काठमाडौं। दसैंको मुखमा हवाई भाडा महंगो भएको चौतर्फि विरोध भएपछि संस्कृती,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले सोमबार दिउँसो वायुसेवा सञ्चालकहरुसँग छलफल गरेका छन्।
चाडबाडको बेला महंगो भाडा किन भयो भन्ने पर्यटनमन्त्रीको प्रश्नमा वायुसेवा सञ्चालकहरुले सरकारले लगाएको मूल्य अभिवृद्धि कर(भ्याट), विमानस्थल शुल्क, इन्धनको मूल्यवृद्धि लगाएतको कारण भएको जवाफ दिएका छन्।
पर्यटनमन्त्रीले बोलाएको बैंठकमा सहभागि एक व्यवसायीलेक्यापिटल नेपालसँग कुरागर्दै सरकारले लगाएको भ्याटको कारण विगतका वर्षमा भन्दा यो पटक महंगो भएको जवाफ दिएको बताए।
‘हामीले टिकटमा कालोबजारी गरेका छनौं, नियमसंगत रुपमा बढेको भाडामा टिकट बेचिरहेका छौं,’ पर्यटनमन्त्रीलाई दिएको जवाफ उदृत गर्दै ती व्यवसायीले भने।
मुलुकको हवाई उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले नै हवाई भाडा निर्धारण गरेको हुन्छ। खासगरी एयरलाइन्स कम्पनीबीच भाडामा प्रतिस्पर्धा नहोस् भन्ने उद्धेश्यका साथ प्राधिकरणले अधिकतम र न्यूनतम मूल्य तोकेको हुन्छ।
जस अनुसार एयरलाइन्सहरुले टिकटको माग अत्याधिक हुदा अधितम मूल्य राखेका हुन्छन् भने माग घट्दा अधिकतम मूल्यसम्मा टिकट विक्रिमा राखेका हुन्छन्
अहिले चाडबाड नजिकिएसँगै हवाई टिकटको माग ह्वात्तै बढेपछि एयरलाइन्सहरुले अधिकतम मूल्यमा टिकट विक्रि गर्दै आएको छ। अर्को तर्फ सरकारले चालू आर्थिक वर्षपछि हवाई टिकटमा पनि भ्याट लगाइदिएको छ। जसको कारण विगतको वर्षमा भन्दा यो वर्ष स्वभाविक रुपमा १३ प्रतिशतको दरले भाडा महंगिएको व्यवसायीहरुको भनाई छ।