काठमाडौं। कामना सेवा विकास बैंकले स्थापनाको १७ औं वर्षमा प्रवेश गर्ने अवसरमा देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि सप्ताहव्यापी रुपमा मनाउने भएको छ। १७ औं बार्षिकोत्सवको शुभ अवसरमा विभिन्न १७ वटा कार्यक्रमहरु आयोजना गर्न लागिएको बैंकले जनाएको छ।
जसअन्तर्गत १७ गते शुक्रबारदेखि २३ गते बिहीबारसम्म कामना सेवा फुटसलकप सिजन ३, हाईकिङ्ग कार्यक्रम, सरसफाई कार्यक्रम, सातै क्षेत्रमा रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य शिविर, छात्रवृत्ती वितरण, ट्राफिक सचेतना वोर्ड हस्तान्तरण, वाकाथुन कार्यक्रम, स्वास्थ्य ल्याव हस्तान्तरण गर्ने भएको छ।
यस्तै डिजिटल मेला, विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण, डिजिटल दान पेटिका हस्तान्तरण, नेत्रहिनहरुको वक्तृत्वकला प्रतियोगितालगायतका कार्यक्रमहरु सम्पन्न गर्ने बैंकले जनाएको छ।
जसअन्तर्गत १७ गते शुक्रबारदेखि बैंकले हरेक वर्ष आयोजना गर्ने फुटसल प्रतियोगिताको तेश्रो संस्करण शुरुवात गर्नेछ। विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा सम्पन्न हुने उक्त प्रतियोगिता बैंकले हरेक वर्ष गर्दै आएको छ।
बैंकले १ सय ३५ वटा संजाल तथा ७७ वटा एटिएम बुथहरुवाट आफ्ना अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको छ।