काठमाडौं । नेपालमा वर्षभरी हुने कुल व्यापारको करिब ३० प्रतिशत दसैंको समयमा हुने अनुमान गरिन्छ। हिन्दु धर्मावलम्बीले दसैं पर्वलाई महान चार्डको रुपमा मनाउने हुँदा चार्डपर्व लक्षित व्यापार यो समयमा बढी हुने गरेको हो।
यसै कारणले विभिन्न वस्तु तथा सेवा प्रदायक संघ संस्थाहरुले विभिन्न प्रकारका छुटका आकर्षक योजनाहरु ल्याउने गर्छन्। यस पटक पनि हरेक क्षेत्रका व्यापारिक संघसंस्थाले गत वर्षको भन्दा व्यापार बढाउन यस्ता योजना ल्याएका थियो। तर, यसपटकको दसैंमा गत वर्षको तुलनामा ५० प्रतिशत कम व्यापार भएको व्यापारीहरु बताउँछन्।
नेपालमा मोबाइलको करिब ३५ प्रतिशत व्यापार ओगटेको सामसुङ ब्राण्डको आधिकारी बिक्रेका आइएमएस गु्रपका अध्यक्ष तथा नेपाल मोबाइल इपोटर्स एसोसिएसनका अध्यक्ष दीपक मल्होत्राले गत वर्षको दसैंमा भन्दा यसपाली करिब ५० प्रतिशत कम मोबाइल बिक्री भएको बताउँछन्।
‘गत वर्षको दसैं एक महिनामा सामसुङ ब्राण्डका मोबाइल १ अर्ब ३० करोड रुपैयाँको बिक्री भएको थियो,’ संघका अध्यक्ष मल्होत्राले क्यापिटल नेपालसँग भने, ‘यस पटको दसैं व्यापार ७० करोड रुपैयाँमात्रै भएको छ। गत वर्षको तुलनामा यस पटक करिब ५५ प्रतिशतले व्यापार कम भयो।’
सामसुङ लगायतका अन्य ब्राण्डका मोबाइल कम्पनीहरुले दसैं लक्षित विभिन्न छुटका योजना ल्याउँदा समेत अपेक्षित व्यापार नभएको उनको भनाइ छ। न्यूरोडका कपडा तथा विभिन्न इलेक्ट्रोनिक्सका व्यापारी राजेश शर्मा अघिल्ला वर्षको तुलनामा यस पटकको दसैं व्यापार खस्केको बताउँछन्।
‘पोहोरको दसैं व्यापार १ करोड ४० लाख रुपैयाँ बढीको भएको थियो, यस पटको दसैंमा ५० लाख रुपैयाँ पु¥याउन पनि हम्मे हम्मे प¥यो,’ उनले भने। यस पटकको दसैं व्यापारलाई आर्थिक मन्दीको प्रभाव परेको शर्मा भनाइ छ।
यस पटकको दसैं व्यापार उत्साहजनक नभएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवाल बताउँछन्।
‘यस पटक व्यापार नभएको होइन तर कोरोनाकालदेखि थलिएको व्यापार क्षेत्रलाई उकास्ने गरि व्यापार यस पटक भएन,’ उनले भने, ‘शत प्रतिशत नै नभए पनि दसैंमा ६० प्रतिशत व्यापार हुने अपेक्षा गरेका थियौं तर ३० प्रतिशतमात्रै भयो, दसैंका लागि ल्याइएका ७० प्रतिशत सामान गोदाममै थन्किएका छन्।’
यस पटकको दसैंमा आयातीत वस्तुको भन्दा बढी नेपाली उत्पादनका सामानको व्यापार बढी भएको उनी बताउँछन्। भन्सारदर महँगो हुँदा आयातीत वस्तुको मूल्य बढेको हुँदा नेपाली उत्पादनको व्यापार फस्टाएको उनको भनाइ छ। गत वर्षको तुलनामा भने दसैं व्यापार करिब ५० प्रतिशत कम भएको उनको अनुमान छ।
मुलकको आर्थिक मन्दीको असरले मानिसहरुसँग नगद प्रवाह कम हुँदा व्यापार घटेको हो। यस्तै, गत वर्षको दसैं लक्षित व्यापारभन्दा यस पटकको दसैं लक्षित व्यापार ५० प्रतिशत कम भएको आरपी ग्रुपका प्रबन्ध निर्देशक रुपेश पाण्डे र साडा ग्रुपका निर्देशक गौरव सारडा बताउँछन्।
आरपी ग्रुपका प्रबन्ध निर्देशक पाण्डेले गत वर्षको दसैं एक महिनामा १ करोड १० लाख रुपैयाँ बढीको व्यापार गरेका थिए। यस पटक ४० लाख रुपैयाँ बरारबरको व्यापार भएको पाण्डेको भनाइ छ।
व्यावसायिक घराना शारडा ग्रुपका निर्देशक गौरव शारडाका अनुसार गत वर्ष दसैंको तुलनामा यसपाली ५० प्रतिशत मात्रै व्यापार भयो। कम्पनीले यस पटकको दसैंमा अपेक्षित व्यापार गर्ने नसकेको निर्देशक शारडाले बताए।
यस पटकको दसैं व्यापार अधिकांश क्षेत्रमा घट्दा विद्युतीय सवारी (इभी)को भने फस्टाएको नेपाल अटो मोबाइल एसोसिएशनका अध्यक्ष धु्रव थापा बताउँछन्।
‘यसपटकको दशैंमा अनअपेक्षितरुपमा विद्युतीय सवारीको व्यापार भयो। यसको संकेत नाडा अटो मेलामा गाडीको अग्रिम बुकिङबाट नै पाएका थियौं,’ नाडा अध्यक्ष थापाले भने, ‘गत वर्षको असोज महिनासम्म भएको व्यापारको तुलनामा यस वर्षको पहिलो ३ महिना ३ गुणा बढी भएको छ।’
यस पटकको दसैं लक्षित इभीको व्यापार बढ्नुको मुख्य कारणमा विश्वव्यापी इभी माहोल, बैंकहरुले सहज तरिकाले ८० प्रतिशतसम्म कर्जा दिनुका साथै कम ब्याजदर हो।
‘गत वर्ष सवारी आयात प्रतिवन्धको कारण मानिसहरुले सवारी खरिद ‘होल्ड’ गरेका थिए। यस पटक प्रतिवन्ध खुलेसँगै उनीहरुले पनि खवारी गरिद गर्दा व्यापार गत बर्षभन्दा बढेको हो’ अध्यक्ष थापाले भने।