले भने।
उनले उत्पादन सञ्चालनको लचिलोपन बढाउने यो सचेत कदम भएको उल्लेख गरेका छन्। एमएसआईसँग हाल हरियाणा र गुजरातका प्लान्टहरूमा लगभग २३ लाख इकाइहरूको वार्षिक उत्पादन गर्न सक्ने क्षमता छ। भारतीले यसले उत्पादनको थोरै सबोप्टिमल ढाँचा समावेश गरेकाले यो थोरै लागतमा आउने उल्लेख गरेका छन्।
भारतीले कम्पनीमा पहिलो पटक खरिद गर्नेको संख्यामा पनि कमी आएको बताए। ‘हाम्रो बजारका खरिदकर्ताहरुमा १० प्रतिशत कमी आएको छ। यद्यपि नागरिकको आय वृद्धि हुँदै गएपछि यसमा सुधार आउने हामीले आशा गरेका छौं,’ उनले भने।
पछिल्लो एसआईएएमको तथ्यांकअनुसार सन् २०१८–१९ को जुलाई–सेप्टेम्बरमा १.३८ लाख कार बिक्री भएको थियो भने यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा जम्मा ३५ हजार युनिट इन्ट्री लेभल कारको बिक्री भएको छ।
पत्रकारहरुको प्रश्नको जवाफ दिँदै भारतीले कम्पनीले सन् २०३०–३१ सम्ममा वार्षिक ७.५ लाखदेखि ८ लाख युनिटसम्म निर्यात वृद्धि गरी निर्यात परिमाणमा तीन गुणा वृद्धि गर्ने योजना रहेको बताए। एमएसआई भारतबाट कार निर्यात गर्ने सबैभन्दा ठूलो निर्यातकर्ता हो।
‘हाम्रो अबको ध्यान अफ्रिका, ल्याटिन अमेरिका, दक्षिणपूर्वी एसिया र मध्य पूर्वमा पनि केन्द्रित छ। अमेरिका र चीन बाहेक हामी लगभग सबै ठाउँमा हुनेछौं,’ भारतीले भने।