काठमाडौंं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर ११ र ५ रुपैयाँ घटाएको हो।
निगमका अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६९ तथा डिजेलको मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ।
यसैगरी दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७१ र डिजेलको मूल्य प्रतिलिटर १ सय ६७ तथा काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७२ र डिजेलको मूल्य प्रतिलिटर १ सय ६८ रुपैयाँ तोकिएको छ।
यसअघि चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिलटर १ सय ८० तथा डिजेलको मूल्य प्रतिलिटर १ सय ७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८२ र डिजेलको मूल्य प्रतिलिटर १ सय ७२ तथा काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८३ र डिजेलको मूल्य प्रतिलिटर १ सय ७३ रुपैयाँ थियो।
इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ खरिद मूल्यअुनसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ११.१८ र ५.०३ रुपैयाँ घटेर आएकाले पेट्रोलियम पदार्थ मूल्य घटाइएको हो।