काठमाडौं। एड्भेन्चर हब द क्लिफमा ८४ वर्षीय क्यानडियन नागरिक मिसेल जुत्रासले बन्जी गरेका छन्।
उनले बन्जी तथा स्विङका साथै स्काई साइक्लिङ, स्काई ग्लाइडिङ लगायत अन्य साहसिक खेलहरूको मज्जा लिएको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए।
८४ वर्षीय मिसेलले बन्जी गरि क्लिफमा सबैभन्दा बढी उमेर समूह अन्तरगर्तका रेकर्ड कायम गरेका छन्। यस अघि ६६ वर्षीय विदेशी महिलाले क्लिफमा बन्जी गरेकी थिइन्।
बन्जीपछि निकै उत्साहित रहेका क्यानडियन नागरिक मिसेलले क्लिफमा आफूले निक्कै मज्जा लिएको बताए।
कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ।
बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ साइक्लिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सञ्चालनमा छन् ।